स्वास्थ्य डायरी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गरेको छ । आयोगको २८औँ बैठकले एमबीबीएस, बीएस्सी नर्सिङ र बीएमएसलगायतका कार्यक्रममा गत वर्षको तुलनामा सिट संख्या बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको बैठकले ८४ वटा शिक्षण संस्थामा विभिन्न तह र विषयका गरी कुल ९ हजार ६९१ सिट निर्धारण गरेको आयोग स्रोतले जनाएको छ । यस वर्ष सिट थप गर्दा सरकारी शिक्षण संस्थाको क्षमता विस्तारलाई प्राथमिकता दिइएको छ । निजी मेडिकल कलेजको सिट संख्या भने यथावत् राखिएको स्रोतले बताएको छ । आयोगका अनुसार यस वर्ष एमबीबीएस कार्यक्रममा मात्रै ११०…

विस्तृतमा...

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार गएको वैशाख ६ गतेदेखि असोज २३ गतेसम्म कार्यकारी निर्देशक निमित्तको भरमा रहेको थियो । सो अवधिमा सञ्चालक समितिसमेतले पूर्णता पाउन सकेको थिएन । असार १५ गते प्रा डा योगेन्द्रप्रसाद सिंह अध्यक्षमा नियुक्त भएका थिए । सञ्चालक समितिका सदस्यहरू असोज ६ गते मात्रै चयन भएका…

विस्तृतमा...

भक्तपुर । अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा १५ शय्याको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आइसीयू) सञ्चालनमा आएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अब भक्तपुर र पूर्वबाट आएका बिरामीलाई अत्याधुनिक आइसीयू खोज्दै काठमाडौँमा भौतारिनु नपर्ने बताए । उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि गम्भीर रोगका बिरामी र शल्यक्रियामा समेत यो आइसीयू प्रभावकारी रूपमा प्रयोगमा आउनेछ । अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवामा आइसीयूले थप टेवा पुग्ने बताउँदै नगरप्रमुख श्रेष्ठले भने, “देशभरका नगरपालिकाहरूद्वारा सञ्चालित अस्पतालमध्ये नेपाल–कोरियामैत्री अस्पताल सबैभन्दा सुविधा सम्पन्न र ठुलो अस्पतालका रूपमा पहिचान बनाउन सफल भएको छ ।…

विस्तृतमा...

धनगढी । सेती प्रादेशिक अस्पतालमा कार्यरत कार्यक्रम करारका चिकित्सक तथा कर्मचारीले सरकारले निर्धारण गरेको दरअनुसार पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासो गरेका छन्। करिब २०० कर्मचारीले पारिश्रमिकमा विभेद भएको आरोप लगाउँदै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्। सुदूरपश्चिम प्रदेशमा झन्डै तीन महिनादेखि कायम बजेट शून्यताको अवस्था अन्त्य भएसँगै प्रदेशअन्तर्गतका कर्मचारीले पारिश्रमिक तथा सेवा सुविधा पाउन थालेका छन्। तर, सेती प्रादेशिक अस्पतालमा कार्यक्रम करारमा कार्यरत कर्मचारीले भने सरकारले निर्धारण गरेको नयाँ दरअनुसार पारिश्रमिक नपाएको बताएका छन्। सरकारले पारिश्रमिक वृद्धि गरे पनि आफूहरूले पुरानै दरमा तलब पाएको उनीहरूको गुनासो छ। अन्य कर्मचारीले तलब, दसैँ बोनस तथा वृद्धि भएको महँगी भत्तासहितको…

विस्तृतमा...

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’का कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकताअनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार प्रश्रवका क्रममा आमाले…

विस्तृतमा...

झापा । कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ । कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुईँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७ सय ९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगुको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ । उनका अनुसार झापामा मात्रै हालसम्म २ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो । जहाँ २ सय ३ जनामा संक्रमण पुष्टि भइसकेको छ । निर्देशनालयका अनुसार ओखलढुंगामा १ सय २२ जना र खोटाङमा ८२ जनामा संक्रमण देखिएको…

विस्तृतमा...

डडेल्धुरा । सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उनलाई डीनमा नियुक्त गरेको हो। बझाङको छविसपाथिभेरा गाउँपालिका–५ थलाराका डा. धामीले चिकित्सा शिक्षा, अनुसन्धान, शैक्षिक नेतृत्व तथा सार्वजनिक प्रशासनका क्षेत्रमा अनुभव हासिल गरेका छन्। उनले क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी गरेका छन् भने सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) समेत अध्ययन गरेका छन्। डा. धामीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका उनले विभिन्न समयमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। डा. धामीको प्राज्ञिक…

विस्तृतमा...

काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा पेशागत क्षेत्रबाट केन्द्रीय सदस्य चुनिएका पाँच जनामध्ये डा. केदार नरसिंह केसीले सबैभन्दा बढी मत ल्याएका छन्। नेपाल चिकित्सक संघका पूर्वअध्यक्षसमेत रहेका केसी ३ हजार २५३ मतसहित निर्वाचित भएका हुन्। मतपरिणामअनुसार प्रा.डा. जगदीशचन्द्र पोखरेलले २ हजार ५७७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो भएका छन्। यसैगरी बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र १ हजार ४७८ मत ल्याएर चौथो स्थानमा निर्वाचित भएका छन्। पाँचौँ स्थानमा रहेका केशव निरौलाले १ हजार २३२ मत पाएका छन्। पेशागत क्षेत्रका पाँच केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा यी पाँचै जना विजयी…

विस्तृतमा...

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट सञ्चालन गरी बढी शुल्क असुलेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालगायत चार जना स्वास्थ्य व्यवसायीलाई पक्राउ गरेको छ। मलेसियालगायतका मुलुकमा रोजगारीका लागि जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा सीमित स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी अतिरिक्त शुल्क असुल्ने गरेको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले सम्बन्धित मुलुकले तोकेको मापदण्डअनुसार स्वास्थ्य परीक्षण गराउनुपर्छ। तर, मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सीमित संस्थालाई मात्र मान्यता दिने व्यवस्था र त्यससँग जोडिएको शुल्क प्रणाली लामो समयदेखि विवादमा पर्दै आएको छ। कसरी चल्थ्यो सिन्डिकेटको…

विस्तृतमा...

काठमाडौं । आज विश्व हात धुने दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सन् २००८ अक्टोबर १५ देखि नेपालमा यो दिवस मनाउन थालिएको हो। साबुनपानीले नियमित रूपमा हात धुने बानी विकास गर्न तथा व्यक्तिगत सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ। हातको सरसफाइमा सामान्य लापरबाही गर्दा झाडापखाला, खाद्यजन्य संक्रमण तथा विभिन्न सरुवा रोगको जोखिम बढ्न सक्छ। दिनभर ढोकाका ह्यान्डल, मोबाइल फोन, पैसा, सार्वजनिक सवारीसाधनका रेलिङलगायत विभिन्न सतह छोइरहँदा हातमा रोग निम्त्याउन सक्ने सूक्ष्मजीव जम्मा हुन सक्छन्। दूषित हातले खाना खाने, खाना पकाउने वा आँखा, नाक र मुख छुने गर्दा ती सूक्ष्मजीव शरीरमा प्रवेश गर्न सक्छन्। विभिन्न…

विस्तृतमा...