काठमाडौँ – भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्य सेवाको अवस्था नियमित रूपमा अनुगमन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समिति गठन गरेको छ। बाढी आएको २४ दिनपछि मन्त्रालयले प्रभावित जिल्लामा मातृ तथा बाल स्वास्थ्य सेवाको अवस्था अनुगमन र आवश्यक सेवा सुनिश्चित गर्ने उद्देश्यले समिति बनाएको हो। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य सेवासँगै मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य र प्रजनन स्वास्थ्य सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको मन्त्रालयले जनाएको छ। विपद्का बेला यी सेवामा आउन सक्ने अवरोध तथा स्वास्थ्य जोखिम समयमै पहिचान गरी आवश्यक सेवा…
स्वास्थ्य डायरी
काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले बीमितको उपचारमा संलग्न ३८३ वटा स्वास्थ्य संस्थालाई करिब १ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ सोधभर्ना गरेको छ। बोर्डको भदौ २४ गते बसेको बैठकले १ अर्ब ९६ करोड ७८ लाख ८५ हजार ५४ रुपैयाँ ६४ पैसा स्वास्थ्य संस्थालाई भुक्तानी गर्ने निर्णय गरेको हो। बोर्डका अनुसार यसपटक २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ ६३ पैसा बराबरको दाबी रकम स्वीकृत भएको थियो। तर, पेस्की बाँकी रहेका संस्थाको २ लाख २ हजार ९१४ रुपैयाँ ६७ पैसा, बैंक खाता नभएका संस्थाको २ लाख ४२ हजार ३४२ रुपैयाँ ७१ पैसा तथा दुईवटा संस्थाको ५८ लाख ९३ हजार…
कैलाली- बर्खा लागेसँगै सुदूरपश्चिममा सर्पदंशको जोखिम बढेको छ। वर्षाका कारण सर्पहरू सुरक्षित स्थानको खोजीमा घर तथा बस्ती आसपास पस्ने भएकाले तराईका जिल्लामा यसको जोखिम अझ बढी हुने गरेको छ। घरआँगन सफा नराख्ने, खेतबारीमा काम गर्दा सावधानी नअपनाउने र सर्पले टोकेपछि समयमै उपचारका लागि अस्पताल नपुर्याउँदा हरेक वर्ष मानिसले ज्यान गुमाउने गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशभर सर्पको टोकाइबाट १२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा एक पुरुष, चार महिला, चार बालक र तीन बालिका थिए। सोही अवधिमा सर्पदंशका १०५ घटना भएका थिए, जसमा उनीहरू घाइते भएका थिए। आर्थिक वर्ष २०८२/०८३ मा भने सर्पदंशबाट चार…
राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर फुटपाथमै महिलाले बच्चा जन्माएको घटनापछि अस्पताल प्रशासनले आफ्नो पक्ष सार्वजनिक गरेको छ। अस्पतालका निमित्त मेडिकल निमित्त सुपरिटेन्डेन्ट (मेसु) डा. जितेन्द्र कँडेलले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारको खण्डन गर्दै बिरामी अस्पतालमा भर्ना भइसकेपछि कसैलाई जानकारी नदिई बाहिर गएको दाबी गरेका छन्। डा. कँडेलका अनुसार बबिताकुमारी पासवान करिब ३० वर्षकी हुन् र चौथो सन्तान जन्माउन उनी राति करिब २ बजे पेट दुखेको अवस्थामा अस्पताल पुगेकी थिइन्। ड्युटीमा रहेका नर्सिङ कर्मचारीले उनको स्वास्थ्य परीक्षण गर्दा पाठेघरको मुख करिब १ सेन्टिमिटर खुलेको पाइएको थियो। अस्पताल पुग्दा रगत वा पिसाब परीक्षणको रिपोर्टसमेत उनीसँग नभएको बताउँदै डा.…
कैलाली – गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचारका लागि पुग्ने बिरामीले अस्पतालकै फार्मेसीबाट औषधि पाउन नसक्ने समस्या भोगिरहेका छन्। फार्मेसीमा आवश्यक औषधि नहुँदा बिरामी र आफन्तहरू चिकित्सकले लेखिदिएको औषधि किन्न अस्पतालबाहिरका मेडिकलमा पुग्नुपर्ने अवस्था छ। अत्तरियाका नवराज भट्टले अस्पतालको फार्मेसीबाट औषधि लिन चार पटकसम्म प्रयास गरे। तर, हरेक पटक औषधि उपलब्ध नभएको भन्दै उनलाई फर्काइयो। ‘चार पटकसम्म अस्पतालको फार्मेसी पुगेँ, तर औषधि छैन भन्दै फर्काइयो,’ उनले भने, ‘अस्पतालमा उपचार हुन्छ, तर औषधि किन्न बाहिर जानुपर्ने अवस्था छ।’ धनगढी–१३ का रामकृष्ण चौधरी पनि आफन्तको उपचारका लागि गेटा पुगेका थिए। चिकित्सकले औषधि लेखिदिएपछि अस्पतालकै फार्मेसीमा खोज्दा नपाएपछि उनले बाहिरको…
