Aricle Tech

सिमकोट – हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए। वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले वडा नं २ देखि ८ सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले बताए । यस्तै वडा नं २ मा रहेका १४, वडा नं ३ का १०, वडा नं ४ मा एक, वडा नं ५ मा आठ, वडा नं ६ मा सात,…

विस्तृतमा...

काठमाडौं : मेडिकल व्यवसायी विशाल पण्डितविरूद्द मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । लाइफलाइन ट्रेड प्रालि र हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक पण्डितले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगै बुटिक होटेल ‘बसेरा’ सञ्चालन गरिरहेका छन् ।

विस्तृतमा...

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी छन् । आइतवार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी हुन् । उनले वीर अस्पतालमा ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत जुन प्रक्रियामा भए पनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त हुनुपर्ने बताइन् । उनले अघिल्लो स्वास्थ्यमन्त्रीले एकैपटक २७६ जना स्वास्थ्यकर्मीलाई वीर अस्पतालबाट निकालेर अस्पतालको सेवा अलपत्र बनाएको भन्दै नयाँ स्वास्थ्यमन्त्रीले सेवामा सुधार ल्याउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘वीर अस्पतालप्रति स्वास्थ्य मन्त्रालयको अघिल्लो नेतृत्वले अस्पतालको…

विस्तृतमा...

दार्चुला : दार्चुलाबाट प्रसूति व्यथा लागेकी महिलाको उद्धार गरिएको छ । रक्तस्राव भएपछि आइतवार बिहान लेकम गाउँपालिका–३ लालीकी ३६ वर्षीया हरिनादेवी जोशीको उद्धार गरिएको हो । दार्चुला प्रहरीका अनुसार जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागी सुर्खेत लगिएको हो । गत राति १२ बजेबाट लाली स्वास्थ्य चौकीमा पु¥याइएकी जोशीलाई रक्तस्राव (ब्लडिङ) को समस्या देखिएपछि गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको हो ।

विस्तृतमा...

बैतडी: बैतडीमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरण गरे कारबाही हुने भएको छ । सार्वजनिक स्थलमा धुम्रपान एवं सुर्तीजन्य पदार्थको सेवन गरे तत्कालै एक सय रुपैयाँ जरीवाना गर्ने प्रावधान छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार सुर्तीजन्य पदार्थको जथाभावी विक्री वितरणमा रोक लगाउन प्रहरीसँग समन्वय गरिएको हो । जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्वास्थ्य कार्यालयको सहभागितामा जिल्लाका मुख्य बजारहरुमा अनुगमन थालिएको छ । धेरैजसो किराना पसलहरुमा खाद्य पदार्थसँगै सुर्तीजन्य पदार्थहरु पनि विक्री गर्ने गरेको पाइएकोले त्यस्तो नगर्न सुझाव दिइएको छ । त्यसरी विक्री गरेको पाइए कानुनी कारबाही हुने स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए । पाटन बजार क्षेत्रमा शनिबार अनुगमन…

विस्तृतमा...

काठमाडौँ : महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही वैशाख ८ गते ‘काठमाडौँ पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती सङ्घसँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको हो । पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ । यस पटकको कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दुरी तय गरिएको छ । जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए । पिंक केयरएथनमा यसपटक…

विस्तृतमा...

खोटाङ : बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । समाजले ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ ठाउँमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो । शुक्रबारदेखि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका समाजले जनाएको छ । शिविर यही चैत २३ गतेसम्म सञ्चालन हुनेछ । निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बृहत् स्वास्थ्य शिविरको पहिलो चरणमा जिल्लाका विभिन्न चार स्थानमा एकैसाथ सेवा प्रवाह गरिएको समाजका अध्यक्ष डा प्रमोद राईले बताए । आज साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ…

विस्तृतमा...

