काठमाडौं । चितवनमा सञ्चालन भएको नवौं संस्करणको फर्मा एक्स्पो सम्पन्न भएको छ । एक्स्पोमा ६ हजारभन्दा धेरै पेशाकर्मीले अवलोकन गरेको औषधि उत्पादक संघले जनाएको छ ।
छैटौं फर्मा एक्स्पोसम्म काठमाण्डौमा आयोजना गरिएपनि ७ औं, ८ औं र ९ औं एक्स्पो मेडिकल सिटी चितवनमा आयोजना गरिएको हो । एक्स्पोलाई चितवनमा गर्न पहल गर्ने चितवनलाई नै आधार मानेर औषधि उत्पादनमा सक्रिय टाइम फर्मास्युटिकल्सका अध्यक्ष एवं औषधि उत्पादक संघका पूर्व अध्यक्ष नारायण क्षेत्री हुन् । उनले फर्मा एक्स्पोका संस्करणहरुले निरन्तर नेपाली औषधि उत्पादक र पेशाकर्मीको ज्ञानको दायरालाई वृद्धि गरिरहेको बताए ।
‘विश्वमा औषधिका नयाँ फर्मुला, डोजेज फर्म, प्याकिंग प्रविधि लगायत थुप्रै आविष्कार र नवप्रवर्तन भएको छ । यो निरन्तर सिकाईको विषय हो । निरन्तर सिकाईले नेपाली औषधि कम्पनीको सिकाईलाई थप बढाएको छ ।’ उनले भने ।
हेरौं भिडियो