Aricle Tech

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा निःशुल्क विशेषज्ञ मुटुरोग परीक्षण शिविर सम्पन्न भएको छ । शनिबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोग र अमरगढी नगरपालिकाको आयोजनामा एकदिने मुटु परीक्षण शिविर सम्पन्न भएको हो । अमरगढी नगरपालिका–५ खलंगास्थित महेन्द्र माविमा सञ्चालन भएको शिविरमा ५ सय ७० जनाले सेवा लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर ऐरले जानकारी दिए । उनका अनुसार ३ सय ७० जनाले निःशुल्क मुटुको भिडिओ एक्सरे (इको) र २ सय जनाले निःशुल्क इसिजी सेवा लिएका छन् । शिविरमा आएका मुटुसम्बन्धी रोग भएका ७ जनालाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र रेफर गरिएको जनस्वास्थ्य निरीक्षक ऐरले बताए । डडेल्धुरा अस्पताल, महेन्द्र…

विस्तृतमा...

काठमाडाैं : परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वस्थ जीवन बाँचौँ’ भन्ने नाराका साथ तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी माविमा आयोजित स्वास्थ्य शिविरमा करिब ५ सय जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । एसियन मेडिकल स्टुडेन्स एसोसिएसन–नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथ स्थानीयको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको भट्टको भनाइ छ ।

विस्तृतमा...

काठमाडाैं : ८ वर्षअघि कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम आजबाट देशव्यापी हुने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा आजबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बिमा दिवसको अवसरमा आज आयोजना हुने औपचारिक कार्यक्रममा बुढालिनकण्ठ नगरपालिकामा प्रतिनिधिलाई सदस्यता प्रदान गरी त्यस पालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको घोषणा गर्ने छन् । आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट : स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाकाअनुसार पछिल्लो जनगणनाको तथ्याङ्कनुसार ३५…

विस्तृतमा...

काठमाडौं : विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवस यस वर्ष नेपालमा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो । जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल…

विस्तृतमा...

काठमाडौं : पूर्व स्वास्थ्य सचिव एवं दन्त रोग विशेषज्ञ स्वर्गीय डा. प्रविण मिश्रको सम्झनामा शुक्रबार कान्तिपुर डेन्टल कलेजमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । कलेजका अध्यापक समेत रहेका मिश्रको सम्झनामा विद्यार्थी तथा शिक्षकले स्वर्गीय मिश्रप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । श्रद्धाञ्जली सभामा बोल्दै कलेजका प्राचार्य डा. रवीन्द्रमान श्रेष्ठले स्वर्गीय डा. मिश्र विद्यार्थी, शिक्षक एवं पेशाकर्मीका लागि उदाहरणीय व्यक्ति भएको बताए । मिश्रको असामयिक निधनले दन्त चिकित्सा र शिक्षाका क्षेत्रमा ठूलो क्षति भएको उनको भनाइ छ । कार्यक्रममा कलेजका अध्यापक, कर्मचारी एवं स्वास्थ्यकर्मी सहभागी थिए ।

विस्तृतमा...

सुर्खेत: सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको सङ्ख्या धेरै रहेको कार्यालयका सूचना अधिकारी घनश्याम बुढाले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०/८१ मा सुर्खेत जिल्लामा ११० जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो सङ्ख्या उपचारमा सहुलियत लिन आएका बिरामीको हो । यो वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहुलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहुलियत लिनका लागि निवेदन पेस गरेको कार्यालयले जनाएको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले समेत क्यान्सरका बिरामीलाई उपचार सहुलियत दिने…

विस्तृतमा...

काठमाडौँ : गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न सुरु हुने भएकाले डेङ्गुको जोखिम बढ्ने बताए । डेङ्गुको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए । “गर्मीसँगै पानी संकलन गरेर राख्ने गरिन्छ । यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, डा दाहालले भने । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताए । “माघयता डेङ्गु देखिएका ३३ स्थानीय तहलाई…

विस्तृतमा...

काठमाडौं- अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् । प्रा. डा. कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ । चैत ९ गते बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कक्षा १२ पछि स्वास्थ्य कार्यक्रम सुरू गर्न लागिएको आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले बताए । हाल माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरेपछि सीटीईभीटी अन्तरगतको प्रविणता प्रमाणपत्र (पीसीएल) ३ वर्षे नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो शैक्षिक कार्यक्रम तीन वर्र्षे हो । यस्तै पीसीएल गरेपछि ३…

विस्तृतमा...

पोखरा : गण्डकी प्रदेश सरकारले पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको छ । १ सय शय्यासम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । त्यसमाथिको अनुमति भने सङ्घ सरकारले दिन्छ । सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालनको अनुमति दिइएको प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार सर्तहरू पालना भए स्थायी रूपमा सञ्चालन अनुमति दिइने छ । विश्वविद्यालयले गत वर्षदेखि अस्पताल सञ्चालन गरेको हो । अहिले ओपीडी सेवा चलिरहेको छ ।

विस्तृतमा...

काठमाडौँ : सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई अध्यक्ष र सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । यस्तै, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय भएको छ ।

विस्तृतमा...