काठमाडौँ : विदेशी चिकित्सकको सहयोग विना महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरुले दोस्रो कलेजो प्रत्यारोपण गरेका छन् ।
गत २६ माघमा त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले चितवनका ३३ बर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो ।
यसअघि यहि टोलीले गत २७ पुसमा विदेशी चिकित्सकको प्रत्यक्ष सहयोग विना नुवाकोटका ४१ बर्षीय पुरुषमा कलेजोको सफल प्रत्यारोपण गरेको थियो ।
पछिल्लो प्रत्यारोपणमा ३३ बर्षका श्रीमानलाई उनका २८ बर्षकी श्रमतीले कलेजो दान गरेकी हुन् । उनी १० दिन अघि नै डिस्चार्ज भएकी छन् ।
त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ देखि कलेजो प्रत्यारोपण सुरु भएको हो ।