ललितपुर, २७ बैशाख । ग्वार्कोस्थित बीएण्डबी अस्पताल र सुनचाँदी व्यवसायी संघ ललितपुरको आयोजनामा स्वास्थ्य शिविर एवं रक्तदान सम्पन्न भएको छ । मछिन्द्रबहालमा शनिवार आयोजित शिविरमा १ सय ९२ जनाले सेवा लिएको ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुवीन बज्राचार्यले जानकारी दिए । सुनचाँदी व्यवसायी संघ ललितपुरका संस्थापक अध्यक्ष ज्ञानुराज शाक्यको पाचौं स्मृति दिवसको अवसरमा संघको महिला उपकमिटीले शिविर आयोजना गरेको हो । शिविरका क्रममा ६० जना बिरामीले हाडजोर्नी, १ सय ३३ जनाले सामान्य चिकित्सा र ५३ जनाले स्त्रीरोग सम्बन्धी सेवा लिएका छन् । सो क्रममा ४५ जनाको प्यापस्मेयर परीक्षण गरिएको छ भने ९७ जनाको इसिजी गरिएको छ । उपचारका लागि बीएण्डबी…
स्वास्थ्य डायरी
काठमाडौं २५ बैशाख । ग्यास्ट्राइटिसको उपचारमा प्रयोग हुने प्रसिद्ध औषधि प्यानटप (PANTOP)को उत्पादक कम्पनी एशियन फर्मास्युटिकल्सले ग्यास्ट्राइटिस तथा पेटसम्बन्धी एसिडजन्य समस्या (Acid Related Disorders) को उपचारमा प्रयोग हुने नयाँ औषधि ‘भीप्राज’ (VPRAZ–Vonoprazan) बजारमा ल्याएको छ । ग्यास्टिक भनेर बुझिने ग्यास्ट्राइटिसको उपचारमा प्रयोग हुने भोनोप्राजन (VONOPRAZAN) वर्गको औषधि नेपालका धेरै चिकित्साकर्मीबीच माग रहेको भन्दै आफ्नो उत्पादनले उक्त माग पूर्ति गर्ने कम्पनीले जनाएको छ । कम्पनीले भिप्राजलाई १० एमजी र २० एमजीमा उत्पादन गरेको छ भने औषधिको पत्तामा रहने नामलाई ब्रेललिपीमा लेखेको छ । जसले गर्दा दृष्टिविहीनहरुले पनि सहजै औषधि पहिचान गर्नसक्नेछन् । जापानबाट सुरु, अमेरिकाबाट स्वीकृति कम्पनीका अनुसार ‘भोनोप्राजान’ (Vonoprazan) सन्…
काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो अवैतनिक स्वास्थ्य सल्लाहकारका रुपमा चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन प्रा.डा जगदिश अग्रवाललाई नियुक्त गरेको समाचार सार्वजनिक भइरहँदा यता पटकपटकको अनसनबाट दबाब सिर्जना गरि चिकित्सा शिक्षा ऐन ल्याउन सफल डा. गोविन्द केसीको विज्ञप्ति पनि सञ्चार गृहहरुको इमेलमा वितरण हुँदैथियो । सरकारले अध्यादेशमार्फत विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा यसअघि गरिएका राजनीतिक नियुक्ति बदर गरेर नयाँ नियुक्तिको प्रकृया अघि बढाइरहँदा बाहिर आएका यी दुवै समाचार संयोगमात्र हुन् या नियोजित हुन् भन्ने जिज्ञासा धेरैलाई पैदा भएको हुनसक्छ । यो जिज्ञासा किन पैदा भयो भनेर बुझ्न सन् २०१६ मा फर्कनुपर्छ । त्रिभुवन विश्वविद्यालयले आइओएमको…
बुटवल, २२ बैशाख । लुम्बिनी प्रादेशिक अस्पतालले खाद्य पूरक सामाग्री सिफारिस गर्न रोक लगाएको छ । अस्पतालले सूचना जारी गर्दै औषधि व्यवस्था विभागमा दर्ता नभएका र औषधी उपचार प्रणाली भित्र नपर्ने तथा वैज्ञानिक प्रमाण र मापदण्ड स्पष्ट नभएका खाद्यपुरक सिफारिस गर्नलाइ रोक लगाएको हो । सेवा प्रवाह गर्ने क्रममा केहि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीहरुलाई खाद्य पूरक सामाग्री सिफारिस गर्ने गरेको गुनासो प्राप्त भएपछि अस्पतालले यस्तो कदम चालेको हो । पछिल्लो समय बिरामीलाई औषधि भन्दा ज्यादा खाद्यपुरक सिफारिस गर्ने प्रचलन विकृतिकै रुपमा देखापरेको छ । अस्पतालले यस्ता गतिविधिका कारण बिरामीलाई आर्थिक भार थपिएसँगै अप्रमाणिक खाद्यपुरकका कारणले बिरामीको उपचार प्रणालीमा नै असर…
काठमाडौं, २२ बैशाख । औषधि उत्पादक संघ (एप्पोन) का अध्यक्ष विप्लव अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा सदस्य तर्फ अधिकारी र उनका प्रतिस्पर्धीको बराबर मत आएपछि आधा आधा कार्यकाल जिम्मेवारी लिनेगरि सहमति भएको जनाइएको छ । वस्तुगत तर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठको समुहबाट अधिकारी उम्मेदवार बनेका थिए । उपाध्यक्षमा श्रेष्ठ विजयी भएका छन् भने सदस्यहरुमा अरनिको राजभण्डारी,नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे विजयी भए । सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र…
