कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक तथा प्राविधिक गतिविधि विस्तारका लागि चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल (धनगढी), लम्कीचुहा प्रादेशिक अस्पताल (लम्की), टिकापुर प्रादेशिक अस्पताल (टिकापुर) र महाकाली प्रादेशिक अस्पताल (महेन्द्रनगर) लाई विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा उपयोग गर्न स्वीकृति प्रदान गरेको हो। सरकारको निर्णयसँगै ती अस्पतालमा चिकित्सा शिक्षा, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यावहारिक प्रशिक्षण र विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक सम्झौता, कानुनी व्यवस्था तथा प्रशासनिक प्रक्रिया सामाजिक विकास मन्त्रालयले…
स्वास्थ्य डायरी
काठमाडौं- वर्षायामसँगै नेपालमा डेंगु संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। हालसम्म देशका ७२ जिल्लामा २ हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ। महाशाखाका अनुसार गत पुसयता संकलन गरिएको तथ्यांकले संक्रमण निरन्तर बढिरहेको देखाएको छ। वर्षाको मौसम सक्रिय भएसँगै एडिस जातको लामखुट्टेको प्रजनन बढ्ने भएकाले आगामी महिनामा संक्रमण अझ फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। ईडीसीडीअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म सबैभन्दा बढी संक्रमित कोशी र गण्डकी प्रदेशमा भेटिएका छन्। तथ्यांकअनुसार कोशीमा ५६८, गण्डकीमा ५३२, बागमतीमा…
विराटनगर- कुनै बेला कोशी प्रदेशकै सुविधासम्पन्न धनकुटा जिल्ला अस्पताल अहिले आफैँ थलिएको छ । भौतिक पूर्वाधारसहितका समस्या झेल्नु परेपछि पछिल्लो समय अस्पतालले आमनागरिकका लागि प्रदान गर्ने सेवा प्रवाहसमेत प्रभावित हुँदै आएको छ । निकै पुरानो संरचना भएको अस्पताल भवन अहिले जीर्ण अवस्थामा रहेकाले पनि नागरिकलाई अपेक्षित रुपमा सेवाप्रवाह गर्न नसकेको अस्पताल प्रशासनले जनाएको छ । तथापि, बिरामीको चाप रहे तापनि त्यसलाई धान्ने भौतिक पूर्वाधार नहुँदा विभिन्न चुनौतीको सामना गर्नुपरेको अस्पतालका प्रमुख डा सन्तोष राईले जानकारी दिए । दैनिक ३०० देखि ४०० सयसम्म बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको छ । त्यस अस्पतालमा हाल विशेषज्ञ चिकित्सक ६ जना, मेडिकल अफिसर ४ र…
चितवन – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले चिनियाँ टोली केही दिन अघि दुई साता यहाँ बसेर आवश्यक पूर्वाधारका विषयमा छलफल गरेको जानकारी दिए । टोलीले भरतपुर महानगरपालिका, सहरी विकास तथा भवन निर्माण आयोजना, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्राविधिकसहित बसेर सुझाव समेत लिएको थियो । उनका अनुसार यसका लागि नेपाल सरकारसँग पुनः सम्झौता आवश्यक काम अघि बढ्ने छ । अस्पतालको अन्तरङ्ग भवनको अगाडि…
काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पारेकी छन्। लहानमा ट्रमा सेन्टर निर्माणको विषय संसदमा उठाएपछि ढल्केबरको योजना रोकिएको हो कि भन्ने भ्रम फैलिएकाले उनले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएकी हुन्। मन्त्री मेहताले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने योजना कुनै पनि रूपमा रोकिएको वा परिवर्तन नगरिएको बताएकी छन्। उनका अनुसार पूर्व–पश्चिम राजमार्ग र मधेश प्रदेशलाई जोड्ने प्रमुख सडक सञ्जालको केन्द्रमा रहेको ढल्केबरको भौगोलिक महत्वका कारण त्यहाँ ट्रमा सेन्टरको आवश्यकता अझै पनि उत्तिकै रहेको छ। उनले मन्त्रालय ढल्केबरको ट्रमा सेन्टर निर्माणलाई अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै संसदमा लहानको सन्दर्भ उठाउनुको…
