काठमाडौँ – स्वास्थ्यलाई सक्रिय र शरीरलाई चलायमान राख्न फिजियोथेरापीको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्व फिजियोथेरापी दिवस मनाइँदैछ । प्रत्येक वर्ष सेप्टेम्बर ८ मा यो दिवस मनाउने गरिन्छ । विश्व फिजियोथेरापी संस्थाको पहलमा सन् १९९६ देखि यो दिवस मनाउन थालिएको हो । शारीरिक समस्या भएका व्यक्तिको उपचार तथा पुनःस्थापनासँगै मानिसलाई सक्रिय, स्वस्थ र आत्मनिर्भर जीवन बिताउन फिजियोथेरापीले खेल्ने भूमिकालाई दिवसले उजागर गर्दै आएको छ । यस वर्षको दिवसमा हृदय तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र नियमित शारीरिक गतिविधिको योगदानलाई मुख्य विषय बनाइएको छ । नियमित शारीरिक गतिविधि तथा आवश्यक फिजियोथेरापीले शरीरको गतिशीलता कायम राख्न, शारीरिक…
स्वास्थ्य डायरी
खोटाङ- कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीसमक्ष जिल्ला अस्पताल खोटाङ अस्पताल विकास तथा व्यवस्थापन समितिले ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ। जिल्लामा पर्याप्त विशेषज्ञ तथा स्वास्थ्य सेवा उपलब्ध नहुँदा सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई उपचारका लागि हेलिकप्टर चार्टर गरेर जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जानकारी गराउँदै तत्काल ५० शय्याको स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरिएको छ। सुविधा सम्पन्न अस्पताल नहुँदा आकस्मिक उपचारका लागि रु साढे तीन लाखसम्ममा निजी कम्पनीको हेलिकप्टर चार्टर गर्नुपर्ने तथा उपचारमा ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था रहेको समितिले स्वास्थ्यमन्त्री पराजुलीलाई जानकारी गराएको छ। जिल्ला अस्पतालको अनुगमन तथा स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन सोमबार…
काठमाडौँ – रसुवा, नुवाकोट र धादिङमा बाढीले स्वास्थ्य संरचनामा क्षति पुर्याएपछि सम्भावित सरुवा रोगको जोखिम नियन्त्रण तथा स्वास्थ्य सेवा पुनःस्थापनाका लागि सरकारी प्रतिकार्य तीव्र पारिएको छ । स्वास्थ्य सेवा विभागको नेतृत्वमा भइरहेको प्रतिकार्यअन्तर्गत क्षतिग्रस्त स्वास्थ्य संस्थाको सेवा पुनः सञ्चालन, खोप अभियान, खानेपानी तथा सरसफाइको निगरानी र मानसिक स्वास्थ्य सेवामा जोड दिइएको छ । बाढीका कारण टिमुरे, स्याफ्रुबेसी र रसुवागढी क्षेत्रका चार स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य स्वास्थ्य संस्थामा पनि आंशिक क्षति पुगेको विभागले जनाएको छ । विपद्पछि उत्पन्न हुन सक्ने दोस्रो जनस्वास्थ्य संकट रोक्न ‘विपद्पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको स्वास्थ्य…
काठमाडौँ – नेपाल औषधि व्यवसायी सङ्घले औषधि क्षेत्रका पुराना कानुनी व्यवस्था संशोधन गर्नेदेखि प्राकृतिक विपद्मा क्षति व्यहोरेका व्यवसायीको पुनर्स्थापनासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष शंकर महर्जनको नेतृत्वमा सोमबार औषधि व्यवस्था विभाग पुगेको टोलीले औषधि व्यवसाय सञ्चालनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधानका लागि विभिन्न माग अघि सारेको हो । सङ्घले विशेषगरी २०३८ सालमा बनेको औषधि दर्ता नियमावलीलाई वर्तमान आवश्यकता र प्रविधिअनुसार परिमार्जन गर्नुपर्ने माग गरेको छ । आधुनिक औषधि तथा स्वास्थ्य सामग्रीको विकासलाई समेत समेट्ने गरी कानुनी व्यवस्था सुधार गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ । सङ्घका महासचिव शुभमान श्रेष्ठका अनुसार औषधि ऐनको दफा ११ मा रहेको दर्ता…
कपिलवस्तु- लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी भए। यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु देखिएपछि नगरपालिकाले उपलब्ध गराएको यातायातमार्फत उनी आधारभूत अस्पताल पुगेका थिए । शल्यक्रियापछि आँखाको पट्टी खोल्दा पुनः दृष्टि पाएकामा ७० वर्षीय चौधरी अत्यन्त हर्षित देखिए । उनले भने “मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको छु । यो भन्दा अरु खुसी के हुन सक्छ । यो उपचार गर्न विगतमा आँखा उपचार गर्न भारत जानुपर्दथ्यो । अहिले आगनमै सेवा पाउन थालिएको छ । त्यो पनि पैसा पर्दैन ।…
