

काठमाडौं : राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएकाहरुको अंग झिकेर दान गर्नसक्ने कानुनी प्रावधानबारे धेरैलाई जानकारी नभएको बताएका छन् । जनचेतनाको अभावका कारण मृत्यु भइसकेपछि खरानी भएर खेर जाने अंग दान नभइरहेको उनले बताए ।
विश्व मिर्गौला दिवसको अवसरमा बिहीवार आयोजित प्रभातफेरि, प्रत्यरोपण खेलकुद लगायत कार्यक्रमका क्रममा बोल्दै डा. श्रेष्ठले मस्तिष्क मृत्यु भएका मानिसको अंग झिक्न मिल्ने कानून बनेको लामो समयसम्म पनि न्यून अंग संकलन भइरहेको बताएका छन् ।
‘मरेपछि पनि अंग काटेर दान गर्न हिच्किचाउँछन् यसमा चिकित्सकले पनि सम्झाउन आवश्यक छ । उहाँहरु पनि हिच्किचाउँछन्’ उनले भने, ‘कलेजो, मृर्गौला प्यानक्रियाज लगायतका अंग दान गर्न अंग प्रत्यारोपण इकाइ तथा समन्वय इकाई छ । कसैले अंग दान गर्न चाहेमा त्यहाँ सम्पर्क गर्न सक्नेछन् ।