बाजुरा: जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो । अस्पतालका प्रमुख डा समिता पुनका अनुसार १५ शय्या सञ्चालन भएको अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गर्ने बाजुरा अपस्पताल पहिलो हो । बाजुरा जिल्ला अस्पतालले साझेदार निकायसँग सहकार्य गरेर सञ्चालन गर्न सफल भएको उनले जानकारी दिए । यसका लागि आवश्यक स्वास्थ्य सामग्री रु ११ लाख बढीको खर्च र ‘फिजियोथेरापिष्ट’ व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीले बताए । हाडजोर्नी दुखेका, नशा च्यापिएका…
Aricle Tech
काठमाडौं : ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ७ वटा नमुनामा जेएन.१ पुष्टि भएको छ । देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरेको थियो ।
काठमाडौँ : मिर्गौला पीडितहरूले स्वेच्छाले आफ्नो मिर्गौला दिन सकिने कानुनी व्यवस्था मिलाइनुपर्ने माग राखेका छन्। सोमबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेका मिर्गौला पीडित सरोकार समितिले स्वेच्छाले मिर्गौला दान दिन पाउनुपर्ने लगायत विभिन्न ३५ माग राखेको हो। उनीहरूले अङ्ग प्रत्यारोपण दिने व्यक्तिलाई जीविकोपार्जनका लागि मासिक भत्ता प्रदान गरिनुपर्ने, मित–मितिनी, आमा, दाजु, भाइ, बहिनी, साला, साली, भन्जाभान्जी, मित्यौरी साइनोले पनि मिर्गौला दान दिन पाउने कानुन बनाउन माग गरेका छन्। उनीहरूले मिर्गौला बिरामीको ४० वर्ष भन्दा कम उमेरको हकमा २ पटकसम्म चेकजाँच सरकारले निःशुल्क गर्नुपर्ने माग राखेका छन्। सात वटै प्रदेशमा चाँडो भन्दा चाँडो प्रत्यारोपण केन्द्रहरू सञ्चालन गरिनुपर्ने, हेमाडाइलासिस,…
काठमाडौं : नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा विश्व दवाडी नियुक्त भएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य मन्त्रालयले उनलाई उक्त जिम्मेवारी दिएको हो । आइतबार मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिस्ट्रार बनाइएको हो । काउन्सिलको रजिस्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ । मन्त्री परिषदबाट रजिस्ट्रार नियुक्त नहुन्जेलका लागि डा दवाडीलाई निमित्त दिइएको हो । उक्त पदबाट केही दिनअघि मात्रै डा कृष्ण अधिकारीले बिदा लिएका थिए ।
कञ्चनपुर : भारतका विभिन्न शहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिएको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । ‘भारतबाट आउनेहरूमा कोरोना संक्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।’ हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना संक्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन) मा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरिएन्ट’ यकिनका…
डोटीः डोटीमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको छ । बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरको सेउडेखेतमा सामुदायिक स्वास्थ्य इकाईको आइतवार उद्घाटन गरिएको हो । एक कार्यक्रमका बिच आइतवारबाट सेवा प्रारम्भ हुनेगरि सेउडेखेत सामुदायिक स्वास्थ्य इकाई को उद्घाटन गरिएको जनाइएको छ । सेउडेखेतमा स्वास्थ्य इकाई को स्थापना भएसँगै त्यहाँका ५९ र छिमेकी पालिका बडिकेदारका ५३ सहित एक सय १२ घरपरिवार लाभान्वित हुने वडा अध्यक्ष खेम घर्तिमगरले बताए । वडा अध्यक्षका अनुसार स्वास्थ्य इकाईबाट बोगटानका सेउडेखेत, झ्यामतोला, गुइनडा तथा बडिकेदारका केदारमाण्डौँ, सैनीगाउँ, जैनडा र सिउनाराका बासिन्दा लाभान्वित हुने छन् । परिवार नियोजन सेवा, ओपिडी सेवा, खोप सेवा, पोषण सेवा, गर्भवती जाँच लगायतका सेवा स्वास्थ्य…
धनगढीः कैलालीको धनगढीमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा तीन महिलामा क्यान्सरको सङ्क्रमण फेला परेको छ । धनगढी उपमहानगर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको आयोजनामा शनिवार सञ्चालन गरिएको शिविरमा तीन महिलामा क्यान्सर फेला परेको हो । ६३ महिलाको भिआइए परीक्षण गर्दा तीनमा पोजेटिभ देखिएको छ । १० महिलाहरू शङ्कास्पद रहेका छन् । उनीहरूमा स्तरनमा गाँठागुँठी भएका ६, घाँटीमा गाँठागुँठी भएका एक, लामो समयदेखि बिरामी परेका २ जना र पेटमा गाँठागुँठी भएका १ बिरामी शङ्कास्पद फेला परेका हुन् । धनगढी उपमहानगरपालिकाका अनुसार चार क्यान्सर पीडितहरूले पनि पुनःपरीक्षण गराएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ घसीटामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि सबै प्रकारको सहयोग उपलब्ध गराउन मन्त्रालय तयार रहेको बताएका छन्। अस्पतालको ६२ औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले अस्पताललाई राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थाका रुपमा निर्माण गर्न शहरी विकास मन्त्रालयसँग तत्काल छलफल सुरु गर्ने बताए । सो अवसरमा मन्त्री बस्नेतले एक हजार शय्या क्षमतासहितको उक्त अध्ययन संस्थानका लागि आवश्यक पर्ने भवन निर्माणको तयारी गरिने विश्वास दिलाए । समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छाले सातै प्रदेशमा प्रदेशस्तरीय बाल अस्पतालको सञ्चालन गर्न आवश्यक भएको बताए । उनले कान्ति बाल अस्पतालमा शय्या थप्दैमा सेवाग्राहीले सहज रुपमा उपचार सेवा पाउन नसक्ने…
ढोरपाटन : निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्दथे । गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताए । गाउँमा कोही बिरामी भए तीन घण्टा लगाएर देवीस्थान स्वास्थ्यचौकीमा ल्याएर उपचार गराउने गरेको जनाउँदै अब त्यो समस्या समाधान भएको उनको भनाइ छ । “नजिकमा अस्पताल थिएन, गाउँमा कोही बिरामी पर्यो भने बोकेर देवीस्थान पुग्नुपथ्र्यो, कहिले बूढाबूढी बिरामी हुन्छन्, कहिले केटाकेटी बिरामी हुन्छन्, उनीहरुलाई देवीस्थान र बुर्तिबाङ पुर्याउनुको विकल्प थिएन”, उनले भने, “यहाँ…
काठमाडौं- चिसोका कारण जाजरकोटमा थप एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो । निरन्तर पालको बसाइका कारण बिरामी परेका कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । कडा निमोनियाँ देखिएपछि उपचार सम्भव नभएको सुर्खेत अस्पतालले जनाएको छ । योसँगै चिसोका कारण मृत्यु हुने भूकम्प पीडितको संख्या ३६ पुगेको छ । जसमध्ये जाजरकोटमा ३१ र रुकुम पश्चिमका ५ जना रहेका छन् ।

