स्वास्थ्य डायरी

काठमाडाैं- सुदूरपश्चिम भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट बैतडीबाट धनगढी हुँदै काठमाडौं ल्याइएपछि अहिले एउटा प्रश्नले चर्चा पाएको छ। त्याे प्रश्न हाे- ‘सामान्य भाइरल ज्वरोको उपचारका लागि मन्त्री काठमाडौं जानुपर्ने अवस्था सुदूरपश्चिममा छ ?’ सरकारी आयोजनाको अनुगमनका क्रममा दार्चुला हुँदै बैतडी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि बैतडीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पुगाइएका उनलाई थप उपचारका लागि आइतबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएकाे हो। अहिले उनको काठमाडौंस्थित वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री लम्सालमा निद्रा अपुग हुनु, मुटुको धड्कन बढ्नु,…

विस्तृतमा...

काठमाडौं – अनशनरत विद्यार्थी डिल्ली हरिजन र नेपाल सरकारबीच भएको पाँचबुँदे सहमति कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको छ। २०८३ साउन २२ गते भएको पाँचबुँदे सहमतिअनुसार साउन २८ गते सम्बन्धित सरोकारवालाबीच बैठक तथा छलफल भएको थियो। उक्त छलफलपछि सहमतिको बुँदा नम्बर ४ र ५ कार्यान्वयनका लागि आवश्यक प्रक्रिया सुरु गरिएको हो। यसैबीच चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका शुल्क कार्यान्वयनका विषयमा सबै विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थालाई पुनः स्पष्ट निर्देशन दिएको छ। आयोगले भदौ १ गते जारी गरेको पत्रमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाअनुसार शिक्षण संस्थाले आयोगको स्वीकृतिबिना विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था स्मरण गराएको छ। आयोगका अनुसार…

विस्तृतमा...

काठमाडौँ – पछिल्ला केही दिनयता भाइरल ज्वरो तथा मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन्। ज्वरो आउने, टाउको तथा हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने लगायतका लक्षण देखिएपछि उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पताल पुग्ने बिरामीको संख्या बढिरहेको छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार मनसुनका कारण रुघाखोकी तथा भाइरल ज्वरोका बिरामी बढ्ने गरेका छन्। दुवै भाइरसका कारण हुने भए पनि तिनका लक्षणमा केही फरक हुने भएकाले स्वास्थ्य अवस्थालाई ध्यान दिन आवश्यक रहेको उनले बताए। मौसमी रुघाखोकीमा सामान्यतया नाकबाट पानी बग्ने, नाक बन्द हुने, हाच्छ्युँ आउने, घाँटी खसखस गर्ने वा दुख्ने तथा हल्का ज्वरो आउने गर्छ। यससँगै शरीरमा सामान्य थकानसमेत महसुस हुन…

विस्तृतमा...

रुकुमपश्चिम – मुसीकोट नगरपालिका–१ सल्लेस्थित जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि पर्याप्त चिकित्सक नहुँदा उपचार सेवा प्रभावित भएको छ। वर्षायाम सुरु भएसँगै रुघाखोकी, ज्वरो, पखालालगायत मौसमी रोगका बिरामी बढेपछि अस्पतालमा उपचारका लागि आउने सेवाग्राही मर्कामा परेका छन्। स्वास्थ्य सेवा कार्यालयअन्तर्गत सञ्चालित अस्पतालमा विशेषज्ञसहित आठ जना चिकित्सकको दरबन्दी भए पनि हाल तीन जना मात्र कार्यरत छन्। चार जना विशेषज्ञ र चार जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा अहिले एक जना स्त्रीरोग विशेषज्ञ र एक जना मेडिकल अधिकृत कार्यरत छन्। अस्पतालले आन्तरिक स्रोतबाट एक जना हाडजोर्नी तथा नसासम्बन्धी विशेषज्ञको समेत व्यवस्था गरेको छ। स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत…

विस्तृतमा...

