

जुम्ला : स्वास्थ्य चौकीमै महिलाका लागि अस्थायी परिवार नियोजनका साधन इम्प्लान्ट सेवा सुरु भएको छ ।
सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीमा महिलाका लागि परिवार नियोजनाको अस्थायी साधन इम्प्लाण्ट सेवा सुरु भएको स्वास्थ्य चौकी इन्चार्ज सन्तोस बोहराले बताए । यसका लागि तालिम प्राप्त बरिष्ठ अनमी रमिता बोहरा रोकायाले सेवा प्रदान गर्ने गरेकी छन् ।
यसअघि सो सेवा लिन महिलाले सदरमुकाम सिमकोटमा जानुपर्ने अवस्था थियो ।