काठमाडाैं : नेकपा एमालेका अधयक्षा केपी शर्मा ओलीले मिर्गौला जोगाउन आफैं सजग हुनुपर्ने बताएका छन् । मिर्गौला दिवसका अवसरमा बिहीबार समाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले मिर्गौला बिग्रिए जीवन कष्टकर बन्ने भन्दै सचेत हुन आग्रह गरेका हुन् ।
‘आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ,’ उनले लेखेका छन्, ‘ प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं !’
उनले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन् ।