

काठमाडौं : विनयतारा फाउण्डेसनले जनकपुरमा सञ्चालित २५ शय्याको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर स्तरोन्नति गरी दुई सय शय्याको बनाउने भएको छ ।
फाउण्डेसनका अध्यक्ष डा विनय साहले अस्पताल निर्माणको अनुमति, आवश्यक जग्गा र सुरुवाती लगानी सुनिश्चित भइसकेको समेत बताए ।
उनले सन् २०२४ देखि नै भवन निर्माण सुरु हुने बताए । नेपालका साथै भारतको बिहारलाई समेत लक्षित गरेर क्यान्सर उपचार केन्द्र भवन निर्माण गर्न लागिएको उनको भनाइ छ । विनयतारा फाउन्डेसन नेपाल ट्रस्टका अध्यक्ष डा वाइपी सिंहले हरेक वर्ष कम्तीमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्यसहित अस्पताल भवन सुरु गरिएको बताए।
सन् २०१८ देखि सञ्चालनमा रहेको २५ शय्याको क्यान्सर सेन्टरमा अहिले अस्पताल किमोथेरापी, सर्जरी, सघन उपचार कक्ष (आइसियु) सहितको उपचार सेवा उपलब्ध छ ।


