कर्णाली : कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो । शनिबार रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा आयोजित ‘नागरिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरूको अभिमुखीकरण’ कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशभित्रका नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि नागरिक स्वास्थ्य परीक्षण सुरु गरिएको बताए। नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती आएकाले यसको रोकथाम गर्नलाई पनि स्वास्थ्य परीक्षण थालिएको उनले जनाए । अहिले तीन जिल्लामा नमूनाका रूपमा नागरिकको स्वास्थ्य परीक्षण गरे पनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गर्छौँ”, उनले भने, “सरकारले स्वास्थ्य सेवालाई प्रवर्द्धनात्मक र उपचारात्मक दुवै…
Aricle Tech
सिमकोट : जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा रहेका एम्बुलेन्सको नयाँ भाडा कायम गरिएको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएको हो । एम्बुलेन्स सञ्चालक समितिसहित प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सडक पुगेका बस्तीहरुमा बिरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा कायम गरिएको हो । स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पतालबाट तीन गाउँपालिकाका विभिन्न बस्ती र सदरमुकामभित्र प्रतिकिमीका आधारमा भाडा निर्धारण गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले बताए । सदरमुकामबाट जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका बस्तीबाट बिरामी ल्याउन रु ३२ हजार भाडा तोकिएको उनले जानकारी दिए…
बलेवा : केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिला अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्यचौकी धाउँछन् । आठपटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुने कुरा यहाँका सबै महिलालाई थाहा छ । गाउँमा चालु आर्थिक वर्ष सुरु भएपछि १५ जना सुत्केरी भए । उनीहरु सबै सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । तमानखोला गाउँपालिका–१ मा पर्ने यी गाउँमा एउटा सक्रिय आमा समूह छ । गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएको छ । यी गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह…
इलाम : उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन् । बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए । ६ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझैँ भएर अस्पतालमै बस्नु परेको थियो । परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनले उपचारमा भएको खर्च नलिई घर पठाएको छ । दुर्गाप्रसाद एकवर्ष नौ महिना सात दिन सो अस्पतालमा रहेका…
काभ्रेपलाञ्चोक : बिरामीलाई थप सहज एवं सुरक्षित बनाउन काभ्रेपलाञ्चोकमा ‘जिपीएस’ जडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गरिने भएको छ । यसका लागि जिल्लास्तरमा सञ्चालित एम्बुलेन्सको अवस्था, वर्ग र समस्या तथा चुनौतीबारे अध्ययन गरी एम्बुलेन्स सञ्चालनलाई थप व्यवस्थित बनाउन छानबिन समिति गठन गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्न प्रारम्भिक चरणमा उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। समितिको संयोजक प्रजिअ रहने व्यवस्था छ । सरोकारवाला सम्मिलित बैठकले पहिलो चरणमा जिल्लामा भएका सरकारी निकाय, सामाजिक संस्था तथा व्यक्तिद्वारा सञ्चालित सम्पूर्ण एम्बुलेन्सको अवस्थाका बारेमा जानकारी लिइने भएको हो । जिल्लामा जिपीएसजडित सुविधायुक्त एम्बुलेन्स सञ्चालन गर्ने…