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो संख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका विभिन्न संघीय अस्पतालमा शवगृह निर्माण तथा क्षमता विस्तार गर्ने योजना अघि बढाएको छ। मन्त्रालयका अनुसार १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकपटकमा कम्तीमा ५० वटा शव राख्न सक्ने क्षमताको शवगृह निर्माण वा विस्तार गरिनेछ। यसअन्तर्गत कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृह निर्माण तथा क्षमता विस्तारको प्रक्रिया अघि बढाइने भएको छ। त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान…
सप्तरी- सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । चौबीसै घण्टा ‘प्रसूति सेवा’ उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरी विसं २०७९ चैत १५ मा ‘बर्थिङ सेन्टर’ शुभारम्भ गरिएको थियो । पछिल्ला दिनमा दक्ष जनशक्ति, आवश्यक उपकरण र आर्थिक अभावका कारण ‘बर्थिङ सेन्टर’ अलपत्रमा परेको स्थानीयवासी सुनिता यादवले बताइन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वीकृत बजेटबाट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ तयार गरिएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेश झाले लौनियामा र तोपामा बर्थिङ सेन्टर सञ्चालन रहेको जानकारी दिँदै वरसाइनमा पनि सञ्चालन गरिने नीति रहेको जानकारी दिए । वरसाइनस्थित स्वास्थ्यचौकीका प्रमुख मनोज…
काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरूद्धको खोप सञ्चालन गर्ने भएको छ । जेई सङ्क्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि झापा र कैलालीका तीन वटा स्थानीय तहमा जेईविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिनेछ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार जेई सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा उक्त क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । उनका अनुसार पहिलो चरणअन्तर्गत झापाका सबै स्थानीय तह तथा कैलालीका धनगढी उपमहानगरपालिका…
काठमाडौँ – भोटेकोशी बाढीपछि पहिचान नखुलेका शव र मानव अंगको सनाखत गर्न एआई प्रविधिसँगै डीएनए परीक्षणलाई तीव्रता दिइएको छ। बेपत्ताको तस्बिर र फेला परेका शवको अनुहार मिलान गर्न कम्प्युटर भिजन तथा डिप लर्निङमा आधारित ‘फेसट्याग’ प्रविधि प्रयोगमा ल्याइएको हो। यसले सम्भावित ५–१० वटा मिल्दो तस्बिर देखाउने र परिवार तथा सम्बन्धित निकायले थप पहिचान गर्ने व्यवस्था छ। फेसट्यागमा हालसम्म करिब ५ सय बेपत्ताको विवरण दर्ता भएको र ९० भन्दा कम शवको सम्भावित पहिचान गर्न सकिएको यसमा संलग्न समीर पन्थीले बताए। उनका अनुसार पहिचान भएका शव परिवारले बुझिसकेका छन्। नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ३ सय ५८ शव…
काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सङ्घका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरे । गैरनाफामुखी सो सामाजिक संस्थाको सञ्जालभित्रका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट रु ९९ लाख ७४ हजार ५०६ र कर्मचारी तथा स्वयंसेवकबाट रु ४१ लाख ६६ हजार ६३५ सङ्कलन गरिएको थियो । यही भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा भौतिक क्षति…

