नवलपरासी पूर्व : गैंडाकोटमा एम्बुलेन्स र बस ठोक्किँदा बिरामीसहित ४ जना घाइते भएका छन् । आइतबार बिहान महेन्द्रराजमार्गको भृकुटी बर्दिया जादै गरेको बस र एउटा एम्बुलेन्स ठोक्किएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा एम्बुलेन्समा डाइलाइसिसका लागि भरतपुर जाँदै गरेका मध्यविन्दु नगरपालिकाका ७५ वर्षीय मानबहादुर कुमालको टाउकोमा चोट लागेको छ । उनकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी एम्बुलेन्समा सवार भोटबहादुर कुमाल र सोमबहादुर कुमाल तथा स्कुटर चालक किशोर गौतम घाइते भएका छन् ।
सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।