काठमाडौं – नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिश सिंह थापा नियुक्त भएका छन्। नियुक्तिपछि डा.थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
स्वास्थ्य डायरी
काठमाडौं – नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले २०८३ साउन ७ र ८ गते सञ्चालन गरेको विशेष परीक्षाको देशअनुसारको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार नेपालका मेडिकल कलेजबाट परीक्षा दिएका विद्यार्थीले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपालबाट परीक्षामा सहभागी ९१९ जनामध्ये ९०४ जना उत्तीर्ण भएका छन् भने १५ जना अनुत्तीर्ण भएका छन्। यससँगै नेपालको उत्तीर्ण प्रतिशत ९८.३७ रहेको छ। विदेशी शैक्षिक संस्थामध्ये भारतका विद्यार्थीको नतिजा दोस्रो उत्कृष्ट देखिएको छ। भारतबाट सहभागी १७ जनामध्ये १३ जना उत्तीर्ण र ४ जना अनुत्तीर्ण भएका छन्। भारतको उत्तीर्ण प्रतिशत ७६.४७ रहेको छ। त्यसैगरी पाकिस्तान र संयुक्त राज्य अमेरिकाबाट सहभागी सबै परीक्षार्थी उत्तीर्ण भएका छन्। पाकिस्तानबाट…
काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन तीन वटा नयाँ संरचनागत निकाय स्थापना गर्ने तयारी गरेको छ। रोग नियन्त्रण केन्द्र (सीडीसी मोडल), स्वास्थ्य प्रत्यायन प्राधिकरण (एक्रिडिटेसन अथोरिटी) र खाद्य तथा औषधि प्राधिकरण (एफडीए) स्थापना गर्ने योजना मन्त्रालयले अघि सारेको हो। संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बसेको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था, सुधारका योजना र आगामी कार्यदिशाबारे जानकारी दिँदै यी संरचनागत सुधारलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार प्रस्तावित रोग नियन्त्रण केन्द्रले रोग निगरानी, अनुसन्धान, शैक्षिक गतिविधि र स्वास्थ्य सेवा प्रवाहलाई एउटै संरचनामा समेट्नेछ। स्वास्थ्य संस्थाको…
काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३)’ अनुसार विभिन्न अस्पतालसँग सूचना आदानप्रदान, उपचारसम्बन्धी समन्वय तथा सेवा सहजीकरणका लागि डा. जोशीलाई फोकल पर्सनको जिम्मेवारी दिइएको जनाएको हो। सेवा प्रवाहसँग सम्बन्धित समन्वय, सूचना आदानप्रदान तथा उपचारसम्बन्धी सहजीकरणका लागि ९८५१४६००३७ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। यस व्यवस्थाले लक्षित वर्गलाई उपलब्ध गराइने १० प्रतिशत निःशुल्क शय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको…
गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको छ । डेङ्गी सङ्क्रमण तीव्र भएपछि बिहीबारदेखि जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो । डेङ्गी फैलाउने लामखुट्टेको वासस्थान नष्ट गरी जीवनचक्र खलबल्याउन उक्त अभियान सुरु गरिएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए । “टोल र समुदायस्तरमा डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि सचेतना जगाउन अभियान सुरु गरिएका हो”, उनले भने, “डेङ्गी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्छ ।” जनस्वास्थ्य कार्यालयको अगुवाइ तथा बागलुङ नगरपालिकाको स्वास्थ्य शाखालगायत विभिन्न सङ्घसंस्था र नागरिक समूहको संयुक्त पहलमा उक्त अभियान सञ्चालन हुने जनाइएको छ । डेङ्गी सार्ने ‘एडिस…
काठमाडौं – एक दशकसम्म बन्दजस्तै अवस्थामा पुगेको नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा फर्किएको छ। आर्थिक वर्ष २०८२/८३ मा संस्थाले करिब ३ करोड रुपैयाँ नाफा कमाएको छ भने चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरूका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी)’ मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढेका कारण संस्था घाटाबाट नाफामा फर्किएको हो। उनका अनुसार आफू २०८० सालमा जिम्मेवारी सम्हाल्दा संस्थाको अवस्था निकै कमजोर थियो। कर्मचारीले महिनौँसम्म तलब नपाएको, सञ्चय कोषलगायतका दायित्व बाँकी रहेको अवस्थामा रहेको संस्थाले अहिले वित्तीय सुधारसँगै उत्पादन विस्तार गरिरहेको छ। पनेरूले…
