

काठमाडौं- सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यका साथ डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको जनाएको छ।



