बनेपा : आदर्श विद्या मन्दिर स्कुल बनेपाले स्वस्थ जीवनशैली जिउन सीप सिकाइका लागि कक्षा १० देखि १२ सम्मका विद्यार्थी र शिक्षकका लागि तीन दिने योग शिविरको सुरुवात गरेको छ । ‘गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ आयोजित शिविर फागुन २८ देखि फागुन ३० गतेसम्म एवीएम फुटसलमा सञ्चालन गरिनेछ ।
पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष योगगुरु ग्रोवेन तौजलेले योग शिविरबाट विद्यार्थीहरूलाई अनुशासित बन्न मात्र नभएर स्वस्थ जीवन जिउन र असल नागरिक बन्नका लागि मद्दत पुग्ने बताए ।