हेटौँडा – बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवमा ५० प्रतिशत सहुलियत दिने जानकारी दिए । यहाँका प्रदेश अस्पतालले आइसियु, प्रयोगशाला, एक्सरे, सिटी स्क्यान, एमआरआई, भिडियो, एक्सरे सेवामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले मन्त्रालयको सो निर्णयबाट पत्रकारहरू लाभान्वित हुने बताए ।
स्वास्थ्य डायरी
काठमाडौं- भक्तपुरमा सुविधा सम्पन्न स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नागरिक कम्युनिटी टिचिङ अस्पतालले साढे २ अर्ब रुपैयाँभन्दा बढी लगानीमा आफ्नै अत्याधुनिक भवन निर्माण सुरु गरेको छ। अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीका अनुसार भवन निर्माणमा करिब १ अर्ब रुपैयाँ र अत्याधुनिक स्वास्थ्य उपकरण तथा प्रविधि जडानका लागि थप १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिनेछ। असार १८ गते शिलान्यास गरिएको भवनको निर्माण कार्य अहिले तीव्र रूपमा अघि बढिरहेको उनले जानकारी दिए। भक्तपुरको गठ्ठाघरस्थित ७ रोपनी क्षेत्रफलमा निर्माण हुने ११ तले अस्पताल भवन करिब १ लाख २२ हजार वर्गफिट क्षेत्रफलमा फैलिनेछ। भवनमा हेलिप्याडको समेत व्यवस्था हुनेछ। निर्माण सम्पन्न भएपछि यो अस्पताल…
काठमाडौं- विश्वप्रसिद्ध अष्ट्रेलियाली क्यान्सर विशेषज्ञ तथा सन् २०२४ का ‘अष्ट्रेलियन अफ द इयर’ रिचर्ड स्कोलियरको ५९ वर्षको उमेरमा निधन भएको छ। मस्तिष्कको अत्यन्त आक्रामक क्यान्सर ‘ग्लियोब्लास्टोमा’सँग लामो संघर्षपछि उनको आइतबार राति निधन भएको हो। स्कोलियर मेलानोमा इन्स्टिच्युट अष्ट्रेलियाका सह-चिकित्सा निर्देशक तथा वरिष्ठ रोगविज्ञ (प्याथोलोजिस्ट) थिए। उनले आफ्नी लामो समयकी सहकर्मी डा. जर्जिना लङसँग मिलेर विकास गरेको इम्युनोथेरापी उपचारले उन्नत अवस्थाको मेलानोमा (छालाको क्यान्सर) उपचारमा ऐतिहासिक परिवर्तन ल्याएको थियो। यस उपलब्धिका लागि दुवैलाई संयुक्त रूपमा सन् २०२४ को ‘अष्ट्रेलियन अफ द इयर’ घोषणा गरिएको थियो। सन् २०२३ मा स्कोलियरलाई ग्लियोब्लास्टोमा भएको पुष्टि भएपछि उनले आफ्नै शरीरमा विश्वमै पहिलो पटक मेलानोमा उपचारबाट…
काठमाडौँ – हाल नेपालभरका विभिन्न मेडिकल कलेजहरूमा एमबीबीएस तथा बिडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिएको आन्दोलनप्रति नेपाल चिकित्सक सङ्घले ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले बुधवार विज्ञप्ति जारी गर्दै अत्यधिक तनावका बाबजुद अहोरात्र सेवामा खटिनुपर्ने अवस्थामा रहेका इन्टर्न चिकित्सकहरूलाई प्रदान गरिने भत्तामा एकरूपता नहुनु र वैज्ञानिक ढङ्गले भत्ता वितरण नगरिनु उनीहरूमाथि सरासर अन्याय भएको ठहर गरेको छ । इन्टर्न चिकित्सकहरूको भत्तामा एकरूपता कायम गर्ने विषयमा नेपाल सरकारले कार्यदल गठन गरी प्रतिवेदन समेत तयार गरिसकेको भए तापनि हालसम्म त्यसको औपचारिक निर्णय तथा कार्यान्वयन हुन नसक्नु दुखद रहेको सङ्घको भनाइ छ । चिकित्सक सङ्घका अध्यक्ष डा.बद्री रिजाल र महासचिव डा.विश्वराज…
काठमाडौं – नेपालमा बढ्दो नसर्ने रोग (एनसिडी) को जोखिम न्यूनीकरण तथा विपद्का समयमा बिरामीले निरन्तर स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न सरकार, स्वास्थ्य निकाय र विकास साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन्। नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उत्थानशील नसर्ने रोग परियोजना अन्तर्गत आयोजित ‘विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताका लागि अत्यावश्यक प्रतिकार्य प्याकेज’ विषयक छलफलमा सहभागीहरूले स्वास्थ्य प्रणालीलाई विपद् जोखिम व्यवस्थापनसँग एकीकृत गर्नुपर्नेमा जोड दिए। स्वास्थ्य सेवा विभागको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाकी प्रमुख डा. पोमावती थापाले नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगको जोखिम तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै सन् २०३० सम्मको राष्ट्रिय कार्यदिशा कार्यान्वयनका लागि संयुक्त प्रयास आवश्यक रहेको…
