

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये १३ जनाको उम्मेदवारी स्वीकृत भएको छ।
कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै गत असार ३ गते प्रकाशित विज्ञापनअनुसार तोकिएको समयभित्र प्राप्त आवेदनहरूको छानबिनपछि आवश्यक योग्यता र मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत गरिएको जनाएको हो।
समितिले स्वीकृत उम्मेदवारहरूको नामावली पनि सार्वजनिक गरेको छ। सूचीमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्धकाजी श्रेष्ठ, गंगाप्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेका छन्।
अब समितिले निर्देशिकाअनुसार आगामी छनोट प्रक्रिया अघि बढाउँदै कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस गर्नेछ।