काठमाडौं, २२ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभाका क्रममा नेतृत्व चयनका लागि भएको निर्वाचनमा ह्याम्स अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारी एसोसियट सदस्यमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार १७ जना सदस्यका लागि भएको निर्वाचनमा भण्डारीले १० औं वरियताको मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । मतगणना अनुसार भण्डारीले १ हजार ४३ मत ल्याएर निर्वाचि भएका हुन् । सदस्य तर्फको मत परिणाम सार्वजनिक भएपनि उपाध्यक्षको मतगणना जारी छ । उपाध्यक्षका लागि प्रवलजंग पाण्डे र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ । सदस्यतर्फ सचिन ढकालले सर्वाधिक १ हजार ३ सय १८ मत ल्याएर निर्वाचित भएका छन् ।…
काठमाडौं, २१ बैशाख । उपत्यका बाहिरको मतगणना गर्दासम्म नेपाल चिकित्सक संघको अध्यक्ष पदमा अग्रता लिएका डा. मंगल रावल उपत्यका छिरेसँगै पछि परेका छन् । उपत्यकाको ४ सय मत गणना गर्दा मंगल रावलको झिनो मतअग्रतालाई पछि पार्दै ‘प्रजातान्त्रिक’ समुहका डा. बद्रि रिजालले उछिन्न सफल भएका हुन् । ४ हजार ६ सय ४२ मत गणना गर्दा डा. बद्रि रिजालको मत २ हजार २६ रहेको छ भने डा. रावलको २ हजार २४ छ । यो सँगै नेपाल चिकित्सक संघको प्रारम्भिक मतगणनामा अघि आएका डा. मंगल रावलको समुहमा चिसो पसेको छ । यसअघि महासचिव पदमा झिनो मतले अघि रहेका डा. कालुसिंह खत्रीलाई पछि पार्दै…
काठमाडौं, २१ बैशाख । पूर्व सांसद एवं काँग्रेस नेता डा. सुनील शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेजको दुवाकोटमा अवस्थित अस्पतालले विस्तापित भएका बिरामी सुकुम्बासीको निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै दुवाकोटको अस्पतालमा आउने बिरामीलाई निःशुल्क उपचार गर्ने जनाएको हो । वर्षाको मौसम सुरु भएको र बस्ती खाली गराउने क्राममा कैयन सुकुम्बासी बस्तीका बासिन्दाहरुमा स्वास्थ्य समस्या उत्पन्न भएका घटनाहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको अस्पतालले जनाएको छ । ‘यो विषम परिस्थितिमा मानवीय समवेदनलाई मध्यनजर गर्दै पीडित सुकुम्वासीहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन काठमाडौं मेडिकल कलेज दुवाकोटले अस्पताल सेवाहरुमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको सम्बन्धित सबैमा जानकारी गराउँछौं…
काठमाडौं । नेपाल चिकित्सक संघको कार्यकारिणी समितिका लागि भएको निर्वाचनको मतगणना जारी छ । मतगणनाका क्रममा मुख्य दुई प्यानलका उम्मेदवारबीच रोचक भिडन्त भैरहेको छ । शनिवार रातिदेखि सुरु भएको मतगणनामा अध्यक्षका उम्मेदवार मंगल रावलले झिनो मतका साथ हालसम्म अग्रता कायम गरेका छन् । ४ हजार २ सय ४२ मत गणना गर्दा अध्यक्षमा डा. मंगल रावलले १ हजार ८ सय ९५ मतका साथ अग्रता कायम राखेका छन् भने १ हजार ८ सय १७ मतका साथ डा. बद्रि रिजालले पछ्याइरहेका छन् । वरिष्ठ उपाध्यक्षमा डा. कीर्तिपाल सुवेदीको यसअघिको अग्रतालाई पछि पार्दै बद्रि रिजाल समुहका डा. संजीव तिवारीले फराकिलो अग्रता बनाइरहेका छन् ।…
काठमाडौं, २१ बैशाख । डा. गोविन्द केसीको अनसनमा ‘हर्ताकर्ता’ भएर चिनिएका डा. जीवन क्षेत्री नेपाल चिकित्सक संघको निर्वाचनमा धेरै पछाडी परेका छन् । प्याथोलोजिष्ट रहेका डा. क्षेत्रीले आफुलाई चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता दावी गर्ने गरेपनि डाक्टरहरुले भने खासै नपत्याएको मत परिणामले देखिएको छ । नेपाल चिकित्सक संघको जारी मतगणनामा ६ जना कार्यसमिति सदस्यका लागि हुने मतदानमा उनीपनि उम्मेदवार रहेका थिए । तर, उनले ३ हजार ८ सय १८ मत गन्दा जम्मा ८ सय ७९ मत ल्याएर १४ औं नम्बरमा परेका छन् । डा. क्षेत्री टिम रिफर्म नाम दिइएको तेश्रो प्यानलबाट उम्मेदवार बनेका थिए । चिकित्सा क्षेत्रका अलावा हरेक क्षेत्रका बारेमा…