काठमाडाैँ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रकोपको वास्तविक मात्रा रिपोर्ट गरिएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिँदै कङ्कोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको पुष्टि गरेको छ । देशका स्वास्थ्य अधिकारीहरूले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०११ मा ७५४ जनाको मृत्यु सहित कुल सङ्क्रमितको पुष्टि भएको थियो। पत्ता नलागेको सङ्क्रमण, सामुदायिक मृत्यु र द्रुत भौगोलिक विस्तारले प्रतिक्रियालाई महामारीको उच्च खतराको रुप दिदै डब्लुएचओले तथ्याङ्क घोषणा गरेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठन आपतकालिन स्वास्थ्य कार्यक्रमा कार्यकारी निर्देशक चिकवे इहक्वियाजुले बुन्डिबुग्यो इबोला भाइरसका कारण हालको प्रकोप कुनै पनि इबोला प्रकोप भन्दा तीव्र गतिमा बढिरहेको बताए। गत…
जनकपुरधाम- जनकपुरधामका सरकारी तथा निजी अस्पतालबाट निस्कने जोखिमयुक्त स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा स्थानीयवासीको स्वास्थ्य र वातावरणमा गम्भीर जोखिम बढेको छ। संक्रमित सामग्रीदेखि प्रयोग भइसकेका सिरिन्ज, रगत लागेका कपडा र औषधिका अवशेषसमेत खुला रूपमा फालिने गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय भुलन साहका अनुसार अस्पतालजन्य फोहोरबाट निस्कने दुर्गन्धले दैनिक आवतजावत गर्ने मानिससमेत प्रभावित हुने गरेका छन्। कुकुर, गाईवस्तु र चराचुरुङ्गीले फोहोर बस्ती तथा खेतबारीसम्म पुर्याउने गरेकाले संक्रामक रोग फैलिने जोखिम झन् बढेको उनको भनाइ छ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. दिगविजयकुमार ठाकुरले अस्पतालजन्य फोहोरको अव्यवस्थित व्यवस्थापनले जनस्वास्थ्यमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्। विशेषगरी वर्षायाममा यस्तो फोहोर…
धनगढी – कैलालीको टीकापुर अस्पतालमा फिजियोथेरापिस्ट अनिलकुमार तिवारीद्वारा प्रयोगशाला इन्चार्ज उमेशप्रसाद बजगाईँमाथि भएको कुटपिट घटनाको छानबिन प्रतिवेदन अस्पताल व्यवस्थापन समितिलाई बुझाइएको छ। अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेश रिमालको संयोजकत्वमा गठित उपसमितिले घटनाको अध्ययनपछि प्रतिवेदन बुझाउँदै आरोपित फिजियोथेरापिस्ट तिवारी प्रहरी हिरासतमा रहेकाले उनको बयान लिन नसकिएको उल्लेख गरेको छ। उपसमितिका अनुसार प्रयोगशाला इन्चार्ज बजगाईँले प्रशासनमार्फत दिएको लिखित बयानमा प्रशासन शाखामा भएको विवादका क्रममा तिवारीले आफूमाथि अचानक हातपात गरेको बताएका छन्। तर, उक्त दाबीबारे गरिएको प्रारम्भिक बुझाइमा प्रशासन शाखामा त्यस्तो विवाद भएको पुष्टि हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले दुवै कर्मचारीबीच लामो समयदेखि रहेको व्यक्तिगत मनमुटावका कारण घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको…
काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बिदा स्वीकृत नगरी लगातार ६० दिनसम्म कार्यस्थलमा अनुपस्थित रहेका २३ कर्मचारीलाई स्पष्टीकरण पेस गर्न १५ दिनको समय दिएको जनाएको हो। तोकिएको अवधिभित्र चित्तबुझ्दो सफाइ पेस नगरे उनीहरूलाई प्रचलित कानुनअनुसार सेवाबाट बर्खास्त गरिने मन्त्रालयले स्पष्ट गरेको छ। सेवाबाट हटाउने तयारी गरिएका कर्मचारीहरू वीर अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत रहेका थिए। मन्त्रालयका अनुसार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को…
-डा. बिरेन्द्र बुडाल सातै प्रदेशमा सुविधासम्पन्न बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन स्वागतयोग्य छ। जलनका बिरामीका लागि यस्तो निर्णय अत्यन्त आवश्यक छ। तर विगतमा पनि यस्ता घोषणा र निर्देशन धेरै पटक भएका छन्। घोषणा मात्रले अस्पताल सञ्चालन हुँदैन। त्यसका लागि पूर्वाधार, उपकरण, बजेट, कानुनी व्यवस्था र सबैभन्दा महत्वपूर्ण दक्ष स्वास्थ्य जनशक्ति आवश्यक हुन्छ। बर्न उपचार सामान्य स्वास्थ्य सेवा होइन। यसका लागि प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जन, एनेस्थेसियोलोजिस्ट, इन्टेन्सिभ केयर विशेषज्ञ, ट्रमा सर्जन, बर्न नर्स, फिजियोथेरापिस्ट, अकुपेसनल थेरापिस्ट, पोषणविद्, मनोवैज्ञानिक, पुनर्स्थापना विशेषज्ञ र सामाजिक कार्यकर्तासहितको बहुविषयगत टोली आवश्यक पर्छ। जलनका बिरामीको उपचार महिनौँदेखि वर्षौँसम्म चल्न सक्छ। उपचारसँगै पुनर्स्थापना र…

