सङ्खुवासभा : विगत दुई वर्षदेखि मोतीबिन्दुका कारण दृष्टिविहीन ६० वर्षीय विष्णुबहादुर तामाङ खाँदबारीमा राखिएको शिविरमा सफल शल्यक्रियापछि पूर्ण रूपमा आँखा देख्न सक्ने भई भएर घर फर्किएका छन् । भोजपुर घर भएका बोली नआउने उहाँ सफल शल्यक्रियापछि निकै खुसी थिए । यस पटक खाँदबारीमा आयोजित दुईदिने शिविरबाट ४० मोतीबिन्दुसहित ४४ जनाको आँखाको सफल शल्यक्रिया गरियो । हिमाली जिल्ला सङ्खुवासभामा उपचार अभावका कारण अन्धो भएर बस्न नपरोस् भनी नेपाल नेत्रज्योति सङ्घले अन्धोपना हटाउने अभियान सञ्चालन गरिरहेको छ । नेपाल नेत्रज्योति सङ्घ सङ्खुवासभाद्वारा सञ्चालन गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा यो वर्ष ४१० जनाको सफल शल्यक्रिया भइसकेको छ । त्यस्तै जिल्लाभरिका २५ हजार जनाको आँखा परीक्षण…
Aricle Tech
बिर्तामोड : ‘विश्व अटिजम सचेतना दिवस’झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ । न्याय र विकासकालागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो । अटिजमबारे सचेतना जगाउने र यसको बारेमा अधिकतम मानिसहरूमा जानकारी दिने उद्देश्यले र्याली सहितको कार्यक्रम आयोजना गरिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए । कार्यक्रममा सहभागीहरूले विभिन्ननारा लेखिएको प्लेकार्ड तथा व्यानर प्रदर्शन गरेका थिए । अभिभावकहरूले अटिजमको थिमतथानारा उल्लेखित टीसर्ट लगाएका थिए । कार्यक्रममा अटिजम भएका बालबालिका, अभिभावक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, कलेजका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
दमक (झापा) : बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरूले औँल्याएका छन् । जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, वैदेशिक रोजगारका कारण दम्पतीबिच पर्याप्त सम्भोगको अभाव र कतिपयको स्वास्थ्यमा रहेको असहज अवस्थाका कारण निःसन्तानको समस्या बढी हुने गरेको चिकित्सकको भनाइ छ । दमकमा विगत १६ वर्षदेखि महिलाको प्रसूति सेवा दिँदै आएको ऊ मेची अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.शङ्करप्रसाद हुजदार निःसन्तान हुने समस्या बढेको बताउँछन् । उनका अनुसार सरदर १० देखि १४ प्रतिशत जोडीमा निःसन्तानको समस्या देखिने गरेको छ । तीमध्ये करिब सात प्रतिशतमा भने निःसन्तानको समस्या अर्थात् बाँझोपनाका कारण नै पत्ता लाग्न नसकिरहेको पनि हुजदारले सुनाए…
बरहथवा (सर्लाही): सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेबिज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ । महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका हुन् । मागअनुसार खोप नआएका कारण सधैँ अभाव हुने गरेको लामबन्दीस्थित नगर अस्पतालका डा.राम विश्वास रायले जानकारी दिए । कुकुरले टोक्दा लगाउने एन्टिरेविज विरुद्धको खोप प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र मधेस प्रदेश जनकपुरले वितरण गर्ने गरेको छ । जिल्लामा साबिक पाँच वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये चार वटा बलरा, लालबन्दी, बरहथवा र हरिपुरबाट सेवा प्रवाह हुँदै आएको छ । यसमा थप सासापुर स्वास्थ्य चौकी हरिवन र प्रादेशिक अस्पताल मलङ्गवाबाट पनि सेवा…
काठमाडाैं : जुम्बा डान्स गर्दै गरिने फिटनेस हो । यसका ६–७ विधा हुन्छन् । ती सबै विधा जान्न आवश्यक छ। तीन महिनासम्म जुम्बा डान्स गरेमा ६ देखि ८ किलोसम्म तौल घट्छ । जुम्बाका धेरै मानसिक तथा शारीरिक फाइदा छन् । यसले तपाईंको शरीरलाई स्वस्थ राख्छ । तपाईंलाई ऊर्जाशील बनाउँछ । दैनिक एक घण्टा जुम्बा गरेर शरीरलाई फिट र स्वस्थ राख्न सकिन्छ । यसमध्ये १० मिनेट वार्मअप र पाँच मिनेट कुलडाउन हुन्छ । बाँकी ४५ मिनेट संगीतको तालमा मनोरञ्जन गर्दै बित्छ । त्यही कारण यसले वर्कआउटभन्दा पनि एउटा डान्स पार्टीजस्तो महसुस गराउँछ । तपाईंको अनुहारमा हाँसो हुनेछ, यो नै महत्वपूर्ण कुरा हो ।…
