स्वास्थ्य डायरी

कैलाली- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ देखि एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। विश्वविद्यालयले आवश्यक जनशक्ति, पूर्वाधार, शिक्षण अस्पताल, प्रयोगशाला र उपकरण व्यवस्थापनलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। विश्वविद्यालयले एमबीबीएस, बीएससी नर्सिङ, बीएससी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) र बी अप्टोमेट्री सञ्चालनका लागि राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्रेजल फाराम बुझाइसकेको छ। प्रस्तावित कार्यक्रमअन्तर्गत एमबीबीएसमा ५०, बीएससी नर्सिङमा ३०, बीएससी एमएलटीमा २० र बी अप्टोमेट्रीमा २० गरी कुल १२० विद्यार्थी भर्ना गर्ने तयारी गरिएको छ। विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दका अनुसार चारवटै कार्यक्रम सञ्चालनका लागि ७७ जना प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक र…

विस्तृतमा...

काठमाडौं- क्यान्सर समयमै पहिचान गरी उचित उपचार गरे निको हुन सक्ने र उपचारका लागि विदेश नै जानुपर्छ भन्ने धारणा गलत रहेको सन्देश दिन ललितपुरमा शनिबार ‘क्यान्सर विजेता र्‍याम्प शो–२०२६’ आयोजना गरिएको छ। नेपाल क्यान्सर सहयोग समूह र ‘उपचारका लागि सहयोगी हातहरू’को आयोजनामा, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर तथा सिल्भर लाइन हस्पिटलको सहकार्यमा सम्पन्न कार्यक्रममा क्यान्सरलाई पराजित गरी सामान्य जीवनमा फर्किएका विभिन्न उमेर समूहका व्यक्तिहरू एउटै र्‍याम्पमा उत्रिएका थिए। र्‍याम्पमा तीन वर्षका बालकदेखि ८५ वर्षकी ज्येष्ठ नागरिकसम्म सहभागी भएका थिए। उनीहरूसँगै उपचारमा संलग्न चिकित्सकहरू पनि र्‍याम्पमा सहभागी बनेका थिए, जसले बिरामी र चिकित्सकबीचको विश्वास तथा उपचार यात्राको सन्देश दिएको आयोजकले…

विस्तृतमा...

काठमाडौं- क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालले नर्सिङ पेशासँग सम्बन्धित विभिन्न माग राख्दै नर्स ज्योति रानाभाटले सञ्चालन गरिरहेको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। प्रेस विज्ञप्तिमार्फत एसोसिएसनले नर्सिङ पेशा नेपालको स्वास्थ्य प्रणालीको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सुरक्षित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सक्षम, पर्याप्त तथा उत्प्रेरित नर्सिङ जनशक्तिको आवश्यकता अपरिहार्य रहेको जनाएको छ। एसोसिएसनले नर्सहरूको पेशागत सम्मान, सुरक्षित कार्य वातावरण, वैज्ञानिक जनशक्ति व्यवस्थापन, व्यावसायिक विकास तथा गुणस्तरीय नर्सिङ शिक्षासँग सम्बन्धित विषयमा समयानुकूल सुधार आवश्यक रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा शान्तिपूर्ण, लोकतान्त्रिक र मर्यादित ढंगबाट उठाइएका पेशागत सरोकारप्रति सम्मान व्यक्त गर्दै सम्बन्धित निकायलाई नर्सिङ समुदायका जायज माग गम्भीरतापूर्वक सम्बोधन…

विस्तृतमा...

काठमाडौं- बीएम फाउन्डेसनले ताइवान प्रिभेन्ट ब्लाइन्डनेस (टीपीबी) फाउन्डेसन र बुढानीलकण्ठ नगरपालिका–५ को सहयोगमा बुढानीलकण्ठ–५ मा निःशुल्क सामुदायिक आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। शिविरमा ७६ पुरुष र ३६ महिलासहित कुल ११२ जनाको विस्तृत आँखा परीक्षण गरिएको थियो। सहभागीमध्ये अधिकांश वृद्धवृद्धा रहेको जनाइएको छ, जसले समुदायमा सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवाको आवश्यकता बढ्दो रहेको संकेत गरेको आयोजकले जनाएको छ। परीक्षणका क्रममा २४ जनामा परिपक्व तथा अपरिपक्व मोतिबिन्दुको समस्या पहिचान भएको थियो। त्यसबाहेक आँखा सुख्खा हुने समस्या (ड्राइ आई सिन्ड्रोम), पिङ्गुकुला, कन्जङ्क्टिभाइटिसलगायत अन्य सामान्य आँखासम्बन्धी समस्या पनि भेटिएका थिए। थप उपचार आवश्यक रहेका व्यक्तिहरूलाई परामर्श प्रदान गर्दै उपयुक्त स्वास्थ्य संस्थामा रेफर…

विस्तृतमा...

