Aricle Tech

काठमाडौँ : बुद्धकालीन उपचार पद्धतिका रुपमा हाल प्रचलनमा रहेको सोवा रिग्पा उपचार प्रणालीलाई सरकारी अस्पतालमा पनि विस्तार गर्न र यससम्बन्धी शिक्षालाई अन्य चिकित्सा जस्तै दर्ता गराउन सरोकारवाला निकायका प्रतिनिधि सहमत भएका छन् । सोवा रिग्पा एशोसिएसन नेपाल र अडारा विकासले संयुक्तरुपमा आयोजनामा यहाँ भएको नेपालमा सोवा रिग्पा चिकित्सा पद्धतिको अभ्यास, नीति र भावी योजनाका विषयक अन्तक्रियामा सहभागी सरकारी र प्राज्ञिक निकायका प्रतिनिधि सोवा रिग्पा चिकित्सा शिक्षाको नीतिमा भएका समस्याको समाधान गरी यस परम्परागत उपचार प्रणनलीलाई छिटोभन्दा छिटो मूल प्रवाहमा ल्याउन सहमत भएका हुन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दिपेन्द्ररमण सिंहले हिमालयन जडीबुटीमा आधारित विश्वकै पुरानो चिकित्सा पद्धति…

विस्तृतमा...

धनगढीः सुदूरपश्चिममा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीवार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदुरपश्चिम भित्रिएका छन्। सुदुरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल २५६ जनामा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार प्रदेशभित्र यो सँगै कोरोना संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ।

विस्तृतमा...

बेनी : म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि –७ ताकममा पाँच र मङ्गला–५ हाँडेभिरमा १० श्यया क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । निर्माण व्यवसायीले भवन निर्माणको काम रोकेपछि यहाँका दुवै अस्पताल योजना अधुरो बनेको हो । ताकममा निर्माणाधीन अस्पतालको जिम्मा लिएको आइएस एसी जेभी बुर्तिबाङ बागलुङले भुईं ढलान गरेर पिल्लर मात्रै उठाएर कामलाई अधकल्चे बनाएको धौलागिरि –७ का वडाध्यक्ष अशोक खत्रीले बताए । “स्थानीयस्तरमा कुनै विवाद र समस्या…

विस्तृतमा...

काठमाडौं : काठमाडौंको केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच झडप भएको छ । झडपपछि आन्दोलनरत चिकित्सकले सडकमा आएर नाराबाजी गरेका छन् । निलम्बन गरिएका आवासीय चिकित्सक डा विशद दाहाललाई अस्पतालमा प्रवेश दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो । त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको बताइएको छ । केएमसी प्रशासनले डा दाहाललाई आवासीय चिकित्सकको कर्तव्यपालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै यही पुस १२ गतेदेखि एक महिनाकाका लागि निलम्बित गरिएको थियो । मंगलबार काठमाडौं विश्वविद्यालयले चिकित्सक दाहालमाथिको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै केएमसीलाई पत्राचार गरेको थियो । तर केएमसीका सञ्चालक सुनील शर्माले डा दाहाललाई केयू नै फिर्ता…

विस्तृतमा...

काठमाडौं : शाखा अधिकृतकी छोरीलाई जागिर दिन खोज्ने काठमाडौं महानगरपालिकाका तीन जना कर्मचारी निलम्बनमा परेका छन् । कार्यपालिकाको निर्णयविपरीत फरक व्यहोरा उल्लेख गरिएको कारण उनीहरुलाई निलम्वन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए । महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेको हो । पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ। यो घटनामा…

विस्तृतमा...

धनगढी: कैलालीकाे धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा क्यान्सर परीक्षण स्वास्थ्य शिविर लाग्ने भएको छ । धनगढी उपमहानगरपालिका र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेको समन्वयमा पुस २१ गते शनिवारका दिन बिहान १० बजेदेखि ४ बजेसम्म क्यान्सर स्वास्थ्य शिविर लाग्ने भएको हो। धनगढी उपमहानरपालिका वडा नम्बर १६ स्थित उर्मा स्वास्थ्य चौकीमा क्यान्सर हेल्थ क्याम्प सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । क्यान्सर रोग लागेका वा क्यान्सर रोगको शंका लागेका व्यक्तिलाई शिविरमा चेकजाँच गराउन आग्रह गरिएको छ। स्तन वा शरीरको अन्य ठाउँमा नदुख्ने गिर्खा भएको, कोठीको आकार बढेर ठुलो हुँदै जाने, घाउ निको नहुने, खाना अपच वा निल्न…

विस्तृतमा...

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दैं सतर्कता अपनाउन आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले छिमेरी देशमा जेएन.१ बढिरहेकाले सर्तकर्ता अपनाउन भनेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको बताएका छन् । ‘पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ मन्त्रालयले भनेको छ ।

विस्तृतमा...

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ। पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ। पनौती नगरका १२ वटै वडामा एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो। पनौती-७ ढोकाफल पाटीमा आयोजित कार्यक्रममा पनौतीका नगरप्रमुख रामशरण भण्डारी र वडाध्यक्ष सविनकुमार ताम्राकारले ज्येष्ठ नागरिकलाई बिरामी पुर्जा दिएर कार्यक्रमको सुरुआत गरिएको थियो। कार्यक्रममा भण्डारीले ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरूको स्वास्थ्य स्याहारमा परिवार, समुदाय र नगरको जिम्मेवारी रहने बताए। उनले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा…

विस्तृतमा...

काठमाडौँ : वीर अस्पतालका कर्मचारीहरुले निर्देशक डा सन्तोष पौडेलसँग मिलेमतो गरेका लेखाका उपसचिव थमनारायण शर्मा र प्रशासनका उपसचिव बाबुराम घिमिरेलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखेका छन् । उनीहरुले शर्मा र घिमिरेलाई निर्देशक डा. पौडेलसँग मिलेर प्रशासनिक अनियमितता, प्रिपेड भ्रष्टाचार अनियमितता गरेको भन्दैले आवश्यक छानबिन गरी कारबाही गर्न माग गरेका छन् । पत्रमा उनीहरूको सम्पूर्ण सम्पत्ति छानबिन गर्न पनि माग गरिएको छ । यस्तो छ पत्र–२०८०–०९–१७सम्माननिय प्रधानमन्त्री ज्यू प्रधानमन्त्री एवं मन्त्रीपरिषद् को कार्यालय सिंहदरबार ,काठमाडौँ श्री अक्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल ,काठमाडौँ श्री अर्थ मन्त्रालय सिंहदरबार ,काठमाडौँ श्री संङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार ,काठमाडौँ श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ …

विस्तृतमा...

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान र प्याथोलोजी सेवा बन्द भएको छ । रेडियोलोजिष्टको अभावमा तीन महिनायता सीटी स्क्यान सेवा बन्द रहेको अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले जानकारी दिए । रेडियोलोष्टि सरुवा भएर गएपछि सीटी स्क्यान सेवा बन्द भएको उनले बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाएको थियो ।। उनी गइसकेपछि मन्त्रालयले रेडियोलोजिष्ट पठाउन सकेको छैन । त्यसकारण करिब तीन महिना यता अस्पतालमा सीटी स्क्यान सेवा बन्द भएको छ । सीटी स्क्यान गराउन डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाका बिरामीहरु कैलाली लगायत अन्य जिल्ला…

विस्तृतमा...