अष्ट्रेलिया- अष्ट्रेलियामा तौल घटाउन प्रयोग हुने लोकप्रिय औषधिसँग सम्बन्धित भन्दै ६२ जनाको मृत्यु र २ हजार ८ सयभन्दा बढी प्रतिकूल असरका घटना रिपोर्ट भएका छन्। औषधि नियामक निकायमा ओजेम्पिक, वेगोभी र माउन्जारोजस्ता औषधिको प्रयोगपछि यी घटना देखिएको विवरण प्राप्त भएको हो। रिपोर्टअनुसार यी औषधिसँग सम्भावित रूपमा सम्बन्धित २ हजार ८ सयभन्दा बढी प्रतिकूल प्रतिक्रिया दर्ता भएका छन्। यस्ता औषधिको प्रयोगपछि वाकवाकी, प्यान्क्रियाटाइटिस, आत्महत्यासम्बन्धी विचार तथा दुर्लभ अवस्थामा दृष्टि गुम्न सक्ने आँखासम्बन्धी समस्या देखिन सक्ने बताइएको छ। यद्यपि चिकित्सकहरूले मृत्यु तथा अन्य स्वास्थ्य समस्याका सबै घटनाको कारण औषधि नै हो भनेर निष्कर्ष निकाल्न नहुने बताएका छन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रस…

विस्तृतमा...

राजविराज – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा निर्माण प्रस्ताव गरिएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा मन्त्री मेहताले प्रतिष्ठान निर्माणका लागि प्रस्तावित जग्गाको अवस्था, आवश्यक पूर्वाधार तथा निर्माण प्रक्रिया अघि बढाउने विषयमा जानकारी लिइन्। उनले प्रतिष्ठानसम्बन्धी ऐन अघि बढिसकेको जानकारी दिँदै प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी सरकारले आवश्यक काम अघि बढाइरहेको बताइन्। मन्त्री मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको समेत निरीक्षण गरेकी छन्। निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिइन्। अस्पतालको सेवा विस्तार र सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवा…

विस्तृतमा...

बैतडी – मौसम परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल बैतडीमा उपचारका लागि आउने बिरामीमध्ये करिब ६० प्रतिशतमा भाइरल ज्वरो देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार दैनिक करिब २ सय बिरामी उपचारका लागि आउने गरेकामा १ सय २० जनाजति भाइरल ज्वरोका बिरामी हुने गरेका छन् । मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । केन्द्रका प्रमुख मुकेशकान्त दयालका अनुसार दैनिक उपचारका लागि आउने बिरामीमध्ये करिब ७० प्रतिशतमा भाइरल ज्वरो देखिने गरेको छ । गाउँघरका स्वास्थ्यचौकीमा समेत मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन्…

विस्तृतमा...

सिराहा – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिराहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याउने घोषणा गरेकी छन्। राजमार्गमा हुने दुर्घटना र घाइतेको उपचारलाई प्राथमिकतामा राख्दै लहान अस्पतालमा ट्रमा सेवा सुरु गर्न लागिएको उनले बताइन्। लहानमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), भवन निर्माण तथा आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिइन्। उनका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सक विभिन्न स्वास्थ्य संस्थामा पठाइसकेको छ। लहान अस्पतालमा सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिस्टको अभावमा सेवा प्रभावित भइरहेको भन्दै उनले…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ परिवार आबद्ध हुने प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाएको छ। नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमामा सहभागी हुन सेवाग्राहीले सरकारी कार्यालय धाएर लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ। अब सेवाग्राहीले आफ्नै मोबाइल वा कम्प्युटरबाट स्वास्थ्य बीमा बोर्डको आधिकारिक वेब पोर्टलमा गएर नयाँ परिवार दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रियाका लागि आवश्यक विवरण तयार गरी अनलाइन आवेदन दिन सकिने बोर्डले जनाएको छ। नयाँ दर्ता गर्न परिवारमूलीको नाम, मोबाइल नम्बर र इमेल राखेर प्रणालीमा खाता खोल्नुपर्नेछ। मोबाइलमा प्राप्त हुने ६ अङ्कको ओटिपी कोडमार्फत नम्बर प्रमाणीकरण गरेपछि पासवर्ड बनाएर युजर आइडी सुरक्षित गर्नुपर्ने व्यवस्था गरिएको छ। लगइन गरेपछि ‘मेरो…

विस्तृतमा...

चितवन – बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आवका लागि आवश्यक सामग्री आइनसकेकाले गत साउन २६ गतेदेखि सेवा बन्द भएको हो । प्रयोगशालाका सूचना अधिकारी रमेशसिंह डोवालले प्रयोगशाला सेवा बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताए । उनका अनुसार प्रयोगशाला सामग्री खरिदको प्रक्रिया चलिरहेको भए पनि आवश्यक सामग्री आइनसकेका कारण सेवा बन्द गर्नुपरेको हो । प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो । यहाँ दैनिक एक सयभन्दा…

विस्तृतमा...