महोत्तरी – विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन् । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला ४ वर्षयता उपचार लिनेको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको हो । विसं २०७१ साउन ३१ गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष २०७९/८० यता उपचार लिनेको सङ्ख्या निकै घटेको छ । त्यसअघि वर्षमा चार हजार बढीले उपचार लिने गरेकामा केन्द्रमा २०७९/८० यता यो सङ्ख्या एक हजारमुनि झरेको छ । केन्द्रमा आव २०७९/८० मा ८७८, आव २०८०/८१ मा ८८४ र आव २०८१/८२ मा ७०२ जनाले उपचार लिएका छन् । चालु आव २०८२/८३ को (असार २० गते) सम्मको अवधिमा ७२२…
स्वास्थ्य डायरी
सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । गृहमन्त्री सुधन गुरुङसँगै प्रतिष्ठानको निरीक्षण गर्दै उनले नवनिर्मित मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र (एमसिएच) भवनलाई आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण तथा व्यवस्थापनसहित यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिए । उनका एमसिएच भवन सञ्चालनमा आएपछि पूर्वी नेपालका सेवाग्राहीले गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरे । मन्त्री मेहताले प्रतिष्ठानमा एमआरआई सेवा पनि यथाशीघ्र सञ्चालनमा ल्याइने बताउँदै अत्याधुनिक उपकरणको व्यवस्था गरी विशेषज्ञसहितको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने…
चितवन- चितवनस्थित भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड (विद्युतीय सूचना पाटी) मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा निजका आफन्तलाई मोबाइल फोनमार्फत सन्देश (एसएमएस) पठाई जानकारीसमेत गराइनेछ। अस्पतालमा आइसियुका शय्या प्रायः खाली नहुने भएकाले बिरामी आइसियु सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेकाको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले आइसियु जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न उक्त व्यवस्था लागू गरिएको…
दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका-८ सिद्धेस्वर स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो । दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सञ्चालनमा ढिलाइ हुँदा दुर्घटनामा तत्काल उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्ने समस्या रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ‘बैतडीको खोडपे आसपासका क्षेत्रलाई सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । ट्रमा सेन्टर सञ्चालनमा आउन नसक्दा विपद् र दुर्घटनामा घाइते भएकाको उपचारमा समस्या भइरहेको छ’, सिँगास गाउँपालिका-१ का जगदीश ऐरले भने, ‘उपचारका लागि…
धनगढी – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया शिक्षामन्त्री सस्मित पोखरेलले समय नदिँदा रोकिएको छ। नियुक्तिका लागि आवश्यक सिनेट बैठक बस्न नसक्दा विश्वविद्यालयले अझै नयाँ नेतृत्व पाउन सकेको छैन। गत वैशाखमा सरकारले अध्यादेशमार्फत देशभरका विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको थियो। त्यसपछि विश्वविद्यालय ऐनअनुसार नयाँ पदाधिकारी सिफारिस गर्न सरकारले समिति गठन गरेको थियो। समितिमा प्रा.डा. जयराज अवस्थी, प्रा.डा. लोचना श्रेष्ठ र प्रा.डा. दिनेशकुमार लम्साल सदस्य थिए। पछि प्रा.डा. लोचना श्रेष्ठले राजीनामा दिएपछि उनको स्थानमा प्रा.डा. शैलु प्रधानलाई मनोनित गरिएको थियो। स्रोतका अनुसार सिफारिस समितिले उपकुलपति र रजिष्ट्रार पदका लागि आवश्यक नाम अघिल्लो साता नै सरकारलाई सिफारिस गरिसकेको…
काठमाडाैं- ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ भने मृतकको सङ्ख्या ४९२ पुगेको छ । कङ्गोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन् । यसका साथै १८५ जना शङ्कास्पद बिरामीको पनि पहिचान गरिएको छ । प्रतिवेदनमा पछिल्ला सातामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएको उल्लेख गरिएको छ । महामारीको गणनाअनुसार २५औँ र २६औँ सातामा प्रत्येक सातामा ३०० भन्दाबढी नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यसले समुदायस्तरमा सङ्क्रमण अझै सक्रिय रूपमा फैलिरहेको…
काठमाडौँ – पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुसारेध गरेको छ । महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने भएकाले सर्तकता अपनाउन सबैलाई आग्रह गरे । ‘केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ’, उनले भने, ‘आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ ।’ उनले पानी पर्न सुरु गरेकाले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने बताए । उनले डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।…
काठमाडौं – नेपाल रेडियोलोजिष्ट एसोसिएसनले दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी तथा इमेजिङ सेवा प्रदान गर्न पाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। एसोसिएसनका अध्यक्ष डा. तेजेन्द्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल मेडिकल काउन्सिल ऐन, प्रचलित कानुन तथा निर्धारित मापदण्डअनुसार विधिवत् दर्ता भएका चिकित्सकहरूले मात्र आधुनिक चिकित्सा तथा रेडियोलोजीसम्बन्धी सेवा प्रदान गर्न पाउने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ। एसोसिएसनले उक्त कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै गैरकानुनी चिकित्सकीय अभ्यासविरुद्धको अभियानलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। विज्ञप्तिमा विशेषगरी रेडियोलोजी तथा इमेजिङ सेवा अत्यन्त संवेदनशील स्वास्थ्य सेवा भएकाले आवश्यक शैक्षिक योग्यता, तालिम तथा कानुनी अनुमति बिना सेवा प्रदान गर्ने, चिकित्सकीय…
काठमाडौं – नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई राष्ट्रिय स्वास्थ्य नीतिको प्राथमिकतामा राख्नुपर्ने माग उठेको छ। साथै, प्राकृतिक चिकित्सक डा. चेतना पौडेललाई अनावश्यक रूपमा विवादमा तानेर प्राकृतिक चिकित्सा क्षेत्रमाथि नै प्रहार गरिएको आरोप पनि सरोकारवालाहरूले लगाएका छन्। शनिबार राजधानीको संवाद डबलीमा ९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा योग तथा प्राकृतिक चिकित्सा संघले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले प्राकृतिक चिकित्सा क्षेत्रलाई राज्यले अझै उचित महत्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। कार्यक्रममा संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतले विश्वभर योग तथा प्राकृतिक चिकित्साको प्रभाव र स्वीकार्यता बढ्दै गए पनि नेपालमा भने यो चिकित्सा प्रणाली राज्यको प्राथमिकतामा पर्न नसकेको बताए। प्राकृतिक चिकित्साप्रति राज्यको…
दाङ – घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ । घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या भएको थियो । घरको कामले फुर्सद नभएर उनी अस्पताल गइनन् । घर नजिकै घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा गइन् । त्यहाँ पुगेपछि उहाँको पाठेघरमा घाउ भएको पत्ता लाग्यो । उपचारमा गएका स्वास्थ्यकर्मीले औषधिले निको हुन्छ नआत्तिनुहोला भनी सम्झाइबुझाई गरी औषधि दिएर पठाए । घरछेउमा स्वास्थ्य सेवा पाएपछि खुसी लागेको पोखरेलले बताइन् । घोराही उपमहानगरपालिका–१३ कलमघारीका ६३ वर्षीया महिलालाई पिसाब नरोकिने, ढाड दुख्ने, जीउ दुख्ने र…