काठमाडौं – कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालिले आफूले आधिकारिक रूपमा आयात तथा बिक्री–वितरण गर्दै आएका दुई पशु औषधिको नक्कली प्याकिङ गरी बजारमा अनधिकृत रूपमा बिक्री भइरहेको जानकारी प्राप्त भएको भन्दै सबै विक्रेता तथा सरोकारवालालाई सतर्क रहन आग्रह गरेको छ। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै बायोभेट जोइन्ट स्टक कम्पनी, बुल्गेरियाद्वारा उत्पादित ‘भेटमुलिन ८० प्रतिशत’ (औषधि व्यवस्था विभाग दर्ता नं. ३७८०४१९१००८३१) तथा भेङ्कटेश्वरा ह्याचरिज प्रालिद्वारा उत्पादित ‘भेन्कासिन २५ प्रतिशत’ नामक पशु औषधिको नक्कली प्याकिङ गरी बजारमा अनधिकृत बिक्री–वितरण भइरहेको जानकारी प्राप्त भएको जनाएको हो। सूचनाअनुसार यी दुवै औषधि कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालि मार्फत नेपालमा आधिकारिक रूपमा आयात तथा बिक्री–वितरण हुँदै आएका छन्। त्यसैले…
कैलाली- सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिक सत्रमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन हुने जनाएको छ । उपकुलपति प्राडा सुनिलकुमार जोशीले आज रासससँग कुरा गर्दै हाल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबमोजिमका काम धमाधम भइरहेकाले एक महिनाभित्र गेटामा तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, शैक्षिक जनशक्ति नियुक्ति नियुक्तिलगायतका काम करिब अन्तिम चरणमा रहेको बताए । ‘यसै शैक्षिकसत्रमा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । त्यसअनुसार आवश्यक बजेट व्यवस्थापन भई अन्य सैद्धान्तिक तथा प्राविधिक प्रक्रिया पनि अगाडि बढिसकेका छन्,’ उनले भने । प्रा डा जोशीले सुदूरपश्चिम प्रदेश सरकारबाट आज चार वटा प्रादेशिक अस्पताललाई शिक्षण…
काठमाडौं- प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले देशभर निर्माण गर्ने लक्ष्य राखिएका आधारभूत अस्पतालहरूको प्रगति सन्तोषजनक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, चुनौती र आगामी कार्ययोजनामाथि छलफलका क्रममा उनले हालसम्म लक्ष्यअनुसार केवल १७ प्रतिशत आधारभूत अस्पताल मात्रै निर्माण सम्पन्न भएको उल्लेख गरिन्। उनले निर्माण सम्पन्न भएको तथ्यांक प्रस्तुत गरिए पनि ती अस्पतालमध्ये कति सरकारले तोकेको मापदण्डअनुसार पूर्ण रूपमा सञ्चालनमा छन् भन्ने विवरण सार्वजनिक नभएको बताइन्। ‘५ शय्या र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने सरकारी घोषणा भएको धेरै वर्ष बितिसकेको छ। तर निर्माण सम्पन्न…
काठमाडौं – नेपाल आयुर्वेद औषधि उत्पादक संघले स्थानीय तहहरूलाई नेपाल औषधि लिमिटेड तथा सिंहदरबार वैद्यखानाबाट औषधि सोझै खरिद गर्न सहजीकरण गर्ने गरी जारी गरिएको सरकारी परिपत्रप्रति गम्भीर आपत्ति जनाएको छ। संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १८ गते जारी गरेको परिपत्र संविधान, सार्वजनिक खरिद ऐन तथा प्रचलित कानुनको मर्मविपरीत रहेको दाबी गरेको हो। संघका अनुसार नेपालको संविधानले प्रतिस्पर्धात्मक अर्थतन्त्र, निजी क्षेत्रको संरक्षण तथा समान अवसरको व्यवस्था गरेको छ। सार्वजनिक खरिद ऐन र नियमावलीले पनि सरकारी खरिदमा खुला प्रतिस्पर्धा, पारदर्शिता, निष्पक्षता तथा लागत प्रभावकारितालाई प्राथमिकता दिएको उल्लेख…

