Aricle Tech

गोदावरी : कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ । चार वर्षअघि हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीतिअनुसार सो अस्पताल निर्माण गरिन लागेको हो । सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको अस्पतालको लागतरु १८ करोड ५२ लाख रहेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए । उनले सकेसम्म मसान्तभित्रै भवन हस्तान्तरण भएर चालु आर्थिक वर्षको असार मसान्तबाट…

विस्तृतमा...

बागलुङ : बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । बागलुङ बजारमा सुविधासम्पन्न धवलागिरि अस्पताल हुँदा धेरै महिला सुत्केरी हुनका लागि अस्पातलमा आउने गरेका छन् भने गाउँ–गाउँमा भने बर्थिङ सेन्टरमा पुग्ने गर्छन् । गर्भवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने गर्दै आएका छन् । अहिले हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउनुपर्छ भन्ने चेतना बढेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । पहिले बजार आसपासका गर्भवतीमात्रै स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने गरे पनि ग्रामीण क्षेत्रबाट…

विस्तृतमा...

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का धेरै र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त कमजोरी पत्ता लगाइएको विभागको भनाइ छ । वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइयो । यसरी भेटिएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको कामपाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिए । अनुगमनका क्रममा औषधि राख्ने…

विस्तृतमा...

काठमाडौँ : नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको पाइएको हो । यो तथ्याङ्क २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई छ । यसमा शङ्कास्पद बिरामीको नमुना सङ्कलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी पुष्टि भएका थिए । ती मध्ये १ जनाको मृत्यु भएको थियो । दादुरा पुष्टि भएका मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए ।

विस्तृतमा...

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ । सङ्घीय सरकारले प्रदेशको डोटीमा सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेका बेला प्रदेश सरकारले प्रदेशस्तरीय सरुवा रोग अनुसन्धान केन्द्र कैलालीको टीकापुरमा बनाउने निर्णय गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत २०७८ सालमा भवन निर्माणको काम थालिएको थियो । तत्कालीन समयमा अन्तिममा भवन निर्माणको काम सुरु भएपछि काम समयमा सम्पन्न हुन नसक्दा भवन निर्माणको काम एक वर्ष पछाडि धकेलिएको थियो । रु दुई करोडको लगानीमा पहिलो दुई…

विस्तृतमा...

अछाम : जिल्ला अस्पताल अछामले संचालन गरेको फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री वितरण हुने पाइएको छ । अस्पतालमा निःशुल्क पाइने औषधि बाहेकका अन्य औषधि बिक्रीका लागि अस्पतालले संचालन गरेको फार्मेसीमा म्याद नाघेका औषधि भेटाएको हो । जिल्ला स्तरीय अनुगमन टोलीले मंगलबार अनुगमन गर्दा विभिन्न १२ प्रकारका म्याद नाघेका औषधि भेटाएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र स्वास्थ्य कार्यालय अछामको प्राविधिक सहयोगद्वारा बेच्न राखेका म्याद नाघेका औषधि अनुगमन टोलीले जफत गरेको हो । अनुगमनका क्रममा सन्सक्रिन लोसन ३८ पिस, सेटाफिल ६ पिस, क्लिडाजाइसिन २६ बक्स, टरबिनाफिन २५ बक्स, एमोसिसलिन प्लस वाक्सिन २० बोतल, विकाकोडिल ३१ स्ट्रिप,…

विस्तृतमा...

काठमाडौँ : केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो । केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको  जानकारी दिए । विभागले एकजना कैदीबन्दीको लागि रु तीन हजार ५०० उपलब्ध गराएर स्वास्थ्य बीमा गरिदिएको हो । कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि उक्त बीमा स्वतः खारेज हुने उनले बताए । कारागार प्रशासक ललित बस्नेतले कैदीबन्दीको स्वास्थ्यका लागि सहयोग पुग्ने उद्देश्यले…

विस्तृतमा...

बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालले ११४औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा बाेल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशको नेतृत्वदायी अस्पतालका रुपमा विकास गर्न सरकार लागि परेको बताए । यस अस्पतालमा आवश्यक पूर्वाधार निर्माण गरी सेवा थप गर्दै लैजाने गरी काम अगाडि बढेको उनले बताए । स्वास्थ्य मानवको जिवनसँग जोडिएको विषय भएकाले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्दै गुणस्तरवृद्धिमा प्रदेश सरकारले जोड दिएको उनले बताए । १९६७ सालमा दुई जना भारतीय चिकित्सक र ६ शैय्याबाट शुरु भएको अस्पतालले ११४औं वार्षिकोत्सव मनाउने दिनसम्म आइपुग्दा विशेषज्ञ तथा मेडिकल अधिकृतसहित १२७ जना चिकित्सक, नर्सिङ कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ सहित विभिन्न क्षेत्रमा गरी…

विस्तृतमा...

काठमाडौं : नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा नियुक्त डा सतिश कुमार देव भएका छन् । मन्त्रीपरिषदको बैठकले डा सतिश कुमार देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै मन्त्रिपरिषद् बैठकले प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ ।

विस्तृतमा...

कालीकोट : कालीकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराएका मध्ये १७ हजार ६ सय १२ जनाले शुल्क तिरेका छन् । एकतीस हजार ८४ अति गरिब, एक हजार सात सय चार अपाङ्ग, एक सय ५५ एचआइभी सङ्क्रमित, ३० कुष्ठरोगी, दुई हजार एक सय ४७ ज्येष्ठ नागरिक, एक सय ७३ महिला स्वास्थ्य स्वयमंसेविकाले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक सर्पराज रोकायाले जानकारी दिए । “महिला स्वास्थ्य स्वयमंसेविकाले बीमा रकममा ५० प्रतिशत छुट पाउने व्यवस्था छ”, उनले भने । हाल जिल्ला महिला स्वास्थ्य स्वयमंसेविकाको सङ्ख्या दुई सय ९८…

विस्तृतमा...