अत्तरिया : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा फड्को मार्न थालेको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो । देश सङ्घीयतामा गएसँगै अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको यस अस्पतालले विभिन्न उपकरण थपेको छ । सरकारी अस्पतालमा सिटीस्क्यान मेसिन नहुँदा बिरामीले निजी अस्पतालमा चर्को शुल्क तिरेर सिटीस्क्यान गर्नुपर्ने बाध्यता थियो । अस्पतालले सिटीस्क्यान मेसिन खरिद गरेर गत वर्षदेखि सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बिरामीको बाध्यता हटेको छ । “हामीले गत वर्षदेखि सिटीस्क्यान सेवा सुरु गरेका हौँ”, सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा…
काठमाडौं : वीर अस्पतालमा अक्सिजन खरिदका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ । अर्थ मन्त्रालयले वीर अस्पतालमा बिरामीको खाजा तथा अक्सिजन खरिद शीर्षकमा कटौती भएको साढे ४ करोड निकासा गर्ने बताएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको अक्सिजनको बजेट समेत घटाएपछि समस्या परेको थियो । अत्यावश्यक सेवामा मन्त्रालयले बजेट कटौती गरेपछि चौतर्फी आलोचना भएको थियो। दबाबपछि अर्थ मन्त्रालयले वीर अस्पतालमा करोड निकासा गर्ने बताएको हो ।
गुल्मी : गुल्मीमा नसर्ने रोगका लागि पेनप्लस क्लिनिक सेवा सञ्चालन हुने भएको छ । युनिसेफको साझेदारीमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा गुल्मी अस्पतालमा पेनप्लस क्लिनिक सेवा सञ्चालनमा आउन लागेको हो । नेपाल सरकारसँगको समन्वयमा सञ्चालित पाइलेटिङ प्रोजेक्ट अन्तर्गत नेपालको चार वटा प्रदेशकाे चार वटा जिल्लामा नसर्ने रोगको पेनप्लस क्लिनिक सञ्चालन हुने भएको हो । यो सेवा शुरु भएपछि अस्पतालमा आउने गम्भीर तथा नसर्ने कडा रोगका बिरामी लाभान्वित हुनेछन् । क्लिनिकबाट अति गरिब र विपन्न नागरिकका लागि निःशुल्क रूपमा स्वास्थ्य बीमा गरिदिनुका साथै अन्य ठूला रोगका बिरामीको शल्यक्रिया गर्नुपरेमा उनीहरूकाे सबै खर्च बेहाेरेर उपचार गर्ने व्यवस्था रहेकाे क्लिनिककी मेडिकल अधिकृत रेनुका…
मकवानपुर : मकवानपुरको हेटौँडा अस्पतालअन्तर्गत डाइलासिस युनिटले उपचार सेवालाई सुविधायुक्त बनाएको छ। मिर्गौला फेल भएका बिरामीलाई सहज उपचार दिने उद्देश्यले अस्पतालले डाइलासिस सेवामा सुधार ल्याएको हो। दैनिक डाइलासिस सेवा लिनुपर्ने बिरामीका लागि उपचार सेवालाई सुविधायुक्त बनाइएको अस्पतालले जनाएको छ। मधेश प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमतीको सिन्धुली र मकवानपुरका गरी कूल ६६ जना मिर्गौलाका बिरामीले अहिले दैनिक आलोपालो गरी डाइलासिस गराइरहेका अस्पतालको डाइलासिस युनिटका इन्चार्ज सिमा कँडेलले जानकारी दिए। उनका अनुसार ती बिरामीमध्ये १८ महिला छन्। मिर्गौला फेल भएका प्रत्येक बिरामीले हप्ताको दुई पटक अनिवार्य रुपमा चिकित्सकको परामर्श अनुसार डाइलासिस गराउनुपर्ने भएकाले बिरामीको सहजताका लागि १३ वटा डाइलासिस मेसिन सञ्चालनमा…
पोखरा : सम्भव नेपाल नामक संस्थाले गोरखाका ७ वटा पालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका र अजिरकोट गाउँपालिकालाई एक एक थान एम्बुलेन्स र मेडिकल सामग्री सहयोग गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पालिकाहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । उनले सामाजिक संस्थाले स्वास्थ्यका क्षेत्रमा गरेको साथ र सहयोग उल्लेख्य रहेको बताए । यस्तै, बेडसाइट स्क्रिनिङ, ट्रली, स्टील दराज, मेडिकल रेफ्रिजेरेटर आइएलआर, सिरानी तन्ना, डेलिभरी बेड, हस्पिटल बेडसाइड लकर, ह्वील चेयर, इलेक्ट्रिक हिटर र ग्लब्स सहयोग गरिएको अध्यक्ष प्रेम खत्रीले जानकारी दिए । एम्बुलेन्स खरिद र हस्तान्तरणसम्म…

