Aricle Tech

इलाम : इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् । उनले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भनिन्, “कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान दिएको छ । दश लाख ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।” बुधबार एक औपचारिक कार्यक्रमका बीच नगर प्रमुख केदार थापाले उद्योगको उद्घाटन गरे । महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने…

विस्तृतमा...

विराटनगर : झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम (भत्ता) वितरण गरेको छ । सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका एक सय ५७ र पथरी शिविरका ५७ जनालाई मासिक जनही रु पाँच हजारका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि बुधबार सो रकम वितरण गरेका हुन् । अध्यक्ष अधिकारीले विगतदेखि नै शिविरका ज्येष्ठ नागरिक, असहाय र असक्तहरूलाई मासिक रूपमा सो रकम उपलब्ध गराउँदै आएका छन् । शरणार्थी शिविरभित्र कष्टकर जीवन निर्वाह गरिरेहका यी नागरिकलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा यो…

विस्तृतमा...

दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभावकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानको रुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिको रुपमा नयाँ मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने र रजिष्टार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गरेका हुन् । रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले युरोलोजी सेवालाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने बताए । युरोलोजिष्ट डा.प्रवोध रेग्मीले मेसिनको सहायतामा किड्नी, नली र पिसाब थैलीको पत्थरी फुटाउन, प्रोष्टेडको ग्रन्थी र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिने…

विस्तृतमा...

वाशिङ्टन डीसी : जिन हेरफेर गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन् । ६२ वर्षका रक स्लेमनलाई बुधबार घर पठाइएको हो । म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) मा दुई हप्ता अघि शल्यक्रिया गरेर स्लेमनको शरीरमा सुँगुरको मिर्गौला हालिएको थियो । मार्च १६ मा चार घण्टा लामो शल्यक्रियापछि डाक्टरहरूले जिन संशोधन गरिएको सुगुरको किड्नी उनको शरीरमा प्रत्यारोपण गरिदिए । किड्नीले स्लेम्यानको शरीरमा राम्रोसँग काम गरिरहेको अनि डाइलिसिस पनि नचाहिएको बताइएको छ ।

विस्तृतमा...

कैलाली : सेती प्रादेशिक अस्पताल धनगढीमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु भएको छ । बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल गएकी धनगढीमा बस्दै आएकी ४० वर्षीया सीता डंगौराको मृत्यु भएको हो । मृतकको आफन्त मनीषा चौधरीका अनुसार सिताले बिरालोले नङमा कोपरे पछि चैत १५ गते पहिलो र १८ गते दोस्रो रेबिज विरुद्धको सुई लगाएकी थिइन् । दोस्रो सुई लगाउने बित्तिकै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिसकेको थियो । अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् । उता सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर…

विस्तृतमा...

झापा : जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए । कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले विर्तामोड नगरपालिका–५ र शिवसताक्षी नगरपालिका–६ मा कालाजारको सङ्क्रमित भेटिएको बताए । बिरामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको थियो । उनले कालाजारका सङ्क्रमित फेला परेको टोलमा आरडिटी किटमार्फत रगत परीक्षण गरिरहेको जानकारी दिए । यही चैत महिनामा फेला परेका दुवै सङ्क्रमित पुरुष छन् । उनले हाल जिल्लाका विभिन्न स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र सरोकारवाला लगायतसँगको समन्वयमा अभिमुखीकरण तथा कालाजार खोजी गरिरहेको…

विस्तृतमा...

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाएका महानगरका एक कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ ।बालेनमाथि १ अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएको हो ।पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौं कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेका थिए । झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै मेयर बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।सामाजिक सञ्जालमा लेखेको आरोप लागेका पौडेल १६ पुस २०८० मा निलम्बनमा परेका थिए । 

विस्तृतमा...

काँक्रेविहार (सुर्खेत) : जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् । तलब नपाउँदा घर खर्च चलाउन नै मुस्किल भएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । धेरैपटक तलब माग गरे पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मी राधिका पुनले जानकारी दिए । सोमबार भएको अर्धवार्षिक समीक्षामा तलबको विषयमा प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई र नगरप्रमुख डम्बर रावतले सम्बोधन नगरेको उनले सुनाए । नलगाडको विकास बजेट २० प्रतिशत पनि खर्च नभएको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत भट्टराई र अन्य कर्मचारीबीच तालमेल नमिल्दा बजेट खर्चदेखि…

विस्तृतमा...

काठमाडाैं- अमेरिकामा पहिलो पटक मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरिएको छ । अर्बपति एलन मस्कको कम्पनी न्युरालिङ्कले यो चिप निर्माण गरेको हो  । ताररहित चिप प्रत्यारोपणमा सफलता मिलेको मस्कले बताएका छन् । प्रारम्भिक नतिजाले न्युरोन अर्थात् स्नायु कोषिकामा उत्साहप्रद सङ्केत देखाएको छ  । चिप प्रत्यारोपण गरिएका बिरामीको अवस्थामा सुधारसमेत आएको छ । न्युरालिङ्क कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने उद्देश्य राखेको छ । चिप राखेर स्नायु प्रणालीसँग सम्बन्धित जटिल अवस्थालाई निराकरण गर्न खोजिएको छ । स्वास्थ्यसम्बन्धी अमेरिकी नियामक निकाय फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले गत मेमा मस्कको कम्पनीलाई मानवमा चिप परीक्षण गर्ने अनुमति दिएको थियो । शल्यक्रिया गर्दा एउटा रोबटले शल्यक्रियामार्फत ६४ वटा लचिला त्यान्द्रा मानिसको…

विस्तृतमा...

कैलाली : मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ती सङ्क्रमितमा  सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका धेरै रहेका मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाले कोरोना सङ्क्रमित बिरामी फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताए । मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका तर कोरोना सङ्क्रमित भने अस्पतालमा धेरै नभएका उनको भनाई छ । निर्देशक डा बसौलाका अनुसार अहिले तीनजना सङ्क्रमितले सघन उपचार कक्ष (आईसीयू) र दुई…

विस्तृतमा...