स्वास्थ्य डायरी

काठमाडौँ – आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ । डब्लुएचओले सङ्कलन गरेको १३२ देशको तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म…

विस्तृतमा...

काठमाडौं – क्यान्सर रोगको उपचारमा प्रयोग हुने कार्बोप्लाटिन तथा सिस्प्लाटिनजस्ता औषधिको आपूर्तिमा चुनौती देखिइरहेका बेला नेपाल औषधि आयातकर्ता संघ (मियान) को विस्तारित बैठक शुक्रबार चितवनको सौराहामा सम्पन्न भएको छ। बैठकले औषधि आयात क्षेत्रमा देखिएका समस्या, अन्तर्राष्ट्रिय परिस्थितिका कारण आपूर्ति व्यवस्थामा परेको असर तथा संस्थाका आगामी कार्ययोजनाबारे छलफल गरेको छ। मियानका अध्यक्ष पवन आचार्यले औषधि आयात क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको बताए। “पछिल्लो परिस्थितिको समीक्षा गर्दै औषधि आयातका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेका छौँ,” आचार्यले भने, “नेपाली बिरामीले गुणस्तरीय औषधि पाउने नैसर्गिक अधिकारलाई पूर्ण रूपमा कार्यान्वयन गर्न…

विस्तृतमा...

काठमाडौं- नेपाल औषधि थोक व्यवसायी संघले देशको औषधि आपूर्ति प्रणालीलाई दुई दशकभन्दा लामो समयदेखि निरन्तरता दिन महत्वपूर्ण योगदान पुर्‍याएका १३ जना अग्रज औषधि थोक व्यवसायीलाई सामूहिक रूपमा सम्मान गरेको छ। राजधानीमा आयोजित ‘औषधि बजारमा देखिएका समसामयिक चुनौती’ विषयक नीति संवाद तथा अग्रज व्यवसायी अभिनन्दन कार्यक्रममा उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै अभिनन्दन गरिएको हो। कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंका कुमार प्रसाद भद्राज्यू, होनाथ वास्तोला, राजेशलाल श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, लक्ष्मी महर्जन, वीरेन्द्रलाल श्रेष्ठ, पद्मप्रसाद गौतम, बाबुराम पाण्डे तथा मनोजकुमार प्रधानलाई सम्मान गरेका थिए। त्यसैगरी बनेपाका सुनिलकुमार वैद्य, कास्कीका श्रीराम पराजुली र रुद्रनारायण मल्ल तथा भक्तपुरका विनोद…

विस्तृतमा...

काठमाडौं- प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले ‘जेनजी सरकार, जेनजी डाक्टरलाई न्याय दे’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। श्रम अधिकार, पारिश्रमिक, बिदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विषय समेट्दै उनीहरूले ७ बुँदे माग सार्वजनिक गरेका हुन्। प्रदर्शनमा सहभागी चिकित्सकहरूले प्रशिक्षणका क्रममा आफूहरू लामो समयसम्म काम गर्न बाध्य भएको, श्रम ऐनले सुनिश्चित गरेका सेवा–सुविधाबाट वञ्चित रहनुपरेको तथा अध्ययन र प्रशिक्षण अवधिमा विभिन्न कठिनाइ भोग्दै आएको गुनासो गरेका छन्। उनीहरूले चिकित्सकमाथि भइरहेको श्रम शोषण अन्त्य गरी सुरक्षित, सम्मानजनक र व्यवस्थित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। साथै, चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको तलब वृद्धिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने…

विस्तृतमा...

काठमाडौं – नेपाली औषधि उद्योग म्याग्नस फार्मा प्रालि अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मानित भएको छ। बेल्जियमको ब्रसेल्समा आयोजित कार्यक्रममा युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च ले कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो। कम्पनीले यस सम्मानलाई गुणस्तर, नवप्रवर्तन तथा औषधि उत्पादन प्रक्रियामा निरन्तर सुधारप्रतिको आफ्नो प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यताका रूपमा लिएको जनाएको छ। सन् २००७ मा स्थापना भएको म्याग्नस फार्माले सुरुदेखि नै गुणस्तरीय र नवीन उत्पादन विकासलाई प्राथमिकतामा राख्दै आएको छ। वीरगञ्जको रामपुरटोकनीस्थित उत्पादन केन्द्रमार्फत कम्पनीले विभिन्न समूहका औषधि उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ–जिएमपी) तथा आईएसओ प्रमाणित कम्पनीका रूपमा…

विस्तृतमा...

