स्वास्थ्य डायरी

चितवन- बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । अस्पतालले पालिकाका नगर अस्पताल र आधारभूत अस्पतालमध्ये एउटामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्ने योजना अघि बढाएको हो । यसका लागि अस्पतालले पालिकाका प्रमुखसँग छलफल अघि बढाइसकेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोष्ट स्थलगत अध्ययन गरेको छ । डा.बगालेले उक्त हेल्थपोष्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने गरी तयारी भइरहेको बताए । उनले भने– “भरतपुर महानगर सकारात्मक भएकाले छिट्टै हामी यो काम अघि बढाउँछौँ ।” रत्ननगर नगरपालिकाका प्रमुख र…

विस्तृतमा...

बागलुङ – बागलुङमा एचआइभी सङ्क्रमितको संख्या २२० पुगेको छ। चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार सङ्क्रमितमध्ये १५ वर्षमुनिका ६ जना र १५ वर्षमाथिका २१४ जना छन्। त्यस्तै, ११४ जना महिला र १०६ जना पुरुष रहेका छन्। सङ्क्रमितहरूले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) सेवा लिइरहेका छन्। सङ्क्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्र बनाइएको घिमिरेले बताए। उनका अनुसार हरेक वर्ष एचआइभी परीक्षण अभियान सञ्चालन हुँदै आएको छ। अघिल्लो आर्थिक वर्षमा करिब २० हजार जनाको परीक्षण गर्दा…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि तीन महिनासम्म डेंगु सचेतना अभियान सञ्चालन गर्ने भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार साउन, भदौ र असोज महिनाभर अभियान सञ्चालन गरी डेंगुबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराइनेछ। उनले साउनदेखि वर्षा बढेसँगै पानी जम्ने र त्यही पानीमा डेंगु सार्ने लामखुट्टे बढ्ने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको बताए। अभियानअन्तर्गत लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने, टोल–टोल र विद्यालयमा पुगेर डेंगु संक्रमणबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिनेछ। महाशाखाका अनुसार साउनदेखि असोजसम्म डेंगु संक्रमण उच्च हुने सम्भावना छ। गत जनवरीदेखि हालसम्म देशभर एक हजार…

विस्तृतमा...

काठमाडौँ – सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ।  उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। ​उनलाई तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए । साथै सरकारले उनका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो। त्यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै बेहोर्ने बताएको थियो। तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा…

विस्तृतमा...

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेतवार्तामा नर्वे सरकारको सहयोगमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविक कार्यक्रमलगायतका क्षेत्रमा भइरहेका कार्यक्रमबारे समीक्षा गरिएको थियो । मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई दृष्टिगत गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य…

विस्तृतमा...

काठमाडौं- निजामती कर्मचारीलाई कार्यस्थलमै सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा इकाई सञ्चालनमा ल्याइएको छ। गत असार १९ गतेदेखि मन्त्रालय भवनको तल्लो तलाबाट सेवा सुरु गरिएको उक्त इकाईमार्फत कर्मचारीलाई आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता हटाउँदै कार्यस्थलमै स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराइएको हो। साथै, निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालय परिसरमै सेवा इकाई स्थापना गरिएको बताइएको छ। सेवा इकाईबाट स्वास्थ्य परीक्षण, रक्तचाप (ब्लड प्रेसर) जाँच, रगतमा चिनी (सुगर) परीक्षण, रगत परीक्षणलगायत…

विस्तृतमा...

काठमाडौं – प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक बिहीबार सिंहदरबारमा सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले ‘चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको हो। आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृतसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पनि सहभागिता रहेको थियो।

विस्तृतमा...

काठमाडौं- मनसुन सुरु भएसँगै नेपालमा डेँगी, हैजा, झाडापखाला, स्क्रब टाइफस र औलोजस्ता प्रकोपजन्य रोगको जोखिम बढेको छ। यद्यपि पछिल्ला तीन वर्षयता डेँगी संक्रमण उल्लेखनीय रूपमा घट्दै गएको सरकारी तथ्यांकले देखाए पनि स्वास्थ्य अधिकारीहरूले जोखिम अझै कायम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सरकारी निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र समुदायको संयुक्त प्रयासका कारण डेँगी नियन्त्रणमा सकारात्मक परिणाम देखिएको हो। ईडीसीडीको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२५ मा डेँगी संक्रमण सन् २०२४ को तुलनामा करिब ६५ प्रतिशतले घटेको थियो। चालु वर्ष २०२६ को हालसम्मको तथ्यांकले…

विस्तृतमा...

काठमाडौं- दुर्गम हिमाली गाउँसम्म स्वास्थ्यकर्मीले दिनौँ पैदल हिँडेर खोप पुर्‍याइरहेका बेला नेपालका ठूला सहर र महानगरमा भने नियमित खोप कार्यक्रमको पहुँच र स्वीकार्यता कमजोर देखिएको छ। विज्ञहरूले अस्थायी बसोबास, बसाइँसराइ, जनघनत्व र जनचेतनाको कमीका कारण सहरी क्षेत्रमा खोप अभियान चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। गत चैतमा डोल्पा जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरू पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लिएर चार दिन पैदल यात्रा गर्दै उपल्लो डोल्पाको छार्का भोट पुगेका थिए। समुद्री सतहबाट ४,३५० मिटर उचाइमा रहेको उक्त बस्ती पुग्न टोलीले ५ हजार मिटरभन्दा अग्ला भञ्ज्याङ पार गर्दै दैनिक करिब १४ घण्टा हिँड्नुपरेको थियो। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा.…

विस्तृतमा...

काठमाडौं – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा एक हजार सात सय भन्दा बढी मानिसहरुमा इबोला सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ । कङ्गोमा ५८० जना सङ्क्रमितको मृत्यु भएको तथा एक हजार ७०८ जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन् । मङ्गलबार जारी गरिएको डब्ल्यूएचओको प्रतिवेदनअनुसार इटुरी र उत्तरी किवु प्रान्तका स्वास्थ्य क्षेत्रहरूमा मृतक तथा संक्रमित संख्या बढ्दो छ । इटुरी प्रान्तको राजधानी बुनियामा पत्रकारहरूसँग बोल्दै डब्ल्यूएचओका प्रतिनिधि एनी एन्सियाले कङ्गोमा सार्वजनिक स्वास्थ्य जोखिम उच्च रहेको बताए । डब्ल्यूएचओको प्रतिवेदनअनुसार आइतबारसम्म अनुसन्धान गरिएका ४३० सङक्रमित मृत्युहरूमध्ये ३९७ जनाको मृत्यु…

विस्तृतमा...