खोटाङ : उपचार नपाएर एक सुत्केरीको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ की २३ वर्षीया लक्ष्मी बुढाथोकी बस्नेतको सोमबार बिहान मृत्यु भएको हो । जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि रेफर गरिएकी बस्नेतको काठमाडौं लैजाने क्रममा सोमबार बिहान बाटैमा मृत्यु भएको हो । बस्नेतले फागुन ७ गते जिल्ला अस्पतालमै सामान्य रूपमा छोरीलाई जन्म दिएकी थिइन् । स्वास फेर्न गाह्रो भएपछि उनलाई आइतबार जिल्ला अस्पताल भर्ना गरिएको थियो ।
Aricle Tech
काठमाडौं : स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने सेवा प्रदायक संस्थालाई स्वास्थ्य बिमा बोर्डले तीनबुँदे निर्देशन दिएको छ । कतिपय स्वास्थ्य संस्थाले बिमा ऐनभित्र रहेर सेवा प्रदान गरेको नपाइएपछि बोर्डको यस्तो निर्देशन आएको हो । निर्देशन अनुसार रोग पहिचान भएपछि सोही व्यहोरा उल्लेख भएको डाक्टरको स्वीकृति समावेश गरी बिरामीलाई सेवा दिनुपर्नेछ । भिडियो एक्सरे गर्नेहरूको हकमा तालिम प्राप्त वा रेडियोलोजिष्ट हुनुपर्ने र कर्मचारीको पूर्ण विवरण बिरामीको रिपोर्टमा उल्लेख हुनुपर्नेछ । यस्तै, बिरामी रिफर गर्दा बिमा नियमावलीको अनुसूची–९ अनुसार फर्म अनिवार्य भर्न बोर्डले निर्देशन दिएको छ ।
कैलाली : सामाजिक विकास समितिले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. नीरज अर्याललाई हटाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । हिजाे बसेको बैठकले फोहर मैला व्यवस्थापन प्लान्ट खरिदमा अर्याल विवादमा मुछिएको भन्दै छानबिन नहुँदा सम्म अटाउन निर्देशन दिने निर्णय गरिएको हो । उक्त निर्णयमा तीन सांसदले असहमति जनाएका छन् । एमालेका हिरा सार्की, धर्मराज पाठक र निर्मला साउदले नोट अप डिसेन्ट लेखेका हुन् । उक्त विषय छानबिनको लागि काठमाडौँबाट विज्ञ टोली मगाउने पनि समितिले निर्णय गरेको छ । ९ करोड २० लाख बजेट विनियोजन भएको उक्त कार्यक्रममा टीकापुर अस्पताल, महाकाली अस्पताल, बैतडी र बझाङ अस्पताल फोहर…
काठमाडौं : काठमाडौं महानगरपालिकाले थप चारवटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले कलंकीस्थित सहिद मेमोरियल, नेपाल नेसनल, चाबहिलको दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो । महानगरको वातावरण व्यवस्थापन विभागले कलंकी क्षेत्रका अस्पतालमा गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालमा आइतबार (आज) अनुगमन गरेको थियो । ल्यान्डफिल साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार ती अस्पतालहरूमा फोहोर छुट्याउने मापदण्ड पालना नगरेको, निसंक्रमित गर्ने प्रक्रिया गलत भएको, वातावरणीय प्रदूषण फैलाउने गरी फोहोर संकलन गरी राखिएको पाइएको थियो । यसअघि महानगरले कान्ति बाल अस्पताल, एभरेस्छ अस्पताललगायतमा पनि फोहोर संकलनमा रोक लगाएको थियो ।
काठमाडौँ : विदेशी चिकित्सकको सहयोग विना महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले दोस्रो कलेजो प्रत्यारोपण गरेका छन् । गत २६ माघमा त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले चितवनका ३३ बर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । यसअघि यहि टोलीले गत २७ पुसमा विदेशी चिकित्सकको प्रत्यक्ष सहयोग विना नुवाकोटका ४१ बर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको थियो । पछिल्लो प्रत्यारोपणमा ३३ बर्षका श्रीमानलाई उनका २८ बर्षकी श्रमतीले कलेजो दान गरेकी हुन् । उनी १० दिन अघि नै डिस्चार्ज भएकी छन् । त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ देखि कलेजो प्रत्यारोपण सुरु भएको हो ।
काठमाडौं, १३ फागुन । नेपालमा सञ्चालित सबै एलोपेथीका औषधि कम्पनीले अब आफ्नो बजार नीति पनि बनाउनुपर्ने व्यवस्था गर्न लागिएको छ । बजारिकरणमा एकरुपता नहुँदा विकृति र अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै औषधि व्यवस्था विभागले बनाइरहेको औषधि विक्रिवितरण संहिताको मस्यौदामा बजार सम्भाव्यता अध्ययनलाई पनि अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको हो । उक्त व्यवस्था भएपछि नयाँ औषधि कम्पनीको हकमा उसले उत्पादन अनुमति पाउनुपुर्व वा बजारमा जानुपुर्व बजार सम्भाव्यता अध्ययन गरेर औषधि व्यवस्था विभागबाट पास गराउनुपर्नेछ । त्यस्तै सञ्चालनमा रहेका कम्पनीले पनि नविकरणपूर्व बजार नीति विभागबाट स्वीकृत गराउनुपर्नेछ । सो बजारीकरणको प्रतिवेदनलाई नेपाल औषधि उत्पादक संघले सिफारिस गरेपछि औषधि व्यवस्था विभागले त्यसलाई अन्तिम स्वीकृति…
काठमाडौं : पर्सामा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले बताएको छ ।उनीहरूले अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाएका थिए । हिजो साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका उनीहरूको खोजी तीव्र पारिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । गलत ठेगाना टिपाएर गएका कारण खोजी गर्न कठिनाइ भएको डिएसपी थापाले बताए।अस्पतालले छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको दाबी गरेकाे छ ।
काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो । सोअनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरूले मापदण्ड पूरा नगरेको पाइएको थियो । मन्त्रालयले दुई सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । सोमध्ये ६७ वटा स्वास्थ्य संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ । मन्त्रालयमा दुई सय १५…
नवलपरासी पूर्व : गैंडाकोटमा एम्बुलेन्स र बस ठोक्किँदा बिरामीसहित ४ जना घाइते भएका छन् । आइतबार बिहान महेन्द्रराजमार्गको भृकुटी बर्दिया जादै गरेको बस र एउटा एम्बुलेन्स ठोक्किएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा एम्बुलेन्समा डाइलाइसिसका लागि भरतपुर जाँदै गरेका मध्यविन्दु नगरपालिकाका ७५ वर्षीय मानबहादुर कुमालको टाउकोमा चोट लागेको छ । उनकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी एम्बुलेन्समा सवार भोटबहादुर कुमाल र सोमबहादुर कुमाल तथा स्कुटर चालक किशोर गौतम घाइते भएका छन् । सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिकल इन्जिनियर तेजनारायण साहलाई ४ वर्षको कैद सजाय सुनाइएको छ । आइतबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाुब श्रेष्ठको इजलासले सजाय निर्धारणा गरेको हो । प्रतिष्ठानको हाताभित्र व्यवसाय सञ्चालन गरिरहेकाबाट विद्युत् महसुलबापतको रकम ३३ लाख २० हजार २२६ असुल गरी प्रतिष्ठानमा नबुझाएका साहलाई बिगोबमोजिम जरिवाना समेत हुने फैसला सुनाइएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० भदौ २५ गते मुद्दा दायर गरेको थियो ।

