स्वास्थ्य डायरी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ’, महाराजगञ्जमा आज बिहान करिब ४ बजे वरिष्ठ शल्यचिकित्सक डा। प्रशान्त वीर सिंह कंसाकार नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर र सामान्य छ। शल्यक्रियाका क्रममा प्रधानमन्त्री शाह स्वयं अस्पतालमा उपस्थित थिए।

विस्तृतमा...

कञ्चनपुर । दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको सङ्क्रमण फैलिन नदिन सीमानाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिए। “सङ्क्रमण देखिए अस्पतालमा ल्याएर निःशुल्क उपचार गरिन्छ”, भट्टले भने, “टाढाको मानिसका लागि सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाइन्छ…

विस्तृतमा...

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि पेशागत विज्ञता क्षेत्रतर्फको खुला समूहमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले अग्रता कायम गरेका छन्। बुधबार बिहानसम्म प्राप्त मतगणना विवरणअनुसार डा. केसीले १ हजार २६३ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनलाई प्राध्यापक डा. जगदीशचन्द्र पोखरेलले १ हजार १३१ मतसहित पछ्याइरहेका छन्। त्यस्तै, डा. प्रदीप मिश्रले ७०२ मत, अधिवक्ता सीताराम केसीले ६५१ मत र डा. नकुल केसीले ५८० मत प्राप्त गरेका छन्। पेशागत विज्ञता क्षेत्रतर्फको खुला समूहबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

विस्तृतमा...

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्यु र चोटपटक कम्तीमा ५० प्रतिशत घटाउने लक्ष्य हासिल गर्न दक्षिण–पूर्वी एसियाली क्षेत्रका सदस्य राष्ट्रलाई सडक सुरक्षा प्रभावकारी बनाउन आह्वान गरेको छ। डब्लुएचओका अनुसार सन् २०२१ मा विश्वभर सडक दुर्घटनाका कारण अनुमानित ११ लाख ९० हजार जनाले ज्यान गुमाएका थिए। त्यसमध्ये दक्षिण–पूर्वी एसियाली क्षेत्रमा मात्रै करिब तीन लाख ३० हजार जनाको मृत्यु भएको थियो। यो संख्या विश्वभर सडक दुर्घटनाबाट भएको कुल मृत्युको २८ प्रतिशत हो। सडक दुर्घटना पाँचदेखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाको मृत्युको प्रमुख कारण बनेको छ। तर, सन् २०१० देखि २०२१ सम्म दक्षिण–पूर्वी एसियाली…

विस्तृतमा...

स्याङ्जा—बीएम फाउण्डेशनको आयोजना, ताइवान प्रिभेन्ट ब्लाइन्डनेस (टीपीबी) र बिरुवा गाउँपालिकाको सहयोग तथा बी.पी. आई फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालित दुई चरणका निःशुल्क आँखा शिविरबाट करिब १,५७४ जनाले सेवा लिएका छन्। दुवै चरणमा पहिचान भएका बिरामीमध्ये कुल १२४ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ। बीएम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार करिब चार महिनाअघि पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १, ३, ४ र ६ मा ५७४ जनाको आँखा परीक्षण गरिएको थियो। सेवाग्राहीलाई आवश्यकताअनुसार निःशुल्क चस्मा र औषधि वितरण गरिएको थियो। त्यही क्रममा ४० जनामा मोतिबिन्दुको शल्यक्रिया आवश्यक देखिएको थियो। पहिलो चरणमा पहिचान भएका बिरामीलाई उपचार उपलब्ध गराउन र बाँकी वडाका बासिन्दाको आँखा…

विस्तृतमा...

