भोजपुर- भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ। वृद्धाअवस्थामा दाँत झर्दा समस्यामा रहेका ८४ जना वृद्धवृद्धाको ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम अन्तर्गत दाँत फेरिदिएको हो । बुढेशकालमा दाँत फेर्न पाउँदा खुसी लागेको स्थानीय ७३ वर्षीय बृद्ध टङ्कबहादुर भुजेलले बताए । गाउँपालिकामा निःशुल्क दाँत फेर्न पाउँदा समय र पैसाको बचत भएको उनको भनाइ छ। ‘गाउँपालिकाले हामीलाई दाँत उपहार दिएको छ’, उनले भने, ‘आर्थिक अवस्था कमजोर भएको कारण नयाँ दाँत लगाउन सकेको थिइन् । गाउँपालिकाले दाँत फेरिदियो मलाई एकदम खुसी लागेको छ ।’ आफ्नै ठाउँमा दाँत फेर्न पाउँदा सहजतासँगै खुसी लागेको स्थानीयवासी ७२ वर्षीय वृद्ध गङ्गाबहादुर राईले बताए । यहाँका सातवटै…
Aricle Tech
बुटवल- बुटवलका केही मासु पसलले सड्न लागेको अवस्थामा पुगेको मासुसमेत बिक्रीका लागि राखेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलको नेपालगन्ज रोड र इँटाभट्टीका ११ वटा मासु पसलमा गरिएको अनुगमनका क्रममा सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खसीबोका र कुखुराको मासु एकै ठाउँमा भण्डारण गरेको पाइएको हो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उपभोक्तामाथि खेलबाड गर्ने र सडेगलेको कुहिने अवस्थामा पुगेको मासु बिक्री गर्ने मासु व्यवसायीलाई अन्तिम पटक सचेत गराइएको र दुई मासु पसललाई पाँच/पाँच हजार रुपियाँ जरिवाना गराइएको बताइन् । उनले मासु व्यवसायमा मनपरी बढ्दै गएको र नियमन गर्दै पशु वधशालाबाट मात्रै मासु ल्याएर बिक्रीका लागि सचेतना फैलाउने काम भइरहेको…
काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । डा चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।
काठमाडौं- डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन् । धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन् । उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत बिहीबार भेटिएकी हुन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले वीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सर्जरी विषयमा मास्टर्स, भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक पाएकी उनको मृत्यु बारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य सम्बन्धी २६ बुँदे सुझावपत्र बुझाएको छ । बिहीवार मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वास्थ्य तथा जनसंख्या विभागका तर्फबाट स्वास्थ्यसम्बन्धी २६ बुँदे सुझाव पत्र बुझाएको हो । रास्वपाले आधारभूत स्वास्थ्यसेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र पारिनुपर्ने माग गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझै सशक्त, सहज र पारदर्शी बनाउनका लागि एक स्वतन्त्र थिंक ट्यांक बनाउनुपर्ने, तोकिएका औषधिको दायरा बढाउँदै स्टक सुनिश्चित गर्ने, दाबी प्रणालीलाई चुस्त बनाउने, बिमित एवं सेवा प्रदायकको सूचना तथा संचारका लागि लागि तीन अंकको हटलाइनको…
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु देउवाको शल्यक्रिया भएको छ । हिजो बुधबार भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पताल, सकेटमा उनको हाइपरथाइरोडिजम(घाँटीमा रहेकाे थाइरोइड ग्रंथी) को शल्यक्रिया भएको सचिवालयले जनाएको छ । आरजु विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाह अनुसार भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आएकी थिइन् । हाल उनको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै रहने सचिवाललयले जानएको छ ।
काठमाडौँ : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । मन्त्री यादवले बुधबार अस्पताल पुगेर उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आइसियु बेड खाली नभएर वा मेसिन बिग्रेर जस्ता कुनै पनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्न निर्देशन दिएका छन् । उनले आइसीयु बेड थपेर वा सेवा बिस्तार गरेर भएपनि आइन्दा बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका छन् । मन्त्री यादव अस्पतालका सिटी स्क्यान, एमआरआई, एक्स रे जस्ता बिग्रेको अवस्थामा रहेका कुनै पनि मेसिन तत्काल बनाएर सेवा सुचारु गर्न, अस्पतालमा सञ्चालित फार्मेसीमा आवश्यक सबै प्रकारका औषधि तत्काल उपलब्ध गराउने,…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवबीच सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य सचिव डा पोखरेलले समझदारीले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन ठूलो योगदान पुर्याउने बताए । उनले सुरुमा सो निःशुल्क औषधि विभिन्न चारवटा सरकारी अस्पतालमा उपलब्ध गराइने भए पनि पछि आवश्यकताका आधारमा अन्य अस्पतालमा पनि विस्तार गरिने जानकारी दिए । डब्लुएचओका नेपाल प्रमुख…
दमौली : बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले बताए । एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माणको थालिएको थियो । अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत रहेको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ । भवन निर्माणका लागि नेपाल…
भेरीगङ्गा : कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार ७७ जनामा क्षयरागको सङ्क्रमण देखिएको थियो । जबकि चालु आर्थिक वर्षको आठ महिनामा मात्रै नौ सय तीन बिरामी थपिएका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै सुर्खेतमा तीन सय १८ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । यस्तै, सल्यानमा एक सय ४९, रुकुमपश्चिमा एक सय एक र दैलेखमा ९९ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका क्षयरोग स्रोतव्यक्ति…

