काठमाडौं : शाखा अधिकृतकी छोरीलाई जागिर दिन खोज्ने काठमाडौं महानगरपालिकाका तीन जना कर्मचारी निलम्बनमा परेका छन् । कार्यपालिकाको निर्णयविपरीत फरक व्यहोरा उल्लेख गरिएको कारण उनीहरुलाई निलम्वन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए ।
महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेको हो ।
पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ।
यो घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा उक्त छानबिन समिति गठन गरिएको छ।