स्वास्थ्य डायरी

काठमाडौं- विश्वभर ३५ देखि ४९ वर्ष उमेर समूहका महिलामा बाँझोपन (इन्फर्टिलिटी) बढ्दै गएको एक नयाँ अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। अध्ययनले उच्च शिक्षा, करियर, ढिलो मातृत्व, मोटोपना र तनावजस्ता कारणले आगामी वर्षहरूमा यो समस्या अझ बढ्ने चेतावनी दिएको छ। चीनको चोङकिङ मेडिकल विश्वविद्यालयका अनुसन्धानकर्ताले सन् १९९० देखि २०२३ सम्म २०४ देशका स्वास्थ्य तथ्यांक विश्लेषण गरी गरेको अध्ययन द ल्यान्सेट अब्स्टेट्रिक्स, गायनोकोलोजी एन्ड वुमेन्स हेल्थ मा प्रकाशित भएको हो। अध्ययनअनुसार सन् १९९० मा प्रति एक लाख ३५–४९ वर्ष उमेरका महिलामध्ये ६ हजार १ जनामा बाँझोपन देखिएको थियो। सन् २०२३ सम्म आइपुग्दा यो संख्या बढेर प्रति एक लाखमा ६ हजार ९०७ पुगेको छ।…

विस्तृतमा...

काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को फार्मेसी अधिकृत दीपा ढुंगानासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानीनोक्सानी पुर्‍याएको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएकामध्ये फार्मेसी अधिकृत दीपा ढुंगाना, फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा तथा स्टोर किपरहरू विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दीप तिवारी रहेका छन्। आयोगले उनीहरूबाट जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो असुल गर्न माग दाबी गरेको छ। अख्तियारका अनुसार औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि…

विस्तृतमा...

धरान- सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामीलाई निजी अस्पताल तथा मेडिकलमा पठाई आर्थिक लाभ लिने गरेको आरोपमा प्रहरीले १२ जना बिचौलियालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तोमा औषधि उपलब्ध गराइदिने, छिटो उपचार गराइदिने वा निजी अस्पतालमा सहज सेवा मिलाइदिने प्रलोभन देखाएर आर्थिक चलखेल भइरहेको गुनासोपछि विशेष निगरानी गरिएको थियो। सोही क्रममा प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि शंकास्पद गतिविधिमा संलग्न रहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेहरूमा सर्लाहीका रञ्जित कुमार चौधरी र रबिना मण्डल, भोजपुरका हस्त श्रेष्ठ, धरानका…

विस्तृतमा...

काठमाडौं – नेपालका पुराना औषधि उत्पादक कम्पनीमध्ये एक टाइम फर्मास्युटिकल्स लिमिटेड ले बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया तीव्र बनाएको छ। कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग मूल्य निर्धारणका लागि छलफल (रोड शो) सम्पन्न गर्दै आशयपत्र संकलनको प्रक्रिया अघि बढाएको हो। कम्पनीले जारी पुँजी ५३ करोड रुपैयाँको २०.५ प्रतिशत बराबर १० करोड ८६ लाख ५० हजार रुपैयाँ मूल्यको १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी ६ लाख ५१ हजार ९०० कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ। बुक…

विस्तृतमा...

कैलाली- सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको टीकापुर अस्पतालमा दुई कर्मचारीबीच भएको विवाद कुटाकुटमा परिणत भएको छ। घटनामा अस्पतालका प्रयोगशाला इञ्चार्ज उमेश बजगाईमाथि फिजियोथेरापिस्ट अनिल तिवारीले हातपात गरेको आरोप लागेको छ। घटना मंगलबार दिउँसो करिब २ बजे अस्पताल प्रशासन शाखा परिसरमा भएको हो। प्रयोगशाला इञ्चार्ज बजगाईका अनुसार आफू कार्यालयसम्बन्धी कामका लागि प्रशासन शाखामा पुगेका बेला तिवारीले अचानक आक्रमण गरेका थिए। ‘म प्रशासनमा कामका लागि गएको थिएँ। त्यही बेला उहाँ आएर ममाथि कुटपिट गर्नुभयो,’ बजगाईले भने। उनले घटनाबारे अस्पताल प्रशासनमा लिखित निवेदन दिँदै आवश्यक कारबाहीको माग गरेका छन्। यता, फिजियोथेरापिस्ट तिवारीले भने प्रयोगशालामा भइरहेको भनिएको अनियमितताबारे प्रशासनसँग छलफल गर्न गएका बेला बजगाईले…

विस्तृतमा...

