काठमाडौँ : ह्याम्स अस्पतालले ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड’ पाएको छ । उक्त अवार्ड ह्याम्सका अध्यक्ष आरएस भण्डारी तथा कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मालाई हस्तान्तरण गरिएको थियो ।
न्यू बिजनेश एज प्रलिले आयोजना गरेको ‘न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड’को आठौं संस्करणमा ह्याम्स अस्पताललाई ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड’ प्रदान गरिएको हो ।
यसैगरी कार्यक्रममा विभिन्न ११ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमा १० ओटा संस्थागत विधा थिए भने एउटा लाइफटाइम एचिभमेन्ट अवार्ड रहेको थियो।