काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दैं सतर्कता अपनाउन आग्रह गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले छिमेरी देशमा जेएन.१ बढिरहेकाले सर्तकर्ता अपनाउन भनेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको बताएका छन् ।
‘पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ मन्त्रालयले भनेको छ ।