Aricle Tech

काठमाडौं । पिसाव तथा मुत्राशयको उपचारमा प्रयोग हुने मिराबेग्रनको नेपालमा पनि उत्पादन सुरु भएको छ । नेपालको अग्रणी औषधि उत्पादक कम्पनी एशियन फर्मास्युटिकल्सले नेपालमा पहिलोपटक मिरासिन नाम गरेको मिराबेग्रनको २५ एमजी र ५० एमजी औषधि उत्पादन गरेको हो । गत महिना झापाको विर्तामोडमा भएको युरोलोजिस्टहरुको सम्मेलनमा एशियनले यो औषधि सार्वजनिक गरेको कम्पनीका सिनियर प्रडक्ट म्यानेजर (मार्केटिङ) पवित्र थापाले स्वास्थ्य डायरीलाई बताए । सन् २०१२ मा अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले स्वीकृति प्रदान गरेको यस औषधिको नेपालमा २ वर्ष लगाएर अनुसन्धान र विकास गरिएको बताइएको छ । यस औषधिलाई मुत्राशयको उपचारका लागि विशेषज्ञहरुले सिफारिस गर्ने गर्दछन् । ओभरएक्टिभ ब्लाडर (पिसाब लागिरहने…

विस्तृतमा...

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा सञ्चालन हुन सकेको छैन । छत्रदेव गाउँपालिका–२ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा दुईवटा भिडियो एक्स–रे उपकरण रहे पनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि सो सेवा सञ्चालन हुन नसकेको त्यहाँका प्रमुख विष्णु खनालले बताए । भिडियो एक्स–रे गर्ने चिकित्सक अध्ययन बिदामा गएपछि विगत एक महिनादेखि यस्तो समस्या भएपछि सेवाग्राही भिडियो एक्स–रे गर्न जिल्ला अस्पताल सन्धिखर्क र निजी क्लिनिकमा जान बाध्य भएका छन् । भिडियो एक्स–रे सञ्चालन नहुँदा गर्भवती बढी मर्कामा परेका छन् । चिकित्सक आरोग्य खनालले बताए । उक्त केन्द्रमा चौबिस घण्टा प्रसूति सेवा, ओपिडी,…

विस्तृतमा...

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी’ अभियान थालेको छ । उक्त कार्यालयले प्रहरीलाई नियमित रूपमा व्यायाम र अध्ययन गर्ने व्यवस्था मिलाएको छ । प्रहरीलाई अध्ययनशील बनाउन अनिवार्य कानुन र प्रहरीसँग सम्बन्धित विषयको अध्ययन गर्नुपर्ने व्यवस्थासहित सम्बन्धित विधाका पुस्तक प्रत्येक प्रहरी एकाइमा पठाउन थालिएको छ । नेपाल प्रहरीलाई ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी बनाउने अभियान बागलुङमा थालिएको बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । उनका अनुसार प्रहरी कर्मचारीले खानपान र ऐसआरामको जीवनशैली अपनाउन थालेका कारण उनीहरू अस्वस्थ बन्दै गएका र कार्यसम्पादन अपेक्षित रूपमा हुन नसकेकाले प्रहरीलाई अनिवार्य शारीरिक व्यायाम गर्नुपर्ने नियम बनाइएको छ । जिल्ला मातहतमा रहेका प्रहरी…

विस्तृतमा...

म्याग्दी : कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास शय्याको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी बताउँछन् । “पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ”, उनले भने, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ”, म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले छ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ । सघन सहरी तथा…

विस्तृतमा...

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी अस्पताल प्रशासनले थालेको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार पुनःम्याद थप नहुने भएकाले निर्माण कम्पनीले दिनरात काम गरिरहेको छ । पन्ध्र शय्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने तयारी पनि भइरहेको छ । अहिले भवनमा रङगरोगनको काम धमाधम भइरहेको छ । कैलाश निर्माण कम्पनीसँग चारवर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटबाहेक १३ करोड ६८ लाख ३० हजारमा ठेक्का सम्झौता भएको थियो ।सम्झौताअनुसार  अस्पताल भवन २०७९ वैशाख १४ मा निर्माण पूरा गरी हस्तान्तरण गर्नुपर्ने थियो तर निर्धारित समयमा काम पूरा नभएपछि निर्माण कम्पनीलाई २०८० साउन २४गतेसम्मको…

विस्तृतमा...

विराटनगर : विराटनगरको नोबेल अस्पतालकी नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन्। स्टाफनर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी शिवशंकर दास नोबेल अस्पतालअगाडि एक होटलको कोठामा गएराति उनी झुण्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । सिराहकी चन्द्रिकुमारी विराटनगर–४ स्थित एक घरको बाथरुममा हत्या गरेको अवस्थामा शव भेटिएको थियो । चन्द्रिकाको हत्यापछि फरार शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा शव भेटिएको एसपी कार्कीले बताए ।

विस्तृतमा...

हुम्ला : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् ।देशभर नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भए पनि नाम्खा–६ का तील, जाङ र हल्जी गाउँका ५४ बालबालिका खोपबाट वञ्चित भएका छन् । यहाँका बालबालिका दादुरा–रुवेलाविरुद्धको मात्र नभएर अन्य खोपबाट पनि वञ्चित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।“हिमपातका कारण नाम्खा गाउँपालिकासँग जोडिएको सडक बन्द छ, यातायात सेवा बन्द हुँदा खोप कार्यक्रम प्रभावित भएको हो”, उनले भने । लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी कार्यरत भए पनि हिउँले बाटो बन्द हुँदा खोप ढुवानी गर्न नसकिएको प्रमुख सिंहले बताए ।…

विस्तृतमा...

काठमाडौं : औषधी व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको छ ।विभागले अनुगमनका क्रममा सङ्कलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकोले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो ।विभागका अनुसार युनिमोल ट्याब्लेट नामक प्यारासिटामोलको ब्याच नं २३६९ जुन २०२३ मा उत्पादन भएर हो ।विभागले उक्त औषधी, औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक गरी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

विस्तृतमा...

काठमाडौं : नेपाल नर्सिङ्ग परिषद्ले शनिबार लिएको पीसीएल र बीएस्सी नर्सिङ्ग तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् । जसमा पीसीएलतर्फ परीक्षामा सहभागि भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् । यता,बीएस्सी नर्सिङ्ग तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् । यी दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको हो ।

विस्तृतमा...

काठमाडौं: लसुनको चिया पिउनाले स्वास्थ्यलाई यस्ता धेरै फाइदा हुन्छ । यसरी बनाउनुहोस् लसुनको चिया लसुनको चिया बनाउन पहिले ३–४ वटा लसुन लिनुहोस् र त्यसको बोक्रा निकाल्नुहोस्। अब तिनीहरूलाई राम्रा टुक्राहरूमा काट्नुहोस् र ४ कप पानीमा उमाल्नुहोस्। जब यो ८–१० मिनेटको लागि उबलिन्छ, ग्यास बन्द गर्नुहोस्। यो चिया अलि चिसो भएपछि त्यसमा कागतीको रस र मह मिसाउनुहोस्। लसुनको चिया तयार छ, यसलाई हरेक बिहान खाली पेटमा सेवन गर्नाले धेरै रोगबाट बच्न सकिन्छ । फाइदाहरू प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछः एन्टिब्याक्टेरियल र एन्टिफङ्गल गुणले भरिपूर्ण लसुनको चिया बिहानको पेय हो, जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन ठूलो भूमिका खेल्छ । मुटु रोगबाट बचाउँछः…

विस्तृतमा...