काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीमा परी ६३ जना घाइते भएका छन् भने २८ जना अझै प्रहरीको सम्पर्कमा आएका छैनन्। नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार मृतकमध्ये २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका र ५ जना बालक रहेका छन्। साथै २० जनाको शवको पहिचान खुल्न बाँकी रहेको छ। बाढीबाट प्रभावित विभिन्न जिल्लामा शव फेला परेका छन्। रसुवामा एक पुरुषको शव फेला परेको छ भने नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको मृत्यु भएको पुष्टि भएको छ। त्यस्तै, धादिङमा ११ महिला, पाँच…
स्वास्थ्य डायरी
काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कुनै समस्या, जानकारी वा सहयोग आवश्यक परे निःशुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी तथा सहयोगका लागि मन्त्रालयको हटलाइन नम्बर १११५ मा फोन गर्न अनुरोध गरेको हो । रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको ठूलो बाढीले विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्याएको छ । भोटेकोशी नदीमा बाढी मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीका कारण बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।…
काठमाडौं- चीनको तिब्बत हुँदै त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उद्धार र उपचार सेवामा सक्रिय सहभागी हुन अपिल गरेको छ । काउन्सिलले बुधबार विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, प्राथमिक उपचार, आकस्मिक उपचार तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सकीय तथा मानवीय दायित्वका साथ परिचालित हुन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको हो । विपद्का कारण थप मानवीय तथा भौतिक क्षति हुन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवाको आवश्यकता रहेको काउन्सिलले जनाएको छ । काउन्सिलले बाढी तथा पहिरोपछि उत्पन्न हुन सक्ने…
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ। संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ। मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ । साथै हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ । साथै काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी…
काठमाडौं- बाढी प्रभावित क्षेत्रमा उपचार सेवा प्रदान गर्न राष्ट्रिय ट्रमा सेन्टरका विशेषज्ञ चिकित्सक तथा नर्ससहितको मेडिकल टोली नुवाकोटको त्रिशूलीतर्फ प्रस्थान गरेको छ । बाढीका कारण घाइते तथा प्रभावित भएका नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सक र नर्ससहितको टोली त्रिशूली क्षेत्रमा परिचालन गरिएको हो । टोलीमा ६ जना चिकित्सक र दुईजना नर्स सहभागी रहेको चिकित्सक विवेक भण्डारीले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा पुगेर घाइते तथा बिरामीको अवस्था मूल्यांकन गर्दै आवश्यक उपचार प्रदान गर्नुका साथै गम्भीर घाइतेलाई तत्काल प्राथमिक उपचार गरिनेछ । ‘बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सेवा दिन र गम्भीर घाइतेलाई तत्काल प्राथमिक उपचार प्रदान गर्न…
काठमाडौं- औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुनः भरत भट्टराईले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएकी हुन् । औषधिको मूल्यसम्बन्धी विषयमा विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल छानविनमा परेपछि राष्ट्रिय औषधी प्रयोगशालाका तत्कालीन निर्देशक भट्टराईलाई समेत मन्त्रालयमा तानिएको थियो । गत ३ वैशाखमा मन्त्रालयमा तानिएका भट्टराईलाई करिब साढे पाँच महिनापछि पुनः विभागको नेतृत्व दिइएको हो । मन्त्रालयका अनुसार भट्टराईको सम्बन्धमा कुनै विशेष मुद्दा नरहेको र लामो समय जिम्मेवारीविहीन राख्न उचित नदेखिएपछि महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो । भट्टराई यसअघि पनि औषधी व्यवस्था विभागको महानिर्देशक भइसकेका छन् ।…
काठमाडौँ- लामखुट्टेको टोकाइबाट सर्ने जापानी इन्सेफलाइटिस (जेई) को संक्रमण नेपालमा तीव्र रूपमा फैलिन थालेको छ। पूर्वी जिल्लाबाट सुरु भएको संक्रमण पछिल्लो समय पश्चिमतर्फ समेत फैलिएको स्वास्थ्यसम्बन्धी तथ्याङ्कले देखाएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्कअनुसार भदौ ९ गतेसम्म देशका २६ जिल्लाका ६२ स्थानीय तहमा ८५ जनामा प्रयोगशाला परीक्षणबाट जेई संक्रमण पुष्टि भएको छ। तीमध्ये हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने २६ जना उपचाररत छन्। पछिल्ला चार दिनमा मात्रै थप पाँच जनामा संक्रमण पुष्टि भएको हो। जेई पुष्टि भएका बिरामीमध्ये मृत्यु दर करिब २५ प्रतिशत रहेको छ। मृत्यु हुनेमा ९…
काठमाडौँ – सुर्तीजन्य पदार्थको लत छुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालनमा ल्याएको हेल्पलाइन सेवा प्रभावकारी बन्दै गएको छ । हेल्पलाइनमार्फत परामर्श लिएका केही सेवनकर्ता सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका उदाहरण छन् । मन्त्रालयले २०८२ जेठ १८ गते सुर्तीजन्य पदार्थको सेवन त्याग्न चाहनेका लागि ११३२ हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको थियो । हालसम्म करिब ५०० जनाले उक्त सेवामार्फत निःशुल्क परामर्श लिएका छन् भने १३ जना सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका छन् । हेल्पलाइनमा फोन गर्नेमा ८० प्रतिशत पुरुष रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको तथ्याङ्कमा छ । बैतडीका ४० वर्षीय एक पुरुषले १८ वर्षदेखि खैनी र सुपारी सेवन…
चितवन – पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको छ । नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो । रत्ननगर –९ र १० को नमूनामा रोगको सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग सङ्क्रमण पुष्टि भएको हो । उनका अनुसार यो रोग लागेका गाई भैँसीले र्याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावारलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने हुन्छ । कुकुर बिरालामा रेविजविरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा खासै यसको सुई लगाइँदैन । रोगको सङ्क्रमण देखिएसँगै सङ्क्रमित क्षेत्रमा पालिएका पशु…
काठमाडौँ – सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा टेलिमेडिसिन सेवा विस्तार गर्ने घोषणा गर्दै आए पनि विशेषज्ञ जनशक्तिको अभाव, कमजोर इन्टरनेट सेवा र प्रभावकारी व्यवस्थापन नहुँदा यसको कार्यान्वयन प्रभावकारी बन्न सकेको छैन। दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको टेलिमेडिसिन सेवा अधिकांश ठाउँमा अपेक्षाअनुसार सहज बन्न नसकेको हो। विशेषज्ञ चिकित्सकको व्यस्तता, छुट्टै जनशक्तिको अभाव, कमजोर अभिलेख प्रणाली र फितलो इन्टरनेट कनेक्टिभिटीका कारण सेवाको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। विशेषज्ञ चिकित्सकहरूले दुर्गम क्षेत्रका बिरामीसँग टेलिफोन वा भर्चुअल माध्यमबाट परामर्शका लागि पर्याप्त समय दिन नसक्दा सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको गुनासो छ। इन्टरनेटको कमजोर पहुँचका…