-डा. वाईपी सिंहक्यान्सर भएको निदान भएपछि कठिन निर्णय, अन्योल र धेरै प्रश्नहरू आउन सक्छन्। यस्तो अवस्थामा दोस्रो चिकित्सकीय राय लिनु चिकित्सकप्रति अविश्वास गर्नु होइन—बरु आफ्नो रोगको अवस्था बुझ्न र उपचारसम्बन्धी निर्णय आत्मविश्वासका साथ, सही जानकारीका आधारमा लिनका लागि चालिने सक्रिय कदम हो। दोस्रो चिकित्सकीय राय किन लिने ? दोस्रो चिकित्सकीय रायले तपाईंलाई यी विषयमा सहयोग गर्न सक्छ : निदान पुष्टि गर्न :अर्का विशेषज्ञले तपाईंको प्याथोलोजी, इमेजिङ तथा अन्य परीक्षणका नतिजा पुनः समीक्षा गरेर क्यान्सरको प्रकार र अवस्था पुष्टि गर्न सक्छन्। उपचारका विकल्पबारे जान्न :क्यान्सरको उपचार सबै बिरामीका लागि एउटै हुँदैन। दोस्रो विशेषज्ञले फरक वा थप उपचार विधि अपनाउन सकिने सुझाव…
काठमाडौं – स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज रूपमा उपलब्ध गराउने विशेष व्यवस्था गरेको छ। बोर्डले भदौ २२ गते गरेको निर्णयअनुसार रसुवाको ल्हेन्दे खोलामा भदौ १० गते आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा स्वास्थ्य बीमा सेवामा सहजीकरण गरिएको हो। सरकारले तीनै जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बोर्डका अनुसार तोकिएको अवधिसम्म ती जिल्लाका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिँदा लाग्ने सहभुक्तानी (को-पेमेन्ट) र क्यापिङको व्यवस्था हटाइएको छ। त्यस्तै, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा…
काठमाडौं – भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटमा उद्धार तथा पुनःस्थापनासँगै स्वास्थ्य संकटसमेत गहिरिँदै गएको छ। बाढीबाट विस्थापित भएर अस्थायी आश्रयस्थलमा बसिरहेका मानिसमा ज्वरो, खोकी र पेटसम्बन्धी संक्रमण देखिन थालेका छन् भने स्वास्थ्य सेवा प्रदान गर्ने संरचनासमेत ठूलो क्षतिमा परेका छन्। पछिल्लो २४ घण्टामा रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका १२ जनामा ज्वरो तथा खोकी र एक जनामा पेटसम्बन्धी संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बाढी आएको भदौ १० गतेदेखि हालसम्म २० जनामा ज्वरो र चार जनामा पेटसम्बन्धी संक्रमण देखिएको छ। विस्थापितहरू सीमित पानी, सरसफाइ र सुरक्षित खानेपानीको समस्याबीच बस्नुपर्दा पानीजन्य तथा संक्रामक रोग फैलिने जोखिम बढेको छ। यही…
काठमाडौं – सामान्य ज्वरो, रुघाखोकी वा घाँटी दुख्दा आफैंले एन्टिबायोटिक सेवन गर्ने बानी धेरैमा पाइन्छ। तर आवश्यकताबिनै वा पटक–पटक एन्टिबायोटिक सेवन गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। एन्टिबायोटिक सेवनले प्रत्यक्ष रूपमा शरीरको रोगप्रतिरोधी क्षमता (इम्युनिटी) कमजोर बनाउँछ भन्ने निष्कर्ष सही नभए पनि यसको अनावश्यक प्रयोगले शरीरमा रहेका उपयोगी ब्याक्टेरियामा असर पार्न सक्छ। अझ महत्वपूर्ण कुरा, गलत वा अत्यधिक प्रयोगले एन्टिबायोटिक रेजिस्टेन्सको जोखिम बढाउँछ। एन्टिबायोटिकको मुख्य काम ब्याक्टेरियाबाट हुने संक्रमणलाई नियन्त्रण वा उपचार गर्नु हो। तर सबै ज्वरो, रुघाखोकी वा घाँटी दुखाइ ब्याक्टेरियाका कारण हुँदैनन्। यस्ता समस्या भाइरसका कारण भए एन्टिबायोटिक प्रभावकारी हुँदैन। विशेषज्ञका अनुसार आवश्यकताबिनै एन्टिबायोटिक सेवन…
काठमाडौँ- भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीमै म्याद गुज्रिएका तथा उपभोग्य अवधि सकिन लागेका वस्तु भेटिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले राहत खाद्य सामग्रीको गुणस्तर तथा स्वच्छता परीक्षण गर्ने क्रममा राजधानीका विभिन्न सङ्कलन तथा भण्डारण केन्द्रमा म्याद गुज्रिएका सामग्री फेला पारेको हो। टोलीले काठमाडौँका पाँच वटा राहत सङ्कलन तथा भण्डारण स्थलमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही स्थापित संस्थाले सङ्कलन गरेका राहत सामग्रीसमेत उपभोग्य मिति नाघेका भेटिएपछि ती सामग्री जफत गरी वितरणमा रोक लगाइएको छ। विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी…