नेपालगञ्ज (बाँके) : अत्यधिक गर्मी हुने सहरको पहिचान बनाएको नेपालगञ्जमा अहिले ‘कुलिङ सेन्टर’ निर्माण प्रारम्भ भएको छ । वागीश्वरी मन्दिरको पूर्वपट्टि ‘चिल्ड्रेन पार्क’मा कुुलिङ सेन्टर निर्माण थालिएको हो । तातो हावा ‘लु’ प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख विनियोजन गरेको छ । नेपालगञ्जको बसपार्क, धम्बोझी र रामलीला मैदान क्षेत्रमा पनि कुलिङ सेन्टर बनाउने योजना छ । अमेरिकी रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित तातो हावाको लहर ‘लु’ जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम अघि सारिएको हो । अत्यधिक गर्मी हुने तराईका अन्य सहरमध्ये धनगढीमा पनि यो कार्यक्रम सुरु भएको छ…
काठमाडौँ : ह्याम्स अस्पतालले ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड’ पाएको छ । उक्त अवार्ड ह्याम्सका अध्यक्ष आरएस भण्डारी तथा कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मालाई हस्तान्तरण गरिएको थियो । न्यू बिजनेश एज प्रलिले आयोजना गरेको ‘न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड’को आठौं संस्करणमा ह्याम्स अस्पताललाई ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड’ प्रदान गरिएको हो । यसैगरी कार्यक्रममा विभिन्न ११ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा १० ओटा संस्थागत विधा थिए भने एउटा लाइफटाइम एचिभमेन्ट अवार्ड रहेको थियो।
काठमाडौँ : सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई अनलाइन प्रणालीबाटै स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले संघीय सरकारको मातहतमा रहेका सबै अस्पताल र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत प्रदेश सरकार मातहत रहेका सबै अस्पताललाई अनलाइन प्रणालीबाट आबद्ध स्वास्थ्य संस्थामार्फत स्वास्थ्य उपचार सेवा सुविधा दिन परिपत्र गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहजीकरण गरिदिन पत्राचार गरे लगत्तै स्वास्थ्य मन्त्रालयले सामाजिक सुरक्षा कोषले औपचारिक, अनौपचारिक तथा स्वरोजगार र वैदेशिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि बमोजिम संघीय सरकार मातहत रहका २० अस्पताललाई अनलाइन प्रणालीबाट आबद्ध स्वास्थ्य संस्थामार्फत…
काठमाडौं : काठमाडौँ क्यान्सर सेन्टर, ताथलीमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु भएको छ । यस अन्तर्गत ओपिडी र inpatient सेवा प्रदान गरिनेछ । जसमा जनरल फिजियोथेरापी बाहेक विशेष क्यान्सरका बिरामीहरुलाई प्रि-रिहबिलिटेसन र रिहबिलिटेसन सेवा प्रदान गर्नेछ । साथै क्यान्सरको बिरामीलाई अति आवश्यक उपचार लिम्फ्याटिक ड्रेनेज जस्ता उपचार पद्धति आधुनिक उपकरण द्वारा उपलब्ध गराइनेछ । नेपालमा क्यान्सर रिहबिलिटेसनको महत्त्व जनमानसमा कम भएको कारण र यसको सुविधाको कमी भएकोले काठमाडौँ क्यान्सर सेन्टरले यसको महत्वलाई बुझेर दक्ष जनशक्ति र आधुनिक प्रविधि सहितको फिजियोथेरापी र रिहबिलिटेसन डिपार्टमेन्टको सुरुवात गरेको छ ।
खोटाङ : दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ चिकित्सकसहित अस्पतालले उपचार सेवा थालेको छ । प्राथमिक स्वास्थ्यचौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा अब दिनरात स्वास्थ्य सेवा प्रवाह हुने गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । “अस्पताललाई चाँडै १५ शय्यामा विस्तार गर्ने योजना छ । आधारभूत अस्पतालमा तत्काल एक मेडिकल अधिकृतसहित १४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ”, उनले भने, “अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीले दिनरात सेवा प्रवाह गर्नेर्छन् । अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिनेगरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना छ ।” आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौसमी…

