

काठमाडौं – रसुवामा आएको बाढीमा परी घाइते भएका काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना डिस्चार्ज भएका छन् । बाँकी ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २३ जना घाइतेलाई उपचारका लागि ल्याइएकोमा ४ जना डिस्चार्ज भइसकेका छन् । त्यहाँ अहिले १९ जनाको उपचार भइरहेको छ ।
त्यस्तै, वीर अस्पतालमा ३ जना, नर्भीक अस्पतालमा ३ जना र छाउनीस्थित अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाढीमा परी घाइते भएकाहरूलाई उद्धार गरी काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार भइरहेको छ ।



