दाङ। दाङमा जङ्गली च्याउ खाँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका–१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक केसीका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि एकाएक बिरामी परेका थिए। बिरामी परेकी आमा-छोरी दुवैलाई तत्काल उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। भालुवाङमा सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका हुन्।
च्याउ खाएर बिरामी परेकी आमा सुमित्रा भने अस्पतालमा उपचारपछि घर फर्किएकी (डिस्चार्ज भएको) प्रहरीले जनाएको छ।
Last Modified Date: २०८३ आश्विन २४, शनिबार







