

काठमाडौं : काठमाडौँ क्यान्सर सेन्टर, ताथलीमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु भएको छ ।
यस अन्तर्गत ओपिडी र inpatient सेवा प्रदान गरिनेछ । जसमा जनरल फिजियोथेरापी बाहेक विशेष क्यान्सरका बिरामीहरुलाई प्रि-रिहबिलिटेसन र रिहबिलिटेसन सेवा प्रदान गर्नेछ ।
साथै क्यान्सरको बिरामीलाई अति आवश्यक उपचार लिम्फ्याटिक ड्रेनेज जस्ता उपचार पद्धति आधुनिक उपकरण द्वारा उपलब्ध गराइनेछ ।
नेपालमा क्यान्सर रिहबिलिटेसनको महत्त्व जनमानसमा कम भएको कारण र यसको सुविधाको कमी भएकोले काठमाडौँ क्यान्सर सेन्टरले यसको महत्वलाई बुझेर दक्ष जनशक्ति र आधुनिक प्रविधि सहितको फिजियोथेरापी र रिहबिलिटेसन डिपार्टमेन्टको सुरुवात गरेको छ ।


