स्वास्थ्य डायरी

धनगढी – कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत एक युवतीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–६ की २२ वर्षीया सानु विकको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार टन्सिलसम्बन्धी समस्याको उपचारका लागि विकलाई नवजीवन अस्पतालमा भर्ना गरिएको थियो। गत जेठ ९ गते शल्यक्रिया सम्पन्न भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी थिइन्। घर फर्किएपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएर मुखबाट रगत बग्न थालेपछि उनलाई मंगलबार फेरि उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पतालले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिरहेको अवस्थामा बुधबार बिहान २ बजेर ४६ मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनापछि मृतकका आफन्तजनले चिकित्सकको लापरबाहीका…

विस्तृतमा...

धनगढी- कैलालीस्थित गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबीचको विवाद चर्किँदै गएको छ। लामो समयदेखि उठाइँदै आएका मागहरू सम्बोधन नभएको भन्दै कर्मचारी आन्दोलित बनेका छन् भने विवाद राष्ट्रिय मानव अधिकार आयोगसम्म पुगेको छ। नेत्रज्योति संघ नेपालअन्तर्गत सञ्चालित उक्त अस्पतालका कर्मचारीले गत वर्षको बजेटमार्फत वृद्धि गरिएको महँगी भत्ता तत्काल उपलब्ध गराउन, नेपाल सरकारले लागू गरेको आइतबारको सार्वजनिक बिदा अस्पतालमा पनि कार्यान्वयन गर्न वा त्यसबापत सट्टा बिदा अथवा अतिरिक्त भत्ता दिन तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी आवश्यक जनशक्ति, दरबन्दी र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने माग राख्दै आएका छन्। मागप्रति प्रशासनले चासो नदेखाएको आरोप लगाउँदै कर्मचारीहरूले गत जेठ ४ गते अस्पताल प्रमुखको कार्यकक्ष…

विस्तृतमा...

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको एमबिबिएस र बिडिएसतर्फको लाइसेन्सिङ परीक्षाको देशगत नतिजाको पूर्ण विवरण सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार नेपालमै अध्ययन गरेका चिकित्सकहरूको उत्तीर्ण दर र संख्या दुवै सबैभन्दा उच्च देखिएको छ भने विदेशका विभिन्न ११ वटा देशबाट अध्ययन पूरा गरी आएका परीक्षार्थीहरूको नतिजामा व्यापक उतारचढाव देखिएको छ। काउन्सिलका अनुसार जेठ १२ देखि १५ गतेसम्म लिइएको परीक्षामा एमबिबिएस र बिडिएसतर्फ कुल २,२७१ जना परीक्षार्थी सहभागी भएका थिए, जसमा समग्रमा १,५१५ जना उत्तीर्ण भएका छन्। एमबिबिएसतर्फ कुल १,८३७ जना परीक्षार्थी सहभागी भएकोमा १,१६२ जना (६३.५० प्रतिशत) उत्तीर्ण भएका छन्। यस विधामा नेपालका कलेजबाट पढेका परीक्षार्थीहरूको नतिजा सबैभन्दा उत्कृष्ट छ।…

विस्तृतमा...

पोखरा- पोखरास्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका विभिन्न विभागमा कार्यरत पारामेडिक्स सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन माग गर्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन्। आन्दोलनरत स्वास्थ्यकर्मीहरूले अस्पतालको आकस्मिक सेवा र सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत बिरामीको सेवा भने प्रभावित नपारिएको बताएका छन्। अस्पतालकी मेडिकल टेक्नोलोजिस्ट शान्ति केसीका अनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै स्वास्थ्यकर्मीहरूले यसअघि पटक–पटक अस्पताल प्रशासनलाई लिखित रूपमा आग्रह गरेका थिए। तर लामो समयसम्म पनि मागको सुनुवाइ नभएपछि आन्दोलनमा जान बाध्य भएको उनले बताइन्। गत वर्ष नर्सहरूको आन्दोलनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा पारामेडिक्सलाई नेपाल सरकारको पाँचौँ तह सरह सेवा–सुविधा उपलब्ध गराउन…

विस्तृतमा...

चितवन – गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार र डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले २९ वर्षीय डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ। उनको साथबाट ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलस्थित एक घरको कोठा भाडामा लिएर बस्दै आएका थिए। धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भएका यादव अवैध क्रिप्टोकरेन्सी नेटवर्क सञ्चालनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणमार्फत बाइनान्स र बाइबिटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध कारोबार तथा सञ्चय भइरहेको पाइएको…

विस्तृतमा...