काठमाडौं – आयुर्वेद चिकित्सा परिषद् नेपालको अध्यक्ष पदका लागि योग्यता नपुगेका उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरिएको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। समाजले छनोट प्रक्रिया कार्यविधि विपरीत रहेको दाबी गर्दै अन्तर्वार्ता सूची सच्याउन सरकारसँग माग गरेको छ। समाजले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा गठित समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्डविपरीत उम्मेदवार समावेश गरिएको भन्दै ध्यानाकर्षण गराएको हो। समाजका अनुसार आयुर्वेद विषयमा स्नातकोत्तर योग्यता नभई अकुपञ्चर (परम्परागत चिनियाँ चिकित्सा पद्धति) मा स्नातकोत्तर गरेका व्यक्तिलाई पनि परिषद्को अध्यक्ष पदका लागि अन्तर्वार्तामा बोलाइएको छ। यस्तो निर्णय प्रचलित कार्यविधिको भावना विपरीत भएको समाजको ठहर छ। विज्ञप्तिअनुसार प्रारम्भिक नामावली प्रकाशित…

विस्तृतमा...

काठमाडौं- भक्तपुर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पताल परिसरमा भएको तोडफोडको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। शनिबार जारी विज्ञप्तिमा संघले आईसीयूमा बिरामी भर्ना गर्न नमिलेको विषयलाई लिएर अस्पतालमा तोडफोड हुनुका साथै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कैंची प्रहार गरिएको घटनालाई अराजक र निन्दनीय भन्दै घोर भर्त्सना गरेको छ। संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। नेपाल चिकित्सक संघले पछिल्लो समय देशभर स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने आक्रमण, तोडफोड…

विस्तृतमा...

काठमाडौं – नेपाल नर्सिङ संघले नर्सहरूको तलब, भत्ता तथा अन्य पेशागत सुविधा सम्बन्धी मागहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै नेपाल सरकारसँग तत्काल कार्यान्वयन गर्न जोडदार माग गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा देशभरका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको समस्यालाई लिएर विगतदेखि नै आन्दोलन गर्दै आएको उल्लेख गरिएको छ। संघका अनुसार २०८२ साल कार्तिक ४ गतेदेखि देशव्यापी आन्दोलन सञ्चालन गरिएको थियो। २०८२ कार्तिक १५ गते नेपाल सरकार, तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल नर्सिङ संघ तथा अन्य सरोकारवाला संस्थाबीच भएको सम्झौताअनुसार तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी विषयहरू हालसम्म पनि पूर्ण रूपमा कार्यान्वयन नभएको संघको भनाइ छ। त्यसैले…

विस्तृतमा...

काठमाडौं- आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह सुरु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ), संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) तथा विभिन्न देशका सरकार र नागरिक समाजका संस्थाहरूको सहकार्यमा प्रत्येक वर्ष अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइन्छ। यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने नाराका साथ सप्ताह मनाइँदै छ। अभियानले आमा र नवजात शिशुलाई स्वास्थ्य सेवा, समुदाय, कार्यस्थल र सरकारी नीतिमार्फत आवश्यक सहयोग उपलब्ध गराउँदै स्तनपान प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। डब्ल्युएचओका अनुसार स्तनपान शिशुको स्वास्थ्यका लागि सबैभन्दा सुरक्षित, सरल र प्रभावकारी उपायमध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण उपलब्ध गराउनुका साथै…

विस्तृतमा...

काठमाडौँ – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा एकीकृत गर्न सङ्घीय सांसद, नीति निर्माता, अनुसन्धानकर्ता, शिक्षकहरू र विकास अभ्यासकर्ताले जोड दिएका छन् । ग्लोबल एक्सन नेपाल (ज्ञान) द्वारा ज्ञान सिकाइ केन्द्र, ललितपुरमा आज आयोजित ‘महिनावारी स्वास्थ्य शिक्षा र एकीकृत स्रोत किट’ सम्बन्धी छलफलमा सहभागीहरूले महिनावारी स्वास्थ्य एक समस्या मात्र नभई शिक्षा, मर्यादा, लैङ्गिक समानता र मानव अधिकारको विषय रहेकाले यसलाई नीतिगत रूपमा समायोजन गर्न आग्रह गरेका हुन् । ‘डिग्निटी विदाउट डेण्जर (डिडब्लुडी) अनुसन्धान परियोजना’ र ‘महिनावारी स्वास्थ्य शिक्षाका लागि स्रोत किट’को प्रभावकारिता अध्ययनले यसलाई प्रभावकारी बनाउन सकिनेमा जोड दिइएको छ । अध्ययन किटलाई सातै प्रदेशका ६३ विद्यालयमा लागू…

विस्तृतमा...

झापा – प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग छलफल गरेको बताएकी छन् । सांसद रानामगरका अनुसार मन्त्रीद्वयसँग हालै मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन, अस्पतालको पुरानो भवन मर्मत तथा स्तरोन्नति, दाह उपचार (बर्न) विभाग स्थापना, सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने तथा आवश्यक स्वास्थ्य पूर्वाधार विस्तारबारे विचारविमर्श भएको हो । छलफलमा झापा क्षेत्र नं २ अन्तर्गतका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्य संस्थाको पूर्वाधार विकास, सेवा विस्तार र गुणस्तर सुधारका लागि सङ्घीय सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य…

विस्तृतमा...