कञ्चनपुर : सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुआत भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले भने,“अस्पतालमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ आएका छन् । बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिन्छ ।” रक्तरोग विशेषज्ञ डा ढकालले बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव रहे पनि बाल क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न कठिन हुने बताए । “वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने…
Aricle Tech
काठमाडाैं : आजदेखि बाल चिकित्सा नर्स सप्ताह, २०८० विविध कार्यक्रम गरी मनाइँदै छ । बाल चिकित्सा नर्स संघले बालबालिका तथा किशोर किशोरकिशोरीको सर्वाङ्गिक वृद्धिविकासका साथै यस क्षेत्रमा काम गर्ने नर्सहरुको पेशागत महत्त्व र हकहितमा समेत वकालत गर्ने उद्देश्यले २०७५ सालदेखि यो दिवस मनाउदै आएको छ । संघले हरेक वर्ष फागुन १६ देखि २२ गतेसम्म बाल चिकित्सा नर्स सप्ताह मनाउँदै आएको हो ।यो वर्ष पनि सप्ताहव्यापी कार्यक्रम ‘बाल चिकित्सा नर्सहरूको आवाजः बाल शोषण रोक्नुहोस्’ भन्ने नाराका साथ देशैभर भव्यताका साथ मनाइने बताइएको छ । आज फागुन १६ गते पहिले दिन सामाजिक सञ्जाल अभियानबाट सुरु हुने यो कार्यक्रम२२ गते अन्तिम दिन काठमाडौंको…
काठमाडौं : दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले विष्टलाई एक लाख नगद पुरस्कार सहित उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । बबिता सिनियर अनमी छैटौँ तहमा कार्यरत छन् । अनमी विष्टले एक लाख रुपैयाँ पाइन् । त्यस्तै सोही अवसरमा ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । ५० हजार नगद राशि सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरूमा कालिकोटका सिनियर अहेव दीर्घ बहादुर नेपाली,…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन्। मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन् । स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘स्वास्थ्य मन्त्रालयमा अराजकता छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ ।’ स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए । उनले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए ।
काठमाडौँ : मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन् । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको बताए । पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शत्प्रतिशत खोप लगाएको हेरिने गरिन्छ । ती पाँच जिल्लाका १६ स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न बाँकी छ । यसैगरी, नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार एक प्रतिशत बालबालिका पूर्ण…
त्रिवेणी : रुकुम पश्चिमममा सञ्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार आठ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन् । गत कात्तिक १७ गते गएको भूकम्पप्रभावित दुई स्थानीय तह आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिकले प्रजनन स्वास्थ्य शिविरमार्फत उक्त सङ्ख्यामा सेवा लिएका हुन् । नेपाल परिवार नियोजन सङ्घको आयोजना, आइपिपिएफ परियोजनाको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । गत मङ्सिर ११ गतेदेखि हालसम्म सञ्चालन भएको शिविरबाट जिल्लामा दुई हजार आठ सय ७० भूकम्पप्रभावित क्षेत्रका नागरिकलाई प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न सेवा दिएको नेपाल परिवार नियोजन सङ्घ दाङका शाखा प्रबन्धक…
काठमाडाैं : सरकारी अस्पतालका फार्मेसीहरूमा औषधि राखेर सर्वसुलभ ढङ्गले बिरामीलाई औषधि विक्रीबितरण नगरेर सेटिङमा बाहिरका फार्मेसीको महँगो औषधि किन्न बाध्य बनाउने सरकारी अस्पताल प्रमुख विरुद्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत भएका छन् । वीर अस्पतालका निर्देशकले अस्पताल भित्र सञ्चालित फार्मेसीमा औषधि नराखेर बिरामीलाई बाहिरका फार्मेसीको महँगो औषधि किन्न बाध्य बनाएको व्यापक गुनासो आएपछि स्वास्थ्य मन्त्री बस्नेतले मन्त्रालय, औषधि व्यवस्था विभाग र सञ्चारकर्मी सहितको टोली सहित फागुन ३ गते वीर अस्पतालको फार्मेसीको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा वीर अस्पतालको फार्मेसीमा उपलब्ध हुनु पर्ने औषधिको २० प्रतिशत औषधि माफ फेला परेको थियो । बाहिरका फार्मेसीहरूबाट सेटिङमा आर्थिक…
काठमाडौं : सिरहाको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा एक्सरे शाखाका कर्मचारी बिदामा बसेपछि सेवा घटाइएको छ। दुई जना कर्मचारीमध्ये एक जना विवाह बिदामा बसेपछि १९ गतेसम्म बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सेवा संचालन हुने २० देखि पुनः २४ घण्टा सेवा सूचारु हुने अस्पतालले जनाएके छ।
ढोरपाटन- सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ । सुविधा सम्पन्न अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक उपचारका लागि पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाधयतामा छन् । यद्यपि पछिल्लो समय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ । त्यसो त बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्लास्तरीय अस्पतालमा स्तरोन्नतिका लागि विसं २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रलायले निर्णय गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । तर अब भने सो स्वास्थ्य केन्द्र प्रदेशस्तरको अस्पतालमा स्तरोन्नति हुने भएको छ । गण्डकी प्रदेश…
रौतहट : रौतहटको गौरस्थित एक निजी अस्पतालबाट तीनजना नक्कली डाक्टर पक्राउ परेका छन् । यमुनामाई गाउपालिका १ सुकदेव चौकमास्थित सगरमाथा तराई हस्पिटल प्रालिमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका- १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना सिकारगंज-३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई-२ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ । निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरूलाई राखी बिरामीहरूको एपेन्डिस, पायल्स, युटेरस लगायतका अपरेसन हुँदै आएको सूचनाको आधारमा ती…

