स्वास्थ्य डायरी

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तनका लागि सतही काम गरेर मात्र नपुग्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नरहने टिप्पणी गरेका हुन्। उनले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि दीर्घकालीन योजना र व्यावहारिक समाधानको खाँचो रहेको औँल्याएका छन्। नेता पौडेलले आफू मन्त्रालयको जिम्मेवारीमा रहँदा आम नागरिकलाई सस्तो र सुलभ मूल्यमा औषधि उपलब्ध गराउन महत्त्वपूर्ण नीतिगत आधारहरू तयार पारेको दाबी गरेका छन्। उनले देशभर औषधिको समान मूल्य कायम गर्न र आपूर्ति सहज…

विस्तृतमा...

काठमाडौं — सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेपछि गम्भीर अवस्थामा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ र अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ। मण्डललाई शुक्रबार साँझ हेलिकप्टरमार्फत काठमाडौं ल्याएर करिब साढे ७ बजे कीर्तिपुर बर्न अस्पताल भर्ना गरिएको थियो। हाल उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार विवेकको अवस्था गम्भीर रहेकाले शनिबार शल्यक्रिया गर्ने तयारी गरिएको छ। उपचार टोलीले उनको अवस्थालाई निरन्तर निगरानीमा राखेको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार विवेकले शुक्रबार आफ्नै घरबाट करिब २०० मिटर टाढा पुगेर शरीरमा…

विस्तृतमा...

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही वर्षयता निरन्तर घट्दै गएको छ । अस्पतालमा उपचार सेवा विस्तार, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, निःशुल्क औषधि तथा परीक्षण, सङ्क्रमितको सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको निगरानी प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घट्दै गएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायलका कीट नियन्त्रण निरीक्षक हेमराज जोशीका अनुसार विगतमा कालाजारको उपचार धनगढीमा मात्रै उपलब्ध थियो । पछि त्यो सेवा महेन्द्रनगरसम्म विस्तार भयो । अहिले अधिकांश प्रादेशिक तथा जिल्ला अस्पतालमा परीक्षण र उपचारको सुविधा पुगेको छ । स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, आवश्यक औषधि, परीक्षण कीट तथा दक्ष जनशक्तिको व्यवस्थापनका साथै सङ्क्रमित भेटिएका गाउँमा सक्रिय…

विस्तृतमा...

काठमाडौं- काठमाडौँ क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक अत्याधुनिक कार टी–सेल थेरापी सेवा सुरु गर्ने घोषणा गरेको छ। सेन्टरका अनुसार केही दिनभित्रै रक्तजन्य क्यान्सर (ल्युकेमिया र लिम्फोमा) भएका दुई जना बिरामीमा यो उपचार विधि लागू गर्ने तयारी गरिएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झाले नेपालकै सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सीआरएम) नेपाल ले उत्पादन गरेको कार टी–सेल प्रयोग गरेर उपचार गरिने जानकारी दिए। उनका अनुसार यो सेवा सुरु भएसँगै उपचारका लागि विदेश जानुपर्ने नेपाली बिरामीको संख्या घट्ने अपेक्षा गरिएको छ। कार टी–सेल थेरापी शरीरकै प्रतिरक्षा प्रणालीलाई प्रयोग गरेर क्यान्सरविरुद्ध लड्ने अत्याधुनिक इम्युनोथेरापी हो। यसमा बिरामीको शरीरबाट टी–सेल निकालेर प्रयोगशालामा…

विस्तृतमा...

काठमाडौं- स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको सरोकारवालाले बताएका छन्। क्वेस्ट फर्मास्युटिकल्स प्रालिले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित रजत जयन्ती समारोहमा वक्ताहरूले नेपालमा औषधि उद्योगले आयात प्रतिस्थापन, रोजगारी सिर्जना र स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै अब नीतिगत सुधारमार्फत यसको क्षमता अझ विस्तार गर्नुपर्ने धारणा राखे। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद गणेश पराजुलीले करिब ८० अर्ब रुपैयाँको नेपाली औषधि बजारमध्ये ४०–४५ अर्ब रुपैयाँ बराबरको औषधि स्वदेशमै उत्पादन भइरहेको बताए। उनले अनुसन्धान, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा स्वदेशी उद्योगहरूको भूमिका बढ्दो…

विस्तृतमा...

काठमाडौं – औषधि व्यवसायी संघ (एनसीडीए) काठमाडौं जिल्ला शाखाले अनधिकृत अनलाइन माध्यमबाट औषधि खरिद–बिक्री नगर्न आम उपभोक्ता तथा औषधि व्यवसायीलाई आग्रह गरेको छ। संघले औषधिको सुरक्षित प्रयोग, गुणस्तर कायम तथा जनस्वास्थ्य संरक्षणका लागि विभिन्न सचेतनामूलक निर्देशन जारी गरेको हो। संघले जारी गरेको सूचनामा आकर्षक छुट, घरमै डेलिभरी तथा सामाजिक सञ्जालमार्फत अनुमति नलिई सञ्चालन गरिएका अनलाइन माध्यमको प्रभावमा परेर औषधि खरिद नगर्न उपभोक्तालाई अनुरोध गरेको छ। औषधि खरिद गर्दा आधिकारिक रूपमा सञ्चालन भएका औषधि पसलबाट मात्रै बिलबिजकसहित औषधि लिन, औषधिको म्याद , मूल्य, प्याकेजिङ तथा गुणस्तर जाँच गर्न पनि सुझाव दिइएको छ। एनसीडीएका अनुसार भ्याक्सिनलगायत ‘कोल्ड चेन’ आवश्यक पर्ने औषधि उचित…

विस्तृतमा...

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको छ। चिकित्सकले बिहान ११:१९ बजे उनलाई मृत घोषणा गरेका हुन्। उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालका अनुसार गणेशको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले उनलाई गम्भीर ‘इनहेलेसन इन्जुरी’ समेत भएको थियो। डा. दाहालका अनुसार अस्पताल ल्याइएदेखि नै उनको अवस्था अत्यन्त गम्भीर थियो र सुरुदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गरिए पनि दोस्रो प्रयासपछि पनि अवस्था सुधार हुन…

विस्तृतमा...

काठमाडौं – विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री तथा प्रतिष्ठानकी सहकुलपति निशा मेहताले नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। प्रधानमन्त्री तथा सम्बन्धित प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नवीस मान सिंह प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्कीलाई उपकुलपति नियुक्त गरेका थिए। यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायण सिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान मेन्याङ्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजय कुमार मिश्र…

विस्तृतमा...

काठमाडौं – त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्‍याएको थियो । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचारमा वीर अस्पतालको प्लास्टिक…

विस्तृतमा...

कालिकोट- हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी देखिन थालेका छन् । कालिकोटमा लामाखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन् । विगतमा तराई र पहाडका जिल्लामा मात्र देखिने गरेको लामखुट्टेका कारणले लाग्ने रोग केही वर्षयता हिमाली जिल्लामा देखिन थालेको छ । जिल्लामा आर्थिक २०८२/ ८३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी, औलो र कालाजारका १९ बिरामी भेटिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । उनका अनुसार डेङ्गीका १०, कालाजारका आठ र औलोका एक जना एक बिरामी भेटिएका छन् । जिल्लाका नौ पालिकामध्ये छ पालिकामा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिएको जनस्वास्थ्य…

विस्तृतमा...