स्वास्थ्य डायरी

काठमाडौं – एक सय वा सोभन्दा बढी शय्या क्षमता भएका मेडिकल कलेजले अब पुनः पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले २०७७ सालमा एउटै संस्थाले बीएन, बीएस्सी वा एमएनमध्ये एउटा मात्रै नर्सिङ कार्यक्रम सञ्चालन गर्नुपर्ने निर्णय गरेपछि धेरै मेडिकल कलेजमा पीसीएल नर्सिङ कार्यक्रम बन्द भएको थियो। उक्त निर्णय चिकित्सा शिक्षा ऐनअनुसार नभएको भन्दै उच्च अदालतमा रिट दायर भएको थियो। उच्च अदालतले गत वर्ष कानुनअनुसार पीसीएल नर्सिङ सञ्चालनमा कुनै रोकावट नरहेको फैसला सुनाएको थियो। त्यसपछि सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले उक्त फैसला कार्यान्वयन गर्न आयोगलाई निर्देशन दिएको छ। यससँगै अब १०० वा सोभन्दा बढी…

विस्तृतमा...

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।  जिल्लाका नौवटै पालिकाका स्थानीयले जन्मेदेखि १५ महिना र १६ देखि २३ महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  घोषणा गरिएको हो । यहाँका एक हजार ३४८ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । पूर्ण खोप सुनिश्चितता घोषणामा त्रिवेणी नगरपालिकाका जन्मेदेखि १५ महिनाका २७४, गौमुलमा १७४, खप्तड छेडेदह गाउपालिकामा ३१०, स्वामीकार्तिक खापर गाउँपालिकामा २१८ जना बालबालिकाले पूर्ण खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख खड्काले बताए। यसैगरी, बडीमालिका नगरपालिकामा ३००, बुढीनन्दा नगरपालिकामा ३५३, बुढीगङ्गा नगरपालिकामा २३६, जगन्नाथ गाउँपालिकामा १६२ र हिमाली…

विस्तृतमा...

काठमाडौं – पशु सेवा विभागले काठमाडौं उपत्यकामा देखिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) कागमार्फत फैलिएको जनाएको छ। विभागका अनुसार कागमा संक्रमण देखिएकाले रोग नियन्त्रणमा चुनौती थपिएको छ। विभागका महानिर्देशक डा. उमेश दाहालले कुखुरामा देखिने बर्डफ्लु नियन्त्रण गर्न सम्भव भए पनि संक्रमित कागलाई नियन्त्रण गर्न नसकिने भएकाले संक्रमण फैलिने जोखिम उच्च रहेको बताए। ‘कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रण गर्न सकिन्छ, तर कागलाई नियन्त्रण गर्न सकिँदैन,’ उनले भने, ‘सदर चिडियाखानासहित उपत्यकाका विभिन्न स्थानमा कागमार्फत संक्रमण फैलिएको छ।’ उनका अनुसार संक्रमित काग एक स्थानबाट अर्को स्थानमा उड्ने भएकाले बर्डफ्लु पनि तीव्र रूपमा फैलिने गरेको छ। कागमा संक्रमण देखिएपछि करिब २१ दिनसम्म त्यसले अन्य स्थानमा रोग सार्न…

विस्तृतमा...

काठमाडौं – आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा रोपाइँ पर्व। यस दिन खेतमा धान रोप्ने, दही–चिउरा खाने र खेतीपातीसँग जोडिएका विभिन्न परम्परा मनाउने चलन नेपाली समाजमा पुरानै हो। कृषिमा संलग्न मात्र होइन, अन्य पेशा–व्यवसायमा रहेका नेपालीहरूले पनि दही–चिउरा खाएर यो दिनलाई विशेष रूपमा मनाउने गर्छन्। परम्परासँगै दही–चिउरा स्वास्थ्यका दृष्टिले पनि निकै पौष्टिक मानिन्छ। दहीमा पाइने प्रोटिन, क्याल्सियम, भिटामिन तथा लाभदायी ब्याक्टेरिया र चिउरामा रहेको कार्बोहाइड्रेट, आइरन तथा अन्य पोषक तत्वले शरीरलाई विभिन्न प्रकारका फाइदा पुर्‍याउने चिकित्सकहरू बताउँछन्। दही खानुका फाइदा १. पाचन प्रणालीलाई स्वस्थ राख्छदहीमा पाइने प्रोबायोटिक अर्थात् लाभदायी ब्याक्टेरियाले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ। मसालेदार वा…

विस्तृतमा...

