काठमाडौं : काठमाडौं महानगरपालिकाले थप चारवटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले कलंकीस्थित सहिद मेमोरियल, नेपाल नेसनल, चाबहिलको दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाएको हो ।
महानगरको वातावरण व्यवस्थापन विभागले कलंकी क्षेत्रका अस्पतालमा गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालमा आइतबार (आज) अनुगमन गरेको थियो ।
ल्यान्डफिल साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार ती अस्पतालहरूमा फोहोर छुट्याउने मापदण्ड पालना नगरेको, निसंक्रमित गर्ने प्रक्रिया गलत भएको, वातावरणीय प्रदूषण फैलाउने गरी फोहोर संकलन गरी राखिएको पाइएको थियो ।
यसअघि महानगरले कान्ति बाल अस्पताल, एभरेस्छ अस्पताललगायतमा पनि फोहोर संकलनमा रोक लगाएको थियो ।