Aricle Tech

चितवन : नेपालमा रहेका एम्बुलेन्समध्ये ९० प्रतिशतको नवीकरण हुन सकेको छैन । सरकारले ल्याएको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७८ अनुसार स्तरोन्नति हुन नसकेपछि एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् । राष्ट्रिय एम्बुलेन्स निर्देशका, २०७८ मा ‘क’ र ‘ख’ वर्ग मात्रैको व्यवस्था गरेपछि विगतमा ‘ग’ वर्गबाट सञ्चालित एम्बुलेन्स नवीकरण हुन सकेका छैनन् । यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका,२०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन महासङ्घ)का अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले नेपालमा सञ्चालनमा रहेका छ हजार एम्बुलेन्समध्ये ९० प्रतिशत ग वर्गका छन् ।…

विस्तृतमा...

काठमाडौँ : सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् । एकतीस जिल्लाले अझै रिपोर्ट बुझाएका छैनन् । “रिपोर्ट पठाएका ती जिल्लाले पनि कोहीले भर्खरै अभियान सञ्चालन गरेका छन्”, उनले भने, “हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन गरेका छन् ।” उनका अनुसार हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान…

विस्तृतमा...

काठमाडौँ : चितवनमा हुने नवौँ फर्मा एक्स्पो २०२४ को तयारी पूरा भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ नवौँ फर्मा एक्स्पो आयोजना गर्ने भएको हो । चितवन एक्स्पो सेन्टर भरतपुरमा शुक्रबारदेखि (२५ गतेदेखि २७ गतेसम्म) ‘नवौँ नेपाल फर्मा एक्स्पो–२०२४’ को तयारी पूरा भएको जनाइएको छ । नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नुका साथै नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्धतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको संघले जनाएको छ । सो एक्स्पोमा १६० वटा स्टल रहने छन् । यसमा नेपाल, भारत,…

विस्तृतमा...

असन्तुलित खानपान तथा खराब जीवनशैलीले कहिलेकाँही पखाला लाग्छ । पखाला लाग्यो भने तपाईंको शरीरमा पानीको कमी हुन थाल्छ । यस्तोमा पखाला ठिक गर्न केही घरेलु उपाय प्रयोग गर्न सकिन्छ । -पखाला ठिक गर्न नरिवल पानी पिउन सकिन्छ । नरिवल पानीमा इलेक्ट्रोलाइट्स जस्ता गुण पाइन्छन् जसले पखालाबाट छुट्कारा दिन्छ । साथमा यसले शरीरमा पानीको कमी पनि हुँदैन । -केरामा फाइबर र पोटाशियम जस्ता पोषक तत्व पाइन्छन्, जसले शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा बढाउने गर्छ । केरा खाँदा पनि पखालाको समस्या कम हुन्छ । -पखाला वा धेरैपटक पातलो दिशा लाग्ने भइरहेको छ भने तपाईंले घरमा तुरुन्तै जिरा पानी बनाएर पिउन सक्नुहुन्छ । जिरालाई पानीमा…

विस्तृतमा...

काठमाडौँ : कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे । क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर–१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई हिजो नै अस्पतालबाट घर लगिएको थियो । ६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर– १ को अध्यक्षमा निर्वाचित भएका थिए ।

विस्तृतमा...

वीरगञ्ज : पर्सामा मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता चलेको सुख्खा हावा र गर्मी बढ्दै गएपछि सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । कार्यालयका अनुसार वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको छ । दूधे बालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्लो केही दिनयता अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले जानकारी दिए । रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी…

विस्तृतमा...

काठमाडौं : सुशील काेइराला प्रखर क्यान्सर अस्पताल खजुराकाे कार्यकारी प्रमुखमा डा प्रकाश प्रसाद शाह नियुक्त भएका छन् । उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाँदाजाँदै नियुक्त गरेका हुन् । उनलाई बस्नेतले आइतबार (२० गते) नियुक्त गरेको पत्रमा उल्लेख छ । तर, पत्र अर्को दिन सोमबारको मितिमा दिइएको छ ।

विस्तृतमा...

बागलुङ : बागलुङ नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर अहिले सुतुर्केको ‘डम्पिङसाइट’ पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ । अव्यवस्थित फोहोर व्यवस्थापनबाट सोही स्थान हुँदै दैनिक गुड्ने सयौँ सवारीसाधन र यात्रु प्रभावित भएका छन् । कुहिने र नकुहिने फोहोर नछुट्याइ व्यवस्थापन गर्दा त्यहाँको १० रोपनी जग्गा भरिएको छ भने सुतुर्केको ‘डम्पिङसाइट’को असर नजिकैको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा पनि असर पर्न थालेको छ । अव्यवस्थित फोहोर व्यवस्थापनका कारण सो ठाउँ हुँदै यात्रा गर्न सकस हुने गरेको सवारी चालक देवीबहादुर…

विस्तृतमा...

कैलाली : कैलालीको गेटामा विश्व विद्यालयमा ६ सय शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृत भौतिक संरचनाहरु तयार छन् । तर, नेपाल सरकारले विश्व विद्यालयको कानुन तयार भएपछि पाँच सय शय्याको अस्पतालबाट सेवा सुरु गर्ने तयारी गरेको छ । चिकित्सा शिक्षाका सबै कक्षाहरुमा अध्ययन हुने विश्व विद्यालयका कुलपती प्रधानमन्त्री हुने व्यवस्था छ । उपकुलपती नेपाल सरकारले नियुक्त गर्नेछ । पदाधिकारीसहित रजिष्टार, अनुसन्धान तथा विभिन्न विभागका प्रमुखहरुसमेत नेपाल सरकारले नियुक्त गरिने सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए । उनले भने, ‘चिकित्साका सबै विधाहरुमा अध्यापन हुनेछ । भोलि कलेजलाई आंगिक बनाउन सक्छ । सुर्खेतमा कलेज निर्माण हुँदैछ। त्यो आंगिक हुन…

विस्तृतमा...

काठमाडौँ, २२ फागुन । नवौं फर्मा एक्स्पोको पूर्वसन्ध्यामा औषधि क्षेत्रका सरोकारवालाले मुलुकलाई केही वर्षभित्रै औषधिको आत्मनिर्भरता बढाएर ८० प्रतिशत पुर्याउने लक्ष्यका बारेमा छलफल गरेका छन् भने राष्ट्रिय कम्पनीहरुले अपेक्षाकृत प्रगति हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । स्वास्थ्य पत्रकार मञ्च, नेपालले सोमवार आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा औषधि उत्पादक संघका अध्यक्ष महेश प्रसाद प्रधानले केहीवर्ष भित्र औषधिको आत्मनिर्भरतालाई बढाएर ८० प्रतिशत माग स्वदेशी उत्पादनले नै धान्ने आफुहरुको योजना रहेको सुनाए । तथापी, उनले नेपाली औषधि उद्योगमा लगानी अनुसारको प्रतिफल नआएको भन्दै कम्पनीहरुलाई क्षयरोगले भेटेको बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव…

विस्तृतमा...