काठमाडौं – प्राकृतिक चिकित्सक डा. चेतना ए.एम. (पौडेल) पक्राउ परेपछि योग तथा प्राकृतिक चिकित्सक संघ, नेपालले प्रेस विज्ञप्ति जारी गर्दै बीएनवाइएस (योग तथा प्राकृतिक चिकित्सा स्नातक) डिग्री कानुनी, वैधानिक तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त चिकित्सा शिक्षा भएको दाबी गरेको छ। संघले डा. पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनको तत्काल न्यायिक रिहाइको माग गरेको छ। संघका उपाध्यक्ष तथा प्राकृतिक चिकित्सक डा. दिनेश राईद्वारा जारी विज्ञप्तिमा बीएनवाइएस साढे पाँच वर्षे चिकित्सा शिक्षा भएको उल्लेख गरिएको छ। नेपालमा नेपाल संस्कृत विश्वविद्यालय र मनमोहन प्राविधिक विश्वविद्यालयले यो कार्यक्रम स्वीकृत गरिसकेको तथा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चिकित्सा शिक्षा आयोगमा समेत सूचीकृत गरिसकेको दाबी गरिएको…

विस्तृतमा...

काठमाडौं- त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन हुने भएको छ । अस्पताल प्रशासनले असार १५ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । अस्पतालले स्वास्थ्य बिमा सेवाका लागि टिकट वितरणको समय पनि तोकेको छ । जसअनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २:३० बजेसम्म बिमा टिकट काउन्टरबाट टिकट वितरण गरिनेछ । शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोकेको थियो । शिक्षण अस्पतालले स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको उल्लेख गर्दै…

विस्तृतमा...

काठमाडाैं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार असार १० गते दिउँसो करिब १२ बजे जुम्लाको चन्दननाथ नगरपालिका–३ निवासी करिब ३० वर्षीय लवबहादुर सेजुवालले मादक पदार्थ सेवन गरी प्रतिष्ठानको अति संवेदनशील आकस्मिक कक्षमा प्रवेश गरेर ड्युटीमा रहेका चिकित्सकमाथि होहल्ला गर्दै अभद्र व्यवहार गरेका थिए । घटनालगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सेजुवाल यसअघि पनि अनधिकृत रूपमा प्रतिष्ठानभित्र प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको खुलेको प्रहरीले बताएको छ । उक्त घटनामा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) अन्तर्गत मुद्दा दर्ता गरिएको छ…

विस्तृतमा...

काठमाडौं- राजधानीको मुख्य तरकारी बजार कालीमाटीमा बिक्रीका लागि ल्याइएका केही तरकारीमा अत्यधिक विषादी अवशेष फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशालाले परीक्षण गरेका १२ वटा फलफूल तथा तरकारीका नमूनामध्ये तीनवटा उपभोगका लागि अयोग्य ठहर गर्दै तत्काल नष्ट (डिस्पोज) गर्न निर्देशन दिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशालास्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला (कालीमाटी) की प्रमुख डा. शान्ता कार्कीका अनुसार असार १२ गते संकलन गरिएका नमूनाको परीक्षणमा धादिङबाट ल्याइएको लौका, मकवानपुरबाट ल्याइएको करेला र सल्यानबाट ल्याइएको आलुमा तोकिएको मापदण्डभन्दा निकै बढी विषादी अवशेष भेटिएको हो। प्रयोगशालाका अनुसार धादिङको रुबीभ्याली गाउँपालिकाबाट ल्याइएको लौकामा ६६.५२ प्रतिशत, मकवानपुरको थाहा नगरपालिकाबाट…

विस्तृतमा...

काठमाडौँ – विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढेका स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक हिरादेवी निरौलाले पाँच वर्षमा क्यान्सरको उपचारबापत सहुलियत लिने बिरामी दोब्बरले बढेको जानकारी दिइन्। उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ क्यान्सरका बिरामी रहेकामा आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६७८ जना पुगेका छन्। उनले क्यान्सरको जनचेतना कमीले क्यान्सर रोग लाग्ने गरेको बताइन्। ‘क्यान्सरको जनचेतनाको कमीले क्यान्सर रोग लाग्ने गरेको पाइएको छ,’ उनले भनिन्, ‘सरकार नागरिक समाज सबैले क्यान्सर रोगबाट बचाउन जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्दछ।’ यसैगरी, २०७८/७९ मा १९…

विस्तृतमा...

सल्यान- सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो । औषधि अभावका कारण दीर्घरोगी महँगोमा निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका बिरामीले बताएका छन् । प्रदेश सरकारले अहिलेसम्म निःशुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पताल सल्यानसहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घरोगीले प्रयोग गर्ने औषधिको अभाव भएको छ । कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले पालिकाका सबै स्वास्थ्य संस्थामा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग मात्र नभई परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको अभाव भएको बताए । दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा…

विस्तृतमा...