बाजुरा- बाजुरामा स्वास्थ्य संस्था गाउँ–बस्तीमै पुगे पनि गर्भवती महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था अझै अन्त्य भएको छैन। जिल्लाका नौवटै स्थानीय तहमा प्रसूति केन्द्र तथा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन्। स्वास्थ्यकर्मीले गर्भवती महिलालाई नियमित गर्भजाँच, पोषणयुक्त खानपान र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी गराउनुपर्ने विषयमा हरेक महिना सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन्। तर, भौगोलिक विकटता, खराब सडक र स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समयका कारण बाटोमै सुत्केरी हुने घटना अझै दोहोरिइरहेका छन्। साउन २३ गते बिहान खप्तड छेडेदह गाउँपालिका–४ ग्वानीकी २६ वर्षीया कमला बोगटीले बाटोमै छोरालाई जन्म दिनुभयो। बडीमालिका नगरपालिका–६ स्थित कोर्धमा रहेको माइतीघरबाट पोइलीघर फर्किने क्रममा बुढीगङ्गा नगरपालिका–६ फालासैनमाथिको बाटोमा…
स्वास्थ्य डायरी
काठमाडौं – नेपालमा आर्थिक वर्ष २०८२/८३ मा ७ हजार १३२ जनाले आत्महत्याका कारण ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार उक्त संख्या दैनिक औसत करिब २० जनाको मृत्यु बराबर हो। विश्व आत्महत्या रोकथाम दिवस २०२६ को अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालमा आत्महत्या गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ। हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ। आत्महत्या रोकथामबारे जनचेतना अभिवृद्धि गर्ने, यससँग जोडिएको लाञ्छना र भेदभाव घटाउने तथा रोकथामका प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यस वर्ष ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ,…
बाजुरा – बाजुरामा बाटोमै प्रसव पीडामा परेकी २६ वर्षीया कमला बोगटीको स्वास्थ्यकर्मीको समयमै भएको तत्परता र स्थानीयको सहयोगमा सुरक्षित प्रसूति गराइएको छ । खप्तडछेडेदह गाउँपालिका–४ की बोगटी माइतीघरबाट पोइलीघर जाने क्रममा बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजारमाथिको सडकमा अचानक प्रसव पीडामा परेकी थिइन् । सडकमा पीडाले छट्पटाइरहेकी उनलाई स्थानीयले देखेपछि बाजुरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ स्वास्थ्यकर्मी हस्त खडायत आवश्यक प्रसूति सामग्री तथा औषधिसहित घटनास्थलतर्फ पुगेका थिए । सोही समयमा मार्तडी जाँदै गरेकी जिल्ला अस्पताल बाजुराकी स्वास्थ्यकर्मी निशा रोकायाले समेत घटनाबारे जानकारी पाएपछि तत्काल सहयोगका लागि पुगेकी थिइन् । स्वास्थ्यकर्मी हस्त खडायत, निशा रोकाया, ईश्वरी…
काठमाडौं – अग्न्याशय(प्यानक्रियाज)को क्यान्सर उपचारमा दशकौँदेखि चुनौती बन्दै आएको प्रोटिनलाई लक्षित गर्ने नयाँ औषधिलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासनले स्वीकृति दिएको छ। उन्नत अवस्थामा पुगेको अग्न्याशय क्यान्सरका बिरामीका लागि यो औषधिलाई महत्वपूर्ण उपचार विकल्पका रूपमा हेरिएको छ। ‘डाराक्सोन्रासिब’ नामक यो औषधिले क्यान्सरको कोषिकालाई तीव्र रूपमा बढ्न र फैलिन सहयोग गर्ने परिवर्तित प्रोटिनको गतिविधि रोक्ने काम गर्छ। औषधि ‘रेभोल्युसन मेडिसिन्स’ कम्पनीले ‘रासोनक्यू’ नामबाट बजारमा ल्याउने जनाएको छ। कम्पनीका अनुसार एक महिनाका लागि आवश्यक औषधिको मूल्य करिब ३९ हजार ८ सय अमेरिकी डलर पर्नेछ। औषधिको प्रभावकारिता परीक्षणमा यसले अन्य औषधि उपचारको तुलनामा बिरामीको बाँच्ने अवधि झण्डै दोब्बर बनाएको पाइएको छ। यसअघि गरिएको…
बझाङ- जिल्ला अस्पताल बझाङले शल्यक्रिया सेवामा नयाँ प्रविधि भित्र्याएको छ। अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपिक प्रविधिबाट पित्तथैली निकाल्ने शल्यक्रिया सफलतापूर्वक गरिएको हो। मंगलबार गरिएको ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमीपछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापछि कुनै जटिलता नदेखिएपछि बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। यसअघि पित्तथैलीलगायत यस्ता शल्यक्रियाका लागि जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता थियो। ल्याप्रोस्कोपिक सेवा सञ्चालनमा आएपछि बझाङमै आधुनिक तथा कम चिरफारबाट शल्यक्रिया गर्न सकिने भएको अस्पतालको भनाइ छ। दूरबिन प्रविधिबाट गरिने शल्यक्रियामा ठूलो घाउ बनाउनु नपर्ने भएकाले बिरामीलाई तुलनात्मक रूपमा कम पीडा हुने, अस्पतालमा बस्नुपर्ने अवधि घट्ने र छिटो दैनिक जीवनमा फर्कन सकिने अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले बताउनुभयो। पहिलोपटक सेवा…
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन अभियानको सुरु गरेको छ । चिकित्सालयले एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको हो । चिकित्सालयले स्वर्णविन्दु प्राशन प्रत्येक महिनाको एकपटक तिथि–मितिअनुसार पुष्य नक्षत्रको दिन पारेर आयोजना गरिने भएको हो । कार्यक्रम हुने दिन तथा समय सार्वजनिक सूचनामार्फत जानकारी गराइने चिकित्सालयका प्रमुख अर्जुन उपाध्यायले जानकारी दिए । उनका अनुसार नियमित तथा चिकित्सकीय परामर्शअनुसार गरिने स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक र मानसिक विकासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ । सो अभियानको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले मङ्गलबार उद्घाटन गरे । पाँच वर्षमुनिका बालबालिकालाई निर्धारित मितिमा…
काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । साथै रसुवामा खोप अभियान यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको…
झापा – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५ वटै पालिकाका ३० वर्षमाथिका करिब चार लाख ९३ हजार ३१९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको…
दाङ – दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ । भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिए । उनका अनुसार शय्या अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न समस्या भएको छ । “शय्या नपाएपछि सिकिस्त बिरामी बाध्य भएर निजी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वा नेपालगन्जसम्म जानु परिरहेको छ,” उनले भने, “बिरामी शय्याका लागि कुर्नुपर्ने अवस्था छ ।” प्रादेशिक अस्पताललाई हालसम्म ५० शय्याको मात्रै स्वीकृति प्राप्त छ । यद्यपि, अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रम, सङ्घीय…
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरिएको छ । टिमोर–लेस्टेको दिल्लीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ । डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यासमार्फत उक्त उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो। डब्ल्यूएचओका महानिर्देशकले नेपालका प्रतिनिधिमण्डल प्रमुख डा. मिश्रालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । सम्मानपत्रमा नेपालको उपलब्धिले दक्षिण–पूर्वी एसिया क्षेत्रमा मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राख्ने सामूहिक प्रयासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख छ। यसैबीच, देशमा आएको…

