

काठमाडौं – चिकित्सा शिक्षा आयोगका रिक्त तीन निर्देशक पदमा तीन जना चिकित्सक नियुक्त भएका छन् ।
आयोगको निर्देशकमा डा. सन्ध्या चापागाईं, डा. सङ्गरत्न बज्राचार्य र डा. दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् ।
क्यान्सर रोग विशेषज्ञ डा. चापागाईंलाई आयोगको परीक्षा निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ । त्यस्तै, फार्माकोलोजी विशेषज्ञ डा. बज्राचार्यलाई नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक नियुक्त गरिएको छ ।
नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रेष्ठलाई भने आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ ।



