

बिर्तामोड : ‘विश्व अटिजम सचेतना दिवस’झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ । न्याय र विकासकालागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो ।
अटिजमबारे सचेतना जगाउने र यसको बारेमा अधिकतम मानिसहरूमा जानकारी दिने उद्देश्यले र्याली सहितको कार्यक्रम आयोजना गरिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले विभिन्ननारा लेखिएको प्लेकार्ड तथा व्यानर प्रदर्शन गरेका थिए । अभिभावकहरूले अटिजमको थिमतथानारा उल्लेखित टीसर्ट लगाएका थिए । कार्यक्रममा अटिजम भएका बालबालिका, अभिभावक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, कलेजका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