काठमाडौं । सरकारले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र सर्वसाधारणको पहुँचमा पुर्‍याउन मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणलाई प्राथमिकता दिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्यसम्बन्धी कानुनी व्यवस्था निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिएकी छन्। उनका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भइसकेको छ। सोही अवधारणापत्रका आधारमा ऐन निर्माणको काम अगाडि बढाइनेछ। ‘नेपालमा मानसिक स्वास्थ्यः सर्वोच्च अदालतको परमादेश तथा निर्देशनात्मक आदेशको कार्यान्वयन अवस्था’ विषयक कार्यक्रममा बोल्दै मन्त्री मेहताले मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक कानुनी आधार तयार गर्नु सरकारको प्राथमिकतामा रहेको बताइन्। प्रस्तावित ऐनले मानसिक स्वास्थ्य सेवा लिने व्यक्तिको अधिकार सुनिश्चित गर्नुका साथै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन…

विस्तृतमा...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त सदस्य पदमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त भएका छन्। नवनियुक्त तीनै सदस्यले सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

विस्तृतमा...

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदमा पुनः डा विजयचन्द्र आचार्य चयन भएका छन् । विसं २०७४ वैशाख २४ गतेदेखि तीन वर्ष कार्यकारी निर्देशक भएका थिए । अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डा आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । आचार्य सोही अस्पतालमा कार्यरत चिकित्सक हुन् । उनी अस्पतालको महिला क्यान्सर रोग विशेषज्ञ (गाइनो अङ्कोलोजिष्ट) छन् । विसं २०५८ माघ १४ गते मेडिकल अधिकृतका रुपमा आचार्यले अस्पतालमा काम सुरु गरेका थिए ।  गत वैशाखमा अध्यादेशमार्फत अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल पदबाट हटेपछि निमित्तका रुपमा डा उमेश नेपालले अस्पतालमा कार्यकारी निर्देशकको जिम्मेवारी…

विस्तृतमा...

काठमाडौं । नेपालमा प्रत्येक १० जना वयस्कमध्ये एक जनामा जीवनको कुनै न कुनै समयमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको छ। समयमै उपचार नपाउनु, सामाजिक विभेदको डरले समस्या लुकाउनु र आवश्यक स्वास्थ्य सेवामा पहुँच नहुनुले मानसिक स्वास्थ्य गम्भीर जनस्वास्थ्य चुनौती बन्दै गएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०२१ मा गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार १० प्रतिशत वयस्कमा जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या देखिएको थियो। त्यस्तै, १३ देखि १७ वर्ष उमेर समूहका ५.२ प्रतिशत किशोरकिशोरीमा पनि यस्तो समस्या पाइएको थियो। परिषद्का सदस्यसचिव डा. प्रमोद जोशीका अनुसार सर्वेक्षणमा ६.५ प्रतिशत वयस्कले सर्वेक्षणका बेला आत्महत्यासम्बन्धी सोच आएको बताएका थिए भने १.१…

विस्तृतमा...

सुनसरी । प्रसव पीडामा रहेकी महिलालाई भर्ना नलिएको घटनाको सत्यतथ्य पत्ता लगाउन कोशी प्रदेश सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। घटनामा विवादमा तानिएका जिल्ला अस्पताल इनरुवा, सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोषप्रसाद साहलाई पनि अस्पताल प्रमुखको जिम्मेवारीबाट हटाइएको छ। गत असोज २१ गते राति प्रसव व्यथा लागेपछि सुनसरीको कोशी गाउँपालिका–३ की लालु सदालाई परिवारले जिल्ला अस्पताल इनरुवा पुर्‍याएका थिए। तर, आवश्यक कागजात नपुगेको र गर्भवतीको अवस्था उच्च जोखिममा रहेको भन्दै अस्पतालले भर्ना लिन नमानेको परिवारको आरोप छ। पीडित पक्षले अस्पतालले आवश्यक स्वास्थ्य परीक्षण र प्राथमिक उपचारसमेत नगरेको दाबी गरेको छ। अस्पतालमा भर्ना नपाएपछि थप उपचारका लागि विराटनगरस्थित…

विस्तृतमा...