काठमाडौं- सरकारी निकायको ढिलासुस्ती र खरिद प्रक्रिया समयमै सम्पन्न हुन नसक्दा देशभर रेबिजविरुद्धको खोपको अभाव चुलिएको छ। प्राणघातक रोग रेबिजबाट नागरिकलाई जोगाउन सरकारले हरेक वर्ष करिब तीन लाख डोज खोप खरिद गरी सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको भए पनि यस वर्ष खोप खरिद प्रक्रिया समयमा टुंगिन नसक्दा अधिकांश सरकारी अस्पताल र स्वास्थ्य संस्थामा खोपको चरम अभाव देखिएको हो। सरकारी स्वास्थ्य संस्थामा खोप नपाएपछि नागरिक निजी क्षेत्रबाट महँगो मूल्यमा खोप किन्न वा राजधानीसम्म पुग्न बाध्य भएका छन्। काभ्रेपलाञ्चोकको नालाकी ५५ वर्षीया गायत्री पाण्डे त्यसको एउटा उदाहरण हुन्। सामुदायिक कुकुरले टोकेपछि उनले सुरुमा नजिकैका स्वास्थ्य संस्थामा खोप खोजिन्। शिर मेमोरियल…

विस्तृतमा...

काठमाडौं- हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ। हाडजोर्नी उपचार, ट्रमा व्यवस्थापन तथा सम्बन्धित क्षेत्रमा कार्यरत चिकित्सकहरूको उपस्थितिमा बिहीबार सोसाइटी गठन भएको हो। वरिष्ठ चिकित्सक प्रा. डा. रमेशप्रसाद सिंहलाई संरक्षक चयन गरिएको छ। सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा. हेमन्तकुमार गुप्ता, महासचिवमा डा. विजयेन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा र सहकोषाध्यक्षमा डा. सन्जित झा चयन भएका छन्। त्यस्तै, डा. सरोज सिंह, डा. ओमप्रकाश चौधरी, डा. राजीव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदीप खनाल र डा. सार्थक नेपाल सदस्यमा मनोनीत भएका छन्। प्रदेशस्तरीय सदस्यमा कोशीबाट…

विस्तृतमा...

भक्तपुर – भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबिच लामो दूरीमा रही मुटुलगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी सञ्चालनमा ल्याउने भएको छ । भारत लगायतका देशमा रोबोटिक सर्जरी अर्थात् रोबोटमार्फत गरिने जटिल शल्यक्रिया सफलपछि नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक सर्जरी सुरु गर्न लागिएको हो । विश्वको जुनसुकै देशको एउटा कोठामा बसेर चिकित्सकले अर्को देशको अस्पतालका बिरामीको शल्यक्रियामार्फत उपचार गर्ने प्रविधि रोबोटिक सर्जरी हो । निजी क्षेत्रका अस्पतालले त्यस खाले उपचार सेवा यसअघि नै सुरु गरिए तापनि भक्तपुर अस्पतालले सञ्चालन गर्न लागेको रोबोटिक सर्जरी अत्याधुनिक रहेको जनाइएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा पहिलो…

विस्तृतमा...

चितवन- सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। मङ्गलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामीमैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बिमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए। कर्मचारी र सेवाग्राहीबीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुद‌ृढ गरिने तथा बेड व्यवस्थापन र क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासन र सेवाग्राहीबीच सहमति भएको छ। अस्पतालका निमित्त कार्यकारी निर्देशक उमेश नेपालले सेवाग्राहीबाट उठाइएका विषयलाई सकारात्मक रूपमा ग्रहण गर्दै सुधारात्मक कार्यान्वयन गरिने बचन व्यक्त गरेका थिए। सेवाग्राहीले बिमाका बिरामीको थप चाप बढेको उल्लेख गर्दै स्वास्थ्य…

विस्तृतमा...

बागलुङ- बागलुङका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरूद्धकाे खोप प्रदान गरिने भएको छ। गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरुलाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। आगामी असार १ गतेबाट ७ गतेसम्म पालिकाका सबै खोप केन्द्रबाट छ महिनादेखि १९ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई उक्त खोप निःशुल्क प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। उनका अनुसार दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग भएकाले यसको सङ्क्रमण फैलिन नदिन लक्षित क्षेत्रका सबै बालबालिकालाई अनिवार्य रूपमा खोप लगाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको हो। ज्वरो, रुघाखोकी वा शरीरमा रातो बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न,…

विस्तृतमा...