काठमाडौं – कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पतालबाट आजदेखि सेवा सुरु भएको छ । एक कार्यक्रमकाबीच अस्पताल सेवाको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने बताए । उनले यसअघि गाउँपालिका क्षेत्रमा स्तरीय स्वास्थ्य संस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदासमेत उपचारका लागि धनगढी जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे । “अस्पतालले यहाँका नागरिकलाई सहज, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ । खासगरी गाउँपालिकाको दक्षिणी क्षेत्रका कतिपय नागरिक उपचारका लागि सीमावर्ती भारतीय क्षेत्रमा जाने समस्या पनि समाधान हुनेछ”, अध्यक्ष चौधरीले भने । गाउँपालिका, स्वास्थ्य…
काठमाडौं – आमरण अनशनमा रहेका इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगाइएको छ। डा. हरिजनले इन्टर्न चिकित्सकलाई रेसिडेन्ट चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत उपलब्ध गराउने यसअघि भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न, सबै शिक्षण संस्थामा इन्टर्न चिकित्सकलाई समान सेवा–सुविधा र समान निर्वाह भत्ताको व्यवस्था गर्न तथा विगतमा सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न माग गर्दै हिजो माइतीघरमा आमरण अनशन सुरु गरेका थिए। तर, आज उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि वीर अस्पताल लगाइएको हो।
धनगढी – सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालले कार्यालय समयमा निजी अस्पताल तथा क्लिनिकमा सेवा दिने चिकित्सकमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। सरकारी ड्युटीका बेला अस्पतालमा चिकित्सक उपस्थित नहुने र बिरामीलाई निजी स्वास्थ्य संस्थातर्फ पठाउने गुनासो बढेपछि अस्पताल प्रशासनले यस्तो कदम चालेको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले मंगलबार सूचना जारी गर्दै कार्यालय समयभित्र अस्पतालमा अनुपस्थित भई निजी स्वास्थ्य संस्थामा सेवा दिएको पाइए प्रचलित कानुन तथा सेवा–शर्तअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारे। उनका अनुसार पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’, मुख्यमन्त्री कार्यालय तथा अस्पतालको क्युआर गुनासो प्रणालीमार्फत चिकित्सकहरूको अनुपस्थितिबारे बारम्बार उजुरी आइरहेका…
काठमाडौं – नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। संघका अध्यक्ष डा. बद्री रिजालले अनशनस्थल पुगेर डा. हरिजनसँग भेट गर्दै उनका मागहरू न्यायोचित रहेको बताएका हुन्। अध्यक्ष रिजालले शिक्षा मन्त्रालयसँग यसअघि भएका सहमतिहरू कार्यान्वयन नभएकै कारण फेरि आमरण अनशनको अवस्था सिर्जना हुनु दुःखद भएको बताए। उनका अनुसार इन्टर्न चिकित्सकलाई रेसिडेन्ट चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत उपलब्ध गराउने सहमति भए पनि विभिन्न शिक्षण संस्थामा अहिले पनि १० हजारदेखि २४ हजार रुपैयाँसम्म फरक–फरक भत्ता दिने व्यवस्था कायम छ। उनले सबै इन्टर्न चिकित्सकलाई समान रूपमा सेवा–सुविधा उपलब्ध गराइनुपर्नेमा जोड दिँदै…
काठमाडौँ- नेपाल फार्मेसी परिषद्को अध्यक्ष पदमा कादिर आलम नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै आलमलाई अध्यक्ष पदमा नियुक्त गरेकी हुन् । आलमले स्वास्थ्य मन्त्रालयमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनी आजै परिषद्मा पुगेर जिम्मेवारी सम्हाल्नेछन् ।