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवी विष्ट २०५५ सालदेखि स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत छन्। उनले सेवा सुरु गर्दा यातायात खर्चवाफत रु ७५ पाउँथिन्। विष्टले ‘सेवा नै धर्म हो’ भन्ने भावसहित १५ दिने तालिम लिएर स्वयंसेविका भएर काम थालेको २८ वर्ष भयो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरेकामा खुसी छन्। विष्टले हाल बैठकवापत रु ४०० का दरले पाउने गरेकामा त्यसमा ५० प्रतिशत वृद्धि हुने व्यवस्थाले खुसी थपिएको बताइन्। “हिजोका दिनमा पनि हामी पैसा हेरेर यो सेवामा आएका होइनौँ। हाम्रो मूलध्येय सेवा गर्ने हो, यस निर्णयले हामीलाई हौसला थपिएको छ”, उनले भनिन्। अर्का महिला स्वास्थ्य स्वयंसेविका सरस्वतीदेवी…

विस्तृतमा...

बैतडी – सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नति गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाले बैतडीसहित पहाडी जिल्लामा रहेका अस्पतालहरूको क्षमता विस्तार गरी २५ देखि ५० शय्यासम्म पुर्‍याइने जानकारी दिएका हुन्। हाल जिल्ला अस्पताल बैतडी १५ शय्याको स्वीकृत दरबन्दीमा सञ्चालन भइरहेको छ। तर भौतिक पूर्वाधार, सेवा विस्तार र बिरामीको चापका आधारमा अस्पतालले लामो समयदेखि ५० शय्या बराबरको सेवा प्रदान गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्रीले बताए। उनका अनुसार अस्पतालमा ५० शय्याको सेवा सञ्चालन गर्न आवश्यक भौतिक संरचना, उपकरण तथा बिरामीको पर्याप्त चाप रहेको छ। यही आधारमा…

विस्तृतमा...

जाजरकोट – जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँ क्षेत्रमा दादुराको प्रकोप फैलिन थालेपछि त्यहाँका विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन्। भेरी नगरपालिका–११ स्थित शिवशंकर माध्यमिक विद्यालय, जगतिपुरमा अध्ययनरत दर्जनौँ विद्यार्थीमा दादुरासँग मिल्दोजुल्दो संक्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले जारी गरेको सूचनाअनुसार वडा नम्बर ११ भित्र सञ्चालनमा रहेका सबै विद्यालय पाँच दिनका लागि बन्द रहनेछन्। प्रकोप प्रभावित कट्टीगाउँबाट सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएका नमुनाको परीक्षण गर्दा चार जनामा दादुरा संक्रमण पुष्टि भएको जनाइएको छ। दादुरा पुष्टि भएसँगै संक्रमण फैलिन नदिन र बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सबै बालबालिकालाई खोप…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य बिमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचारअन्तर्गत सेवा प्रदान गरी भुक्तानी दाबी गरे त्यस्ता दाबी स्वीकार नगर्ने जनाएको छ। बोर्डले सोमबार निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक सेवा सम्बन्धी प्रचलित व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो। बोर्डद्वारा जारी सूचनामा सामान्य बिरामीलाई पनि आकस्मिक बिरामीका रूपमा उपचार गरी भुक्तानी दाबी पेस गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यस्ता दाबीको भुक्तानी नगरिने स्पष्ट पारिएको छ। ‘त्यस्ता दाबीहरूको भुक्तानी नगरिने तथा प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीसमेत हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ। बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा लिने आम…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङ्गबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपाल–चीन सम्बन्ध तथा स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेटका क्रममा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, स्वास्थ्य क्षेत्रमा भइरहेको सहयोग तथा आगामी सहकार्यका सम्भावनाबारे कुराकानी भएको थियो। भेटमा मन्त्री मेहताले नेपाललाई विभिन्न क्षेत्रमा चीन सरकारले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरिन्। विशेषगरी स्वास्थ्य क्षेत्रका परियोजना तथा विकास साझेदारीमा चीनले दिएको योगदानको प्रशंसा गर्दै उनले चीनले हासिल गरेको विकास अनुभवबाट…

विस्तृतमा...