काठमाडौं : पर्सामा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले बताएको छ ।उनीहरूले अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाएका थिए ।
हिजो साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका उनीहरूको खोजी तीव्र पारिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
गलत ठेगाना टिपाएर गएका कारण खोजी गर्न कठिनाइ भएको डिएसपी थापाले बताए।अस्पतालले छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको दाबी गरेकाे छ ।