काठमाडौं – नेपालमा डेंगु, औंलो, स्क्रब टाइफस, जापानीज इन्सेफ्लाइटिस, कालाजार, हात्तीपाइले र चिकनगुनियाजस्ता कीटजन्य रोगको जोखिम बढिरहेका बेला यस्ता रोगको वैज्ञानिक पहिचान र नियन्त्रण गर्ने दक्ष इन्टोमोलोजिस्ट (कीट विशेषज्ञ) को चरम अभाव देखिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार देशभर सरकारी सेवामा इन्टोमोलोजिस्टका लागि जम्मा दुईवटा मात्रै स्वीकृत दरबन्दी रहेका छन्। जलवायु परिवर्तन र तीव्र सहरीकरणका कारण कीटजन्य रोग पहाडी तथा हिमाली जिल्लासम्म फैलिँदै गए पनि आवश्यक जनशक्ति नहुँदा रोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार विगतमा प्रत्येक जिल्लामा औलो निरीक्षक रहने व्यवस्था भए पनि हाल नयाँ दरबन्दी सिर्जना नगरिएकाले अनुभवी जनशक्ति अवकाशपछि रिक्त…

विस्तृतमा...

ललितपुर – बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ । विभागको तथ्याङ्कअनुसार सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा दुई लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ । त्यसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला र…

विस्तृतमा...

एजेन्सी- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली कन्डम युरोपमा भित्र्याउने एउटा सञ्जालको पर्दाफास गरेको जनाएको छ । ईयूको ठगीविरोधी कार्यालय (ओएलएएफ)का अनुसार रोमानिया, सर्बिया र स्पेनमा ती नक्कली कन्डम बरामद गरिएको छ । अनुसन्धानबाट ती सामग्री चीनस्थित एक आपूर्तिकर्तासँग सम्बन्धित रहेको पत्ता लागेको छ । ओएलएएफका अनुसार ती कन्डममा एउटा प्रसिद्ध ब्रान्डको लोगो प्रयोग गरिएको थियो भने जाँचबाट बच्न तिनलाई ‘खेलौना’ भनेर लेबल लगाइएको थियो । चिनियाँ अधिकारीको सहयोगमा अनुसन्धान अघि बढाइएको र सञ्जालको स्रोत पत्ता लगाइएको ओएलएएफले जनाएको छ । ओएलएएफका महानिर्देशक पेटर क्लेमेन्टले नक्कली कन्डम स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताए । उनले परीक्षण र गुणस्तर…

विस्तृतमा...

काठमाडौं – कम्बोडियाले नेपालको आँखा उपचार सेवा र नेत्र स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धिको खुलेर प्रशंसा गरेको छ। कम्बोडियामा नेपाली चिकित्सकहरूको टोलीले सञ्चालन गरेको निःशुल्क आँखा उपचार शिविरबाट एक हजारभन्दा बढी नागरिक लाभान्वित भएपछि त्यहाँको सरकारले नेपालको योगदानको सराहना गरेको हो। थाइल्यान्ड तथा कम्बोडियाका लागि नेपाली राजदूत धनबहादुर ओलीसँग भएको भेटमा कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयकी स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले नेपालको आँखा उपचार सेवा र चिकित्सा शिक्षाको प्रशंसा गरिन्। थाइल्यान्डस्थित नेपाली राजदूतावासका अनुसार असार २० र २१ गते कम्बोडियाको कम्पोङ चाम प्रान्तमा नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा संस्थान तथा अनुसन्धान केन्द्र (रण अम्बिका शाह आँखा…

विस्तृतमा...

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थामाथि कडा अनुगमन गरी आवश्यक कारबाही गर्न सम्बन्धित सबै निकायलाई निर्देशनात्मक आग्रह गरेको छ। निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी पत्रमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशका स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा सबै स्थानीय तहलाई सक्रिय अनुगमन गर्न अनुरोध गरिएको हो। काउन्सिलका अनुसार प्राप्त उजुरी, गुनासा, सूचना तथा स्थलगत अनुगमनका क्रममा देशभरका धेरै स्वास्थ्य संस्था कानुनबमोजिम सञ्चालन अनुमति नलिई सञ्चालन भइरहेको पाइएको छ। यस्तै, अनुमति प्राप्त केही संस्थामा समेत तोकिएको न्यूनतम भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा दर्तावाला योग्य स्वास्थ्यकर्मीको अभाव देखिएको उल्लेख गरिएको छ। काउन्सिलले सञ्चालन अनुमति नलिई सञ्चालित…

विस्तृतमा...