पोखरा : पोखरी स्वाँराका भीम बहादुर दमैको शनिबार स्वास्थ्य बीमा भएको छ । वडा कार्यालयले उनको निःशुल्क बीमा गरिदिएको हो । पहिलो पटक स्वास्थ्य बीमा गरिएपछि उनी दङ्ग छन् । गाउँमा बस्नेलाई पनि सरकारले हेर्दो रहेछ । समय फरक भएछ, अब गाउँमा बस्नेलाई पनि सरकारले देख्न थालेको छ,´ उनले भने,मलाई खुसी लाग्यो ।´ पोखरा महानगरपालिका वडा नम्बर १३ ले ग्रामीण क्षेत्रमा बस्नेलाई स्वास्थ्य बीमा गरिदिएको हो । थातथलो नछोडी गाउँमै बस्दै आएका नागरिकको बीमा गरिएको वडा कार्यालयले जनाएको छ । पोखरी स्वाँराकै सरस्वती घले पनि निःशुल्क स्वास्थ्य बीमा कार्ड पाएर दङ्ग छिन् । अब उनको १ लाखसम्म उपचार गर्न आफूले…

विस्तृतमा...

पोखरा:रोटरी क्लब अफ पोखरा न्यूरोड र बाबा फ़ाउण्डेशन नेपालको संयुक्त आयोजना तथा कान्तिपूर डेण्टल कलेज न्यूरोड पोखराको प्राविधिक सहयोगमा दन्त शिविर, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि एक दिने शिविर सम्पन्न भएको छ । पोखरा-१९, घार्मीस्थित महेन्द्र माध्यमिक बिधालयमा अध्ययनरत विद्यार्थी, शिक्षक शिक्षिका र अभिभावकका लागि मानसिक स्वास्थ्यको निदान र उपचार सम्बन्धी जानकारी गराइएको थियो । शिविरबाट विद्यार्थी, अभिभावक, शिक्षकसहित करिव २५० जनाले सेवा लिएका थिए । कार्यक्रममा बोल्दै कान्तिपूर डेण्टल कलेजका डाक्टर अनुजा काफ्लेले दाँत तथा मुखको रोगले मुखमा मात्र सीमित नभई यसले शरीरका अरु अंगमा पनि प्रभाव पार्ने बताउदै दाँतको समस्या, दाँतमा लाग्ने रोगका प्रकार, यसले पार्ने दीर्घकालीन असर र समाधानका बारेमा बताइन् । रोटरी क्लब पोखरा न्यूरोडका अध्यक्ष रामबिक्रम अधिकारीको अध्यक्षता पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल, बिधालयका प्रअ बासुदेव पौडेल, बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष शुवाश सिग्देल, पुष्पकमल पौडेल, प्रेम शर्मा, क्लबका इलेक्ट प्रेसिडेन्ट दीपेन्द्र शर्मा, कोषाध्यक्ष छबी सुवेदी, सर्भिस कमिटी चेयरपर्सन नरेन्द्र बास्तोला लगायत क्लब पदाधिकारी, कान्तिपूर डेण्टल कलेजका डाईरेक्टरद्वय प्रतीकमान श्रेष्ठ, बृष्टि गुरूङ लगायतको उपस्थिति रहेको थियो ।

विस्तृतमा...

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेसन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको छ । परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएका मेडिटेसन गर्ने स्थलका रुपमा विकास गर्न लागिएको हो । प्रभुचेला धुरी प्रवर्द्धन समाजका अध्यक्ष टीकाबहादुर जुग्जाली (नवीन) ले गण्डकी प्रदेश सरकारको रु ५० लाख र प्रवासमा रहेका यहाँका स्थानीयको रु २५ लाख सहयोगमा मेडिटेसनस्थलका पूर्वाधार निर्माण थालिएको जानकारी दिए । “परापूर्वकालमा ऋषिमुनिहरुले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञान आर्जन गरेका विभिन्न अध्ययनबाट तथ्य पहिचान भएका छन् । यस क्षेत्रको संरक्षण, प्रवर्द्धनसँगै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ”,…

विस